मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, May 23, 2022 |सोमबार, जेठ ९, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
शिक्षा
  • गृहपृष्ठ
  • स्वस्तिश्री गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’को मान्यता
स्वस्तिश्री गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’को मान्यता
रासस
रासस शनिबार, माघ १५, २०७८ मा प्रकाशित
viber sharing button
स्वस्तिश्री गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’को मान्यता

काठमाडौँ । काठमाडौँको सानो भ-याङ्स्थित स्वास्तिश्री गुरुकुलले ‘आइबी वल्र्ड स्कुल’को मान्यता प्राप्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको भर्चुअल सहभागितामा आज गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’ घोषणा गरिएको हो ।

आइबी (अन्तर्राष्ट्रियस्तर) को मान्यता प्राप्त भएसँगै उक्त स्कुल आजैदेखि ‘स्वस्तिश्री गुरुकुल आइबी वल्र्ड स्कुल’ को नामबाट सञ्चालन भएको छ । यो अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रममा आधारित रहेर विद्यालयलाई दिइने उपाधि हो । नेपालमा योसँगै चारवटा विद्यालयले मात्र उक्त मान्यता पाएका जनाइएको छ । यहाँ आज भएको घोषणा कार्यक्रममा छोटो समयमै उक्त मान्यता प्राप्त गर्ने र काठमाडौँ जिल्लाको पनि पहिलो विद्यालय भएको दाबी गरिएको छ ।

समारोहमा स्वस्तिश्री नेपाली भाव र संस्कृति तथा अन्तर्राष्ट्रियस्तरको शिक्षाको सम्मिश्रणबाट विश्वस्तरीय गुणस्तरयुक्त शिक्षा नेपालमा नै प्रदान गर्ने उद्देश्यले तीन वर्षअघि स्थापना भएको जानकारी गराइएको थियो । विसं २०७६ मा स्थापना भएको गुरुकुलले पहिलो वर्ष मन्टेश्वरी, दोस्रो वर्ष एकैसाथ शून्य विद्यार्थीबाट कक्षा १० सम्म स्कुल सञ्चालन गरेकामा चालु शैक्षिकसत्र अर्थात् तेस्रो वर्षदेखि ११ सम्मको कक्षा सञ्चालन गर्दै आएको छ ।

विश्वस्तरीय भौतिक पूर्वाधारसहितको नवनिर्मित भवनमा आधुनिक शैक्षिक प्रणाली र विद्यार्थीको रुचिअनुसारको गुणस्तरयुक्त तथा विद्यार्थीमैत्री पठनपाठन हुँदै आएको, कक्षा कोठा, पठन पद्धति, विद्यार्थीको सिकाइ, भौतिक पूर्वाधारलगायतका आधारमा झन्डै डेढ वर्षको अध्ययन अनुसन्धानपछि मात्रै गुरुकुलले विश्वस्तरको मान्यता प्राप्त गरेको विद्यालयले जनाएको छ । 

विद्यालयमा सञ्चालित आइबी. पिवाइपी. पाठ्यक्रम, फिल्ड वर्क एजुकेसन, लन्डन मन्टेश्वरी शिक्षाका लागि आइई.वाइसी. पाठ्यक्रम, वाटकिन्सन स्कुल, अमेरिकासँग शैक्षिक कार्यक्रमका लागि सहकार्य गर्दै आएको छ । यस्तै एसियाको ‘वेष्ट इमर्जिङ स्कुल अवार्ड २०२०–२०२१’ प्राप्त गर्न सफल स्वस्तिश्री गुरुकुलले स्वस्तिश्री स्पोर्ट एकाडेमी (एसएसए) स्थापना गरी फुटबल, फुटसल, पौडी, बास्केटबल, तेक्वान्दो, स्केटिङ, टेबलटेनिसलगायत खेलकुदका तालिम अन्य विद्यालयका इच्छुक विद्यार्थीका लागि प्रदान गर्दै आइरहेको गुरुकुलका अध्यक्ष रामकृष्ण चित्रकारले जानकारी दिनुभयो । 

