काठमाडौं । नेकपा एमालेकी सुदूरपश्चिमकी नेता निरुदेवी पाल पराजित भएकी छिन् । उनलाई कन्चनपुर ४ बाट नेपाली कांग्रेसका रमेश लेखकले पराजित गरेका हुन् ।
लेखकले पाललाई १२ हजारभन्दा धेरै मतान्तरले पराजित गरेका हुन् ।
पालले १८ हजार ४३८ मत ल्याउँदा रमेश लेखकले ३० हजार ५ सय २३ मत ल्याए ।
निरुदेवी पाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निकट थिइन् । ओली पहिलो पटक प्रधानमन्त्री बन्दा उनी जनसम्पर्क विज्ञ भएकी थिइन् ।
ओलीलाई एमालेमा बा भन्नेहरुको सूचीमा निरुदेवी पाल पनि पर्छिन् । यसअघिको संसदमा उनी समानुपातिकबाट सांसद बनेकी थिइन् ।