काठमाडौं । बेल्जियमले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।
अहमद बिन अलि स्टेडियममा बुधबार राति क्यानडालाई १-० गोल अन्तरले हराउँदै बेल्जियमले सुखद सुरुआत गरेको हो ।
बेल्जियमलाई जित दिलाउन मिसी बात्सुयीले निर्णायक गोल गरे ।
उनले खेलको ४४ औं मिनेटमा एल्डरवेइरेल्डको पासमा गोल गरेका हुन् । जुन गोल बेल्जियमको जितमा निर्णायक बन्यो ।