मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • धार्मिक हिंसा भड्किन नदिन महोत्तरीमा राजनीतिक दलहरूले सद्‌भाव र्‍याली निकाल्ने
धार्मिक हिंसा भड्किन नदिन महोत्तरीमा राजनीतिक दलहरूले सद्‌भाव र्‍याली निकाल्ने
जनतापाटी
जनतापाटी शुक्रबार, कात्तिक ११, २०७९ मा प्रकाशित
viber sharing button
धार्मिक हिंसा भड्किन नदिन महोत्तरीमा राजनीतिक दलहरूले सद्‌भाव र्‍याली निकाल्ने

महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिकामा सबै राजनीतिक दलहरुले सामाजिक सद्‌भाव र्‍याली निकाल्ने भएका छन् । बिहीबार मुस्लिम र हिन्दु समुदायबीच धार्मिक हिंसा भड्किएपछि शुक्रबार राजनीतिक दलहरुलेसामाजिक सद्‌भाव र्‍याली निकाल्ने तयारी गरेका हुन् ।

शुक्रबार बसेको सर्वदलीय बैठकले शुक्रबार नै नगरपालिका क्षेत्रमा सामाजिक सद्‌भाव र्‍याली निकाल्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए  ।

हिन्दु र मुस्लिम समुदायको बाहुल्यता रहेको भंगाहामा झण्डाको विषयलाइृ लिएर बिहीबार दुई पक्षबीच झडप भएपछि  जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेशसमेत जारी गरेको छ ।

नगरपालिकाको पहरिया चोकमा मुस्लिमहरुले राखेको झण्डा भएको ठाउँमा हिन्दुहरूले पनि राख्ने तयारी गरेपछि दुई समूहबीचकाे झडपले उग्ररुप लिएको थियो ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको थियो भने त्यतिकै संख्यामा हवाइ फायर गरेकाे थियो । झडपमा दर्जनौ संख्यामा स्थानीय र प्रहरी घाइते समेत भए ।

थप हिंसा भड्कन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालको लागि कर्फ्यूलाई जारी राखेको छ ।

`अहिले स्थिति नियन्त्रणमा आइसकेको छ । आपसी मनमुटावमा समझदारी भएको छ,´ सहायक प्रमुख जिल्ला अधिकारी  न्यौपानेले भने, `दलहरूले धार्मिक हिंसा नभड्कियोस भनेर संयमता अपनाएका छन् । हामीले पनि यसलाई गम्भीररुपमा लिएर सोहीअनुसार काम गरिरहेका छौँ ।´

महोत्तरी घटनामा ८ बुँदे सहमति [पत्रसहित]

viber sharing button
जनतापाटीबाट थप
त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ बिहीबार, पुस १७, २०२६
सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिकबीच भेटवार्ता
सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिकबीच भेटवार्ता बिहीबार, पुस १७, २०२६
धार्मिक र सामुदायिक सद्‌भाव भड्काउने तत्वलाई समयमै नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
धार्मिक र सामुदायिक सद्‌भाव भड्काउने तत्वलाई समयमै नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
मधेस प्रदेशका सबै सिडिओसँग गृहमन्त्रीको समसामयिक सुरक्षा चुनौतीबारे छलफल
नेपालगञ्जमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध
ट्राफिक प्रहरीद्वारा चालकलाई प्रशिक्षण
गृह मन्त्रालयले भन्यो - स्वास्थ्यकर्मीमाथि आक्रमण गरे कारबाही हुन्छ
प्रधानसेनापति शर्मा भारत प्रस्थान
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.