मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • निर्वाचनका बेला हुने कुनैपनि सुरक्षा कमीकमजोरी क्षम्य हुने छैन : महानिरीक्षक अर्याल
निर्वाचनका बेला हुने कुनैपनि सुरक्षा कमीकमजोरी क्षम्य हुने छैन : महानिरीक्षक अर्याल
जनतापाटी
जनतापाटी आइतबार, कात्तिक २७, २०७९ मा प्रकाशित
viber sharing button
निर्वाचनका बेला हुने कुनैपनि सुरक्षा कमीकमजोरी क्षम्य हुने छैन : महानिरीक्षक अर्याल

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मातहतका युनिटहरुलाई प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा पूरा गराउन प्रतिवद्ध भएर लाग्न निर्देशन दिएका छन् ।

अर्यालले वाहिनी, गण तथा गुल्म कमाण्डहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

भर्चुअल माध्यमबाट देशभरका कमाण्डहरुलाई एकैसाथ महानिरीक्षक अर्यालले निर्वाचनका बेला कार्यक्षेत्रमा खटिँदा आईपर्ने जस्तोसुकै चुनौतीहरुको सामना गर्न तयार भएर बस्न निर्देशन दिएका हुन् ।

निर्वाचनको दौरानमा बल प्रयोग गर्नुपरेमा बल प्रयोगको सिद्धान्तअनुसार सबै प्रकारका सावधानी अपनाएर जिम्मेवारी पूरा गर्न र कुनैपनि कमीकमजोरी भएमा स्वयं युनिट कमाण्डर जवाफदेही हुनुपर्ने बताए ।

सवारी साधनको उचित प्रयोग, त्यसमा अपनाउनु पर्ने सावधानी र न्यूनतम श्रोतसाधनको अधिकतम प्रयोग गर्दै भोग, प्यास र थकानको परवाह नगरी २४ सैं घण्टा क्रियाशील रहँदै राष्ट्रको यस महान अभियानमा उच्च मनोवल र हौसलासहित कार्यक्षेत्रमा खटिन भन्दै उनले भने, ‘निर्वाचनका बेला हुने कुनैपनि सुरक्षा कमीकमजोरी क्षम्य हुने छैन ।’

फिल्डको वस्तुस्थिति बुझेर तत्काल चेनअफ कमाण्डमा रिपोर्ट गर्नुकासाथै मुख्यालयबाट खटिने निर्वाचन अनुगमन टोलीले समेत फिल्डमा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्न र मुख्यालयबाट गर्नुपर्ने समन्वय, सहयोग र समाधानमा कुनै कसर बाँकी नराख्न उनले विभागीय प्रमुखहरुलाई समेत सोही अवसरमा निर्देशन दिए ।

निर्वाचनको समयमा फिल्डमा खटिँदा सामान्य भन्दा सामान्य त्रुटि समेत आफुले सुन्न र देख्न नचाहेको बताउँदै महानिरीक्षक अर्यालले बन्दोबस्ती लगायत अन्य भौतीक व्यवस्थापन संगठनले मातहत इकाईहरुसम्म पुर्याई सकेकोले त्यसको उच्चतम र भरपूर प्रयोग गर्नसमेत निर्देशन दिए ।

कार्यक्रममा आसन्न निर्वाचनबारे वाहिनीपतिहरुले महानिरीक्षक अर्याल समक्ष सम्पूर्ण तयारी पूरा भएको योजना प्रस्तुत गरेका थिए ।

सशस्त्रले देशैभरी खटिएका जुनसुकै दर्जाका कमाण्डर तथा अन्य सशस्त्र प्रहरी कर्मचारीहरुले कार्य विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतम, केन्द्रीय निर्वाचन सेल प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद भट्टलाई सम्पर्क गर्न सक्ने गरी आजैबाट हटलाइन टेलिफोनको पनि व्यवस्था गरेको छ ।

महानिरीक्षक अर्यालको निर्देशन अघि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले निर्वाचनको समयमा हुनसक्ने समस्या, चुनौती तथा कार्यक्षेत्रमा खटिँदा अपनाउनुपर्ने कार्यशैलीबारे मातहत कमाण्डरहरुलाई निर्देशन दिएका थिए भने महानिरीक्षक अर्याल समक्ष सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधानले चुनाव केन्द्रित प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम तथा बंशी राज दाहाल लगायत सशस्त्र प्रहरी बल, नेपालका वाहिनीपतिहरु, मुख्यालयका वरिष्ठ अधिकृतहरु, गणपति र गुल्मपतिहरुको प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो ।

viber sharing button
जनतापाटीबाट थप
आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक
आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक बिहीबार, पुस १७, २०२६
युद्धस्तरमा बझाङ भूकम्प पीडितहरुको उद्धार र राहत कार्यमा जुट्न कांग्रेसको माग
युद्धस्तरमा बझाङ भूकम्प पीडितहरुको उद्धार र राहत कार्यमा जुट्न कांग्रेसको माग बिहीबार, पुस १७, २०२६
बलात्कार आराेपमा एकजना पक्राउ
बलात्कार आराेपमा एकजना पक्राउ बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
मधेस प्रदेशका सबै सिडिओसँग गृहमन्त्रीको समसामयिक सुरक्षा चुनौतीबारे छलफल
नेपालगञ्जमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध
ट्राफिक प्रहरीद्वारा चालकलाई प्रशिक्षण
गृह मन्त्रालयले भन्यो - स्वास्थ्यकर्मीमाथि आक्रमण गरे कारबाही हुन्छ
प्रधानसेनापति शर्मा भारत प्रस्थान
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.