मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, June 10, 2023 |शनिबार, जेठ २७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
कला - साहित्य
  • गृहपृष्ठ
  • पत्रकार दिवाकर मैनाली नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट सम्मानित
पत्रकार दिवाकर मैनाली नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट सम्मानित
जनतापाटी
जनतापाटी सोमबार, वैशाख १९, २०७९ मा प्रकाशित
viber sharing button
पत्रकार दिवाकर मैनाली नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट सम्मानित

काठमाडौं । नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार दिवाकर मैनाली सम्मानित भएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पत्रिका दैनिकका पत्रकार मैनालीलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट सम्मानित गरेकी हुन् । पत्रकार विजयरत्न तुलाधर पनि नातिकाजी पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । 

नातिकाजी स्मृति समाजले आयोजना गरेको नातिकाजी राष्ट्रिय विशिष्ट सम्मानतर्फ गायन विधामा नुपुर बनर्जी भट्टाचार्य सम्मानित भएकी छन् । नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान बीबी थापा (रचना), नारयाणदास कार्की ढली (बाद्यबादन), शिला पनत (रचना), सीताराम पोखरेल (गायन/रचना), प्रदीप उपाध्याय (साउन्ड इन्जिनियर), कुन्ती मोक्तान (गायन), प्रभु ढकाल (शास्त्रीय संगीत), हरिभक्त बुढाथोकी (रचना), राजकुमार श्रेष्ठ (अर्केस्ट्रा/संगीत), शीतल कादम्बेनी (रचना) र सहदेव ढुंगाना (रचना) लाई प्रदान गरिएको छ ।

यसैगरी नातिकाजी राष्ट्रिय संगीत पुरस्कार अरुण तिवारी (रचना), सन्तोष श्रेष्ठ (संगीत), निशा देशार (गायन) र शिव परियार (गायन) लाई प्रदान गरिएको छ । 

नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार डीपी दाहाल (रचना), अर्जुन पोखरेल (संगीत), सिन्धु मल्ल (गायन), अजर जंगम (गायन) तथा नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार अमृतहिरा तुलाधर योगी (सितार)लाई सम्मानसहित पुरस्कृत गरिएको छ । नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार एलिस कार्की ढली, नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार कृष्ण कँडेललाई दिइएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नातिकाजी श्रेष्ठ नेपाली संगीतको स्वर्णिम काल भित्र्याउने स्रस्टा भएको बताइन् । उनले पुराना सर्जकले सिर्जना गरेका संगीतलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्नुपर्ने उल्लेख गरिन् ।

नातिकाजी स्मृति समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भुजित बासकोटाले नातिकाजी सम्मान तथा पुरस्कार राज्य तहबाटै प्रदान गर्नुपर्ने बताए । त्यसका लागि राज्यले नेतृत्व लिनुपर्ने उनको भनाइ थियो । 

viber sharing button
जनतापाटीबाट थप
अझै केही दिन देशभर तापक्रम बढ्ने महाशाखाको भनाइ
अझै केही दिन देशभर तापक्रम बढ्ने महाशाखाको भनाइ बिहीबार, पुस १७, २०२६
‘ए’ डिभिजन लिग : आर्मीले जित्याे
‘ए’ डिभिजन लिग : आर्मीले जित्याे बिहीबार, पुस १७, २०२६
सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु
सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
मधेशका महिला कथाकारका लागि 'टेल योर स्टोरी'
डा. रमेश बलायरको ‘मनको बिम्बबाट’ कविता संग्रह सार्वजनिक
६ सय कलाकारका ७ सय कलाकौशल प्रदर्शनीमा
‘चरीमाई’ उपन्यास सार्वजनिक
श्रीमद्भागवत महापुराणको नेपाली अनुवाद विमोचन
पुस्तक समीक्षाः ‘काला बादल उज्याला पाइला’ भरोसा
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.