उक्त स्कुल स्वस्तिश्री, इन्टरनेसनल स्कुल एसोसिएसन (आइएसए)को नेपालको एकमात्र सदस्य विद्यालय र इन्टरनेसनल स्कुल स्पोर्टस् फेडेरेशन (आइएकएफ)को नेपालको एकमात्र पूर्ण सदस्यता प्राप्त विद्यालय हो । 

राज्यमन्त्री श्रेष्ठले उक्त समारोहमा भर्चुअल माध्यमबाट सहभागी हुँदै परिवर्तित समय र आवश्यकता अनुसारको शिक्षा दिनका लागि स्वस्तिश्रीले गरेको लगानीको प्रशंसा गर्नुभयो । संसारमा चलेको कार्यक्रम आइबी मान्यता प्राप्त स्कुलबाट उत्पादित विद्यार्थीलाई विश्वका उत्कृष्ट विश्वविद्यालयले सजिलै लिने उल्लेख गर्दै श्रेष्ठले यसको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

गुरुकुलका अध्यक्ष चित्रकारले भौतिक संरचनाले मात्रै होइन स्कुललाई शैक्षिक एवं प्राज्ञिक रुपमा समेत उत्कृष्ट बनाउने सोच रहेको बताउनुभयो । स्कुलका प्रिन्सिपल डा हिमलाल घिमिरेले मुलुकका चार विद्यालयमध्ये छोटो समयमा र काठमाडौँमै पहिलो आइवी मान्यता प्राप्त गर्न सफल भएको बताउनुभयो । ब्राइट फ्युचर स्कुलका संस्थापक अध्यक्ष मोहनकुमार कार्कीले स्कुलका विद्यार्थीले युरोपलगायत बाह्य मुलुकमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएको जानकारी गराउनुभयो ।
 
स्कुलका आइभी संयोजक मक्सुद आलमले छोटो समयमा आइबी प्राप्त गर्ने नेपालकै पहिलो स्कुल बन्न सफल भएको बताउनुभयो । स्कुलका एकेडेमिक निर्देशक प्रवीन मोक्तानले स्कुलको सफलताले अझै गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । समारोहमा स्वस्तिश्री गुरुकुलका प्रबन्ध निर्देशक मीना महर्जन चित्रकारलाई एलआरआई स्कुल कलङ्कीका संस्थापक अध्यक्ष शिवराज पन्तले आइवी वल्र्ड स्कुलको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । यसअघि स्कुल प्राङ्गणमा आइवी वल्र्डको झण्डोत्तोलनका साथै लोगोको उद्घाटन गरिएको थियो ।

viber sharing button
राससबाट थप
मोरङमा निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना लागू
मोरङमा निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना लागू मंगलबार, वैशाख २७, २०७९
दाङको दुई उपमहानगरमा १५ महिला उम्मेदवार
दाङको दुई उपमहानगरमा १५ महिला उम्मेदवार बिहीबार, वैशाख १५, २०७९
कर्णालीमा औलोः ३२ बिरामी, छ स्थान उच्च जोखिममा
कर्णालीमा औलोः ३२ बिरामी, छ स्थान उच्च जोखिममा मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ख्वपलाई विश्वविद्यालयको अनुमति नदिए थप नयाँ कलेज चलाउँछौं - मेयर प्रजापति
त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने
आजदेखि लगातार ६ दिन विद्यालय बन्द
परीक्षा नियन्त्रण कार्यालयको सेवा वैशाख २८ र २९ गते बन्द हुने 
जोखिम माेलेर विद्यालय पुग्छन् मुगुका बालबालिका
महेश बस्नेतको अभिव्यक्तिप्रति प्राध्यापकहरूको आपत्ति
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP