मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, June 10, 2023 |शनिबार, जेठ २७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
अपराध
  • गृहपृष्ठ
  • भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न तीन जना पक्राउ
भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न तीन जना पक्राउ
जनतापाटी
जनतापाटी बुधबार, असार २२, २०७९ मा प्रकाशित
viber sharing button
भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न तीन जना पक्राउ

काठमाडौं । मानव बेचविखन तथा ओसारपसारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका–१० चापागाउँ बस्ने ४८ वर्षीय दौलत रोका, काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलाकी २७ वर्षीया रेवती सुनार र काठमाडौं टोखा नगरपालिका–२ चण्डेश्वरी बस्ने रोल्पा त्रिवेणी गाउँपालिका–७ का ५२ वर्षीय भरतमणि घर्तिमगर रहेका छन् । 

दौलतलाई गत जेठ २४ गते ललितपुर जावलाखेलबाट, रेवतीलाई गत जेठ २० गते काठमाडौं बबरमहलबाट र भरतमणिलाई गत जेठ १३ गते काठमाडौं टोखाबाट प्रहरीले पक्राउ गरेको हो ।  

उनीहरूमध्ये दौलतले विभिन्न प्रलोभन तथा डरत्रास देखाई पीडितलाई ललितपुर ढोलाहिटीमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । 

दौलतले कुवेतमा मासिक ४०/५० हजार रूपैयाँसम्म कमाई हुने प्रलोभन देखाई भारतको नयाँदिल्ली हुँदै २०७८ चैत १६ गते कुवेतमा घरायसी कामका लगि बिक्री गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

कुवेतमा ती पीडितलाई घर मालिकले समेत बन्धक बनाई जबरजस्ती करणी गरेकोमा मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलको पहलमा उनलाई कुवेतबाट उद्धार गरिएको थियो । 

साथै रेवतीले भारतमा डान्स बारमा काममा लगाईदिने प्रलोभन देखाई पीडितलाई वीरगञ्जबाट भारतको रक्सौल सौनाबजार पु¥याई डर त्रास देखाई डान्स गर्न लगाएको प्रहरीले जनाएको छ । ती पीडितलाई सौनाबजारबाट भारतीय प्रहरीले उद्धार गरी भारतको बालिका गृह मोतिहारीमा राखेकोमा माईती नेपालको सहयोगमा नेपाल फिर्ता ल्याइएको थियो । 

यसैगरी भरतमणिले दुबईमा कम्पनीको प्याकिङ सम्बन्धी काममा लगाईदिने भनि मासिक ४०/५० हजार रूपैयाँसम्म कमाई हुने प्रलोभनमा २०७९ वैशाख १६ गते काठमाडौं एयरपोर्टबाट दुबई भनी कुवेतको घर मालिकलाई ५ हजार कुवेत दिनारमा बिक्री गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

जिल्ला अदालत काठमाडौंको २०७९ असार २१ गतेको आदेशले दौलतलाई, २०७९ असार १५ गतेको आदेशले रेवतीलाई र २०७९ असार ८ गतेको आदेशले भरतमणिलाई मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय पठाइएको छ ।

viber sharing button
जनतापाटीबाट थप
प्रहरी हिरासतबाट फरार थुनुवा साढे ४ महिनापछि पक्राउ
प्रहरी हिरासतबाट फरार थुनुवा साढे ४ महिनापछि पक्राउ बिहीबार, पुस १७, २०२६
ए डिभिजन लिगको अन्तिम खेलमा दर्शकलाई निःशुल्क प्रवेश
ए डिभिजन लिगको अन्तिम खेलमा दर्शकलाई निःशुल्क प्रवेश बिहीबार, पुस १७, २०२६
मिटरब्याज पीडितसँग गृहमन्त्रीले भने- 'प्रहरीले दुःख दिएको छ, मलाई भन्नुहोस्'
मिटरब्याज पीडितसँग गृहमन्त्रीले भने- 'प्रहरीले दुःख दिएको छ, मलाई भन्नुहोस्' बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
प्रहरी हिरासतबाट फरार थुनुवा साढे ४ महिनापछि पक्राउ
बाघको छाला र हड्डीसहित दुईजना पक्राउ
काठमाडौं र झापाबाट लागुऔषधसहित ३ जना पक्राउ
घुस लिएको अभियोगमा पक्राउ
सिरहामा भयावह बन्दै लागुऔषध ओसारपसार, कुलतमा फस्दै युवा पुस्ता
नेपालका असरफसँग डिल गरेपछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.