मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, June 10, 2023 |शनिबार, जेठ २७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • राष्ट्रिय वाणिज्य बैंक र किंग्स् कलेजबीच ‘ओथारो’ मा सहकार्य सम्झौता
राष्ट्रिय वाणिज्य बैंक र किंग्स् कलेजबीच ‘ओथारो’ मा सहकार्य सम्झौता
जनतापाटी
जनतापाटी आइतबार, असोज ९, २०७९ मा प्रकाशित
viber sharing button
राष्ट्रिय वाणिज्य बैंक र किंग्स् कलेजबीच ‘ओथारो’ मा सहकार्य सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र किंग्स् कलेजबीच कलेजले आयोजना र व्यवस्थापन गर्दै आइरहेको ‘ओथारो’ नामक उद्यमशीलता विकास र प्रबद्र्धन गर्ने इन्क्युवेशन कार्यक्रममा सहकार्यको लागि सम्झौता भएको छ ।

यही असोज ४ गते काठमान्डौंस्थित आयोजना गरिएको एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र कलेजको तर्फबाट कार्यकारी निर्देशक नरोत्तम अर्यालले हस्ताक्षर गरेका हुन् । 

अर्धवार्षिकरूपमा संचालन गरिने ‘ओथारो’ले सहभागीहरूको सोचलाई सघन कार्यशाला, मेन्टरसीप, विज्ञसँगको साक्षात्कार र अन्तरक्रियाका साथसाथै आवश्यक सहयोग प्रदान गरेर व्यवसायमा रूपान्तरण गर्न सघाउ पु-याउँदै आइरहेको कलेजले बताएको छ । 

राष्ट्रिय वाणिज्य बैंकसँगको हातेमालोले उद्यमशील सोच एवं धारणालाई व्यवसायीक स्वरुप प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्नुका साथै यस सहकार्यबाट अधिकतम नेपाली युवाहरूले नवीनतम उद्यमको विकास र प्रबद्र्धन गर्नका लागि अवसर पाउने कलेजका कार्यकारी निर्देशक अर्यालले बताए । 

“उद्यमशीलता प्रबद्र्धनका लागि हामीले विभिन्न नगरपालिका लगायत अरू संस्थाहरूसँग पनि सहकार्य गर्दै आएका थियौं,” साझेदारी पत्रमा हस्ताक्षर गरेपश्चात राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए, “किंग्स् कलेजजस्तो उद्यमशीलताकेन्द्रित प्रतिष्ठित शैक्षिक  संस्थासँग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी छौं । कलेजसँग आगामी दिनमा अन्य क्षेत्रहरुमा पनि सहकार्य गर्ने इच्छा छ ।” 

श्रेष्ठका अनुसार राष्ट्रिय वाणिज्य बैंकले यस कार्यक्रममा विज्ञहरू, आर्थिक साझेदार तथा उत्कृष्ट तीन सहभागीलाई बैंकको प्रक्रिया र नियमानुसार सहुलियत दरमा ऋण उपलब्ध गराउने छ । 

“कलेजले कार्यक्रमको योजना, आयोजना तथा सम्पूर्ण व्यवस्थापनको जिम्मेवारीसँगै आर्थिक साझेदारी र विज्ञहरू पनि उपलब्ध गराउनेछ,” अर्यालले जानकारी दिए ।

viber sharing button
जनतापाटीबाट थप
मानव एम्बुलेन्स
मानव एम्बुलेन्स बिहीबार, पुस १७, २०२६
हानेदा विमानस्थलमा दुई विमान ठोक्किए
हानेदा विमानस्थलमा दुई विमान ठोक्किए बिहीबार, पुस १७, २०२६
ट्रान्सजेन्डर बन्न ६ महिना लागेकाे थियाे नवाजुद्दीनलाई
ट्रान्सजेन्डर बन्न ६ महिना लागेकाे थियाे नवाजुद्दीनलाई बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
चर्को टिकट शुल्क सुनेर गेटबाटै फर्किन्छन् रत्न मन्दिर पुगेका विदेशी पर्यटक
शनिबारको विदेशी मुद्राको विनिमय दर
लमजुङका १० वटा सडकलाई १० करोड ९२ लाख बजेट
शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचत - राष्ट्र बैंक
विगतको अनुदान बालुवामा पानीजस्तै भयो, यसपटक सिधै किसानको हातमा दिन्छौँ - प्रधानमन्त्री
महालक्ष्मी लाईफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारणसभा सम्पन्न 
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.