मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, November 30, 2023 |बिहीबार, मंसिर १४, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु
छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु
जनतापाटी
जनतापाटी आइतबार, असोज ९, २०७९ मा प्रकाशित
viber sharing button
छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

काठमाडौं । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । 

काठमाडौंको काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित सडकमा बा.२ ज ११९२ नम्बरको ट्याक्सीले बा.९१ प ५४०३ नम्बरको स्कुटरलाई गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटर चालक प्रहरी प्रभाग तिलिङ्गेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन् । 

ठक्करबाट गम्भीर घाईते भएका उनको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित सडकमा रा.१ प ८६२३ नम्बरको मोटरसाइकलको ठक्करबाट शनिबार पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा दंगिशरण गाउँपालिका–४ वैवाङ बस्ने ५९ वर्षीय शलिकराम वली रहेका छन् । ठक्करबाट गम्भीर घाईते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसासाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । 

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ बुड्डीस्थित सडकमा ना.७ ख ५९५९ नम्बरको बस र ना.५ ख ६५६५ नम्बरको ट्रक ठोक्किँदा शनिबार एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बसमा सवार प्युठान मलारानी गाउँपालिका–२ बस्ने २५ वर्षीया बिमला पुन मगर रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका २५ जना उपचार पश्चात डिश्चार्ज भएका छन् । ट्रक चालक समेत अन्य ६ जनाको जिल्ला अस्पताल तौलिहवा हुँदै थप उपचारको लागि चौराहा अस्पताल बुटवलमा पठाइएको छ । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकीमा प्रदेश २–०१–००१ त १७७२ नम्बरको ट्रयाक्टर शनिबार दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय शंकर रामको मृत्यु भएको छ । 

दुर्घटनमा गम्भीर घाइते भएका उनको उपचारको लागि श्रमजिवी अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार रहेका ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

कैलालीको टिकापुर नगरपालिका–२ कोठारपुरमा से.६ प ३१८१ नम्बरको मोटरसाइकलको ठक्करबाट शनिबार साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–२ विजयनगर शिविर बस्ने ७० वर्षीय भोकारी थारु रहेका छन् । 

ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई टिकापुर अस्पताल हुँदै थप उपचारको लागि कोहलपुर बाँकेतर्फ पठाइएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली मन्दिर नजिक सडकमा प्रदेश २–०१–०३ प ११०० नम्बरको  मोटरसाइकल शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी हनुमाननगर नगरपालिका–४ भारदह बस्ने २२ वर्षीय कैलाश मण्डल रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । 

viber sharing button
जनतापाटीबाट थप
बिहीबारको विदेशी मुद्राको विनिमय दर
बिहीबारको विदेशी मुद्राको विनिमय दर बिहीबार, पुस १७, २०२६
यस्तो रहनेछ आजको मौसम
यस्तो रहनेछ आजको मौसम बिहीबार, पुस १७, २०२६
हेर्नुहोस तपाईको आजको राशिफल
हेर्नुहोस तपाईको आजको राशिफल बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
बचनी गाउँ
मल्लकालीन दरबारकाे पुनःनिर्माण सुरु
वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध
भूकम्पपीडित चिसोमा काप्दै : क्षतिको विवरण अझै सङ्कलन भएन
नेपाल प्रहरीले भन्यो-‘अनलाइनबाट सामान किन्दा सचेत हुनु’
ठाँटी मेला
Global Ime Global Ime
salico salico
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.