मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, September 23, 2023 |शनिबार, असोज ६, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • भक्तपुरको शान्तिसुरक्षा थप मजबुत हुन्छ : एसपी केसी
भक्तपुरको शान्तिसुरक्षा थप मजबुत हुन्छ : एसपी केसी
जनतापाटी
जनतापाटी बिहीबार, भदौ ३०, २०७९ मा प्रकाशित
viber sharing button
भक्तपुरको शान्तिसुरक्षा थप मजबुत हुन्छ : एसपी केसी

भक्तपुर। हालै भक्तपुर सरुवा भई आएका महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले भक्तपुरको शान्ति सुरक्षालाई अझ बढी व्यवस्थित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

भक्तपुर उद्योग वाणिज्य संघले बिहीबार आफ्नो स्वागतमा गरेको कार्यक्रममा उनले त्यसका लागि सबै संघसंस्था र व्यक्तिसँग मिलेर अगाडि बढ्ने बताए । 
 
भक्तपुर उद्योग वाणिज्य संघसँग पूर्व एसपीहरूले पनि राम्रो सम्बन्ध कायम गरी अगाडि बढिरहेको आफूले पाएको बताउँदै उनले आफ्नो कार्यकालमा पनि राम्रो सम्बन्धका साथ अगाडि बढाउने विश्वास दिलाए । यसका लागि संघले प्रहरी प्रशासनलाई चाहिने आवश्यक सहयोग सरसल्लाह सुझाव दिन अनुरोध गरे । 

आफू भक्तपुर जिल्लाको नभए पनि भक्तपुरमा आएपछि भक्तपुर जिल्लाको सुरक्षा प्रदान गर्ने पहिलो दायित्व भएको चर्चा गर्दै उनले शान्ति सुरक्षा दिन स्थानीय संघसंस्था व्यक्ति र व्यक्तित्वहरूसँग मिलेर अगाडि बढ्ने बताए । 'अझ बढी भक्तपुर जिल्लालाई के कसरी शान्ति सुरक्षादेखि लिएर राम्रो बनाउन सकिन्छ मेरो ध्यान त्यही नै हो,' उनले भने ।  

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले संघले स्थापनाकालदेखि नै प्रहरी प्रशासनसँग सुमधुर सम्बन्ध स्थापना गरी अगाडि बढिरहेको इतिहास रहेको बताए । 'स्थापनाकालदेखि जिल्ला र प्रहरी प्रशासनबीच सम्बन्ध सुमधुर थियो। त्यो सम्बद्ध आगामी दिन पनि निरन्तर हुन्छ,' उनले भने, 'प्रहरी प्रशासनसँग मात्रै होइन, स्थानीय, केन्द्र, प्रदेश सरकारसँग पनि हामी सुमधुर सम्बन्ध अगाडि बढाई जानेछौँ ।'
  
संघ जिल्लामा मात्रै नभई नेपालमा रहेका दुई सय ५० बढी जिल्ला तथा नगर उद्योग वाणिज्य संघसँग राम्रो सम्बन्धका साथसाथै अष्टेलियादेखि एसियासम्म २४ राष्ट्र संलग्न भएको एसिया उद्योग वाणिज्य संघको पनि संघ सदस्य रहेको बताउँदै सवैसँग राम्रो सम्बन्ध बनाई अगाडि बढ्नु संघको विशेषता रहेको बताए । 

भक्तपुरमा सिसी क्यामरा जडान गर्न पनि परिसरको विशेष तत्त्वावधानमा सफलता मिलेको उनले स्मरण गरे । भूकम्प र कोरोनामा पनि प्रहरीसँग मिलेर काम गरिरहेको उनले बताए ।

viber sharing button
जनतापाटीबाट थप
कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पुरा
कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पुरा बिहीबार, पुस १७, २०२६
मथुरामा दर्शन गर्न पुगेका दुई भक्तकाे मृत्यु
मथुरामा दर्शन गर्न पुगेका दुई भक्तकाे मृत्यु बिहीबार, पुस १७, २०२६
क्यान अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत
क्यान अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
जमुनाह नाकामा सुरक्षा सतर्कता
सर्लाहीकाे मलगंवामा आज साँझदेखी कर्फ्यू
प्रहरी महानिरिक्षक कुवँर नेतृत्वमा प्रहरी अधिकारीहरू काेरिया जाने
नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुँदै, भोलि अमेरिकी सेना आउँदै
बालेनको अभिव्यक्तिलाई लक्षित गर्दै काठमाडौं प्रशासनले भन्यो- जथाभावी वक्तव्य नदिनू
नेपाल प्रहरीका ४८ एसपीको सरुवा [सूचीसहित]
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.