मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, March 29, 2023 |बुधबार, चैत १५, २०७९
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापनमा पत्रकारलाई तालिम
जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापनमा पत्रकारलाई तालिम
जनतापाटी
जनतापाटी बुधबार, साउन १८, २०७९ मा प्रकाशित
viber sharing button
जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापनमा पत्रकारलाई तालिम

खोटाङ । खोटाङ र ओखलढुंगाका पत्रकारलाई जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापन विषयक दुई दिने तालिम दिइएको छ । जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डिसिआरएल)ले दुई जिल्लाका पत्रकारलाई सहभागी गराएर जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापन विषयक तालिम आयोजना गरेको हो । हलेसी तुवाचुङ नगरपालिकास्थित होलेसुङ रिसोर्टमा सोमबार र मंगलबार आयोजित तालिममा खोटाङका १९ र ओखलढुंगाका १० पत्रकारको सहभागीता थियो । 

खोटाङ र ओखलढुंगाको सीमा क्षेत्रमा पर्ने तल्लो दुधकोसी जलाधार क्षेत्रमा जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना सञ्चालन गरिरहेको आयोजनाले पत्रकारलाई सहभागी गराएर तालिमको आयोजना गरेको हो । तालिममा सहभागी पत्रकारलाई जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना बारे जानकारी दिनुका साथै विकास पत्रकारिता, पत्रकारितामा जलवायु परिवर्तन र जलाधारको विषयवस्तु, फिचर लेखन लगायतका बारेमा जानकारी दिइएको छ । तालिमको अन्तिम दिन आयोजना सञ्चालन भइरहेको मंगलटार र दुर्छिममा पत्रकारलाई फिल्ड भिजिटमा लगिएको छ । चार समुहमा फिल्ड भिजिटमा गएका पत्रकारले समुहगतरुपमा फिचर समाचार तयार पारेर प्रस्तुत गरेका थिए । 

दूधकोशीले छोएको खोटाङको ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका, सिद्धिचरण नगरपालिका र चिशंखुगढी गाउँपालिकालाई समेटेर जलाधारमा आधारिक जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना सञ्चालन भइरहेको छ । आयोजनाले दुई जिल्लाका ८ स्थानीय तहका ५१ वडाका करिब ८४४ वर्गकिलोमिटर ओगटेको आयोजनाका अनुगमन, मूल्यांकन, रिपोर्टिङ तथा सञ्चार अधिकृत सञ्जय परियारले बताए । 

आगामी १ मे २०२४ सम्म सञ्चालन हुने कार्यक्रमको विभिन्न चरणका क्रियाकलाप १ डिसेम्बर २०२० देखि सुरु गरिएको थियो । जलवायु परिवर्तनजन्य सुक्खा, बाढी, पहिरो लगायतका बहुप्रकोपको जोखिममा रहेका समुदायको जीवन तथा भौतिक र आर्थिक सम्पत्तीको सुरक्षा गर्दै उनीहरुको जीविकोपार्जनमा टेवा पु-याउने लक्ष्यका साथ नेपाल सरकार, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम र बिश्व वातावरण कोषको संयुक्त सहकार्यमा जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना सुरु गरिएको हो । वन तथा भू–संरक्षण विभाग, वन तथा वातावरण मन्त्रालयले कार्यान्वयनको जिम्मा पाएको कार्यक्रमबाट तल्लो दुधकोसी जलाधार क्षेत्रका १ लाख २१ हजार ६०३ संकटापन्न स्थानीय लाभान्वित हुने आयोजना कार्यान्वयन इकाई ओखलढुंगाले जनाएको छ । 

खोटाङको पश्चिमी ढाल (दुधकोसी, रावाखोला, तापखोला) तथा ओखलढुंगाको पुर्वी ढाल (दुधकोसी, ठोट्ने खोला) भित्रको क्षेत्रलाई दुधकोसी जलाधार क्षेत्र मानिन्छ । आयोजनाका लागि विश्व वातावरण कोष (एलडिसिएप), यूएनडिपी र नेपाल सरकारको संयुक्त लगानी छ । 

viber sharing button
जनतापाटीबाट थप
नापी कार्यालय मनमैजुमा कार्यरत सर्वेक्षक उपरकोटी र लेखापढी व्यवसायी घुससहित पक्राउ
नापी कार्यालय मनमैजुमा कार्यरत सर्वेक्षक उपरकोटी र लेखापढी व्यवसायी घुससहित पक्राउ बिहीबार, पुस १७, २०२६
साफ यू–१७ महिला च्याम्पियनसिप : नेपाल र बङ्गलादेशको खेल बराबरी
साफ यू–१७ महिला च्याम्पियनसिप : नेपाल र बङ्गलादेशको खेल बराबरी बिहीबार, पुस १७, २०२६
रुपन्देहीमा ७२ जना पत्रकारको आँखा स्वास्थ्य परीक्षण
रुपन्देहीमा ७२ जना पत्रकारको आँखा स्वास्थ्य परीक्षण बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
नापी कार्यालय मनमैजुमा कार्यरत सर्वेक्षक उपरकोटी र लेखापढी व्यवसायी घुससहित पक्राउ
रुपन्देहीमा ७२ जना पत्रकारको आँखा स्वास्थ्य परीक्षण
भारतमा भीरबाट लडेर एक नेपाली मजदुरको मृत्यु
भूमिहीनलाई दिइने लालपुर्जाको शुल्क घटाउन माग
दुर्गा प्रसाईंले मिटरव्याज पीडितलाई पठाएको एक ट्रक खाद्यान्न अभियन्ताले गरे फिर्ता
नाबालिक बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ
kumari bank kumari bank
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.