मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, May 23, 2022 |सोमबार, जेठ ९, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता
बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता
जनतापाटी
जनतापाटी शनिबार, माघ १५, २०७८ मा प्रकाशित
viber sharing button
बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता

काभ्रेपलाञ्चोक । बनेपा र पाँचखाल नगरमा दुई खानेपानी आयोजना निर्माण गर्न सम्झौता गरिएको छ । खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ र १४ वडा तथा पाँचखालको ५ नम्वर वडाका नागरिकका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन दुई उपभोक्ता समिति र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बीच सम्झौता भएको हो ।

बनेपास्थित साँगा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर तामाङ, पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सीताराम ढुङ्गाना र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठबीच शुक्रबार बनेपामा छुट्टाछुट्टै सम्झौता गरिएको छ । दुवै खानेपानी आयोजनाअन्तर्गत ‘एक घर–एक धारा’ बितरण हुनेछ । सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्धारित समयमै दुवै आयोजना सम्पन्न हुनेगरी प्रक्रिया थालिएको बताउनुभयो । 

यसै आर्थिक वर्षबाट रु नौ करोड ८४ लाख ६९ हजार ९०८ को लागतमा निर्माण सुरु ह्ुने साँगा खानेपानी आयोजना आर्थिक वर्ष २०८१/०८२ भित्र सम्पन्न हुने जनाइएको छ । सो आयोजनाबाट बनेपा नगरस्थित १३ र १४ वडाका ८७८ परिवारका पाँच हजार २१२ नागरिक लाभान्वित हुने खानेपानी आयोजना प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो । श्रेठका अनुसार साँगा खानेपानी आयोजनाका लागि २८ किलोमिटर पाइप बिछ्याइनेछ । आयोजनाको कूल लागतको ८० प्रतिशत रकम सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र २० प्रतिशत नागरिकले जनश्रमदान गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
 
यस्तै, पाँचखाल नगरको ५ नम्वर वडामा ८८४ परिवारका पाँच हजार २६३ नागरिकका लागि निर्माण हुने खानेपानी आयोजना निर्माणका लागि रु दश करोड ५८ लाख ५३ हजार ४८४ को लागत हुनेछ । सरकारको ८० प्रतिशत र २० प्रतिशत नागरिकले जनश्रमदान गर्नुपर्ने सम्झौता भएको छ । यस आयोजनाअन्र्तगत ३१ किलोमिटर पाइप लाइन बिस्तार गर्नुपर्नेछ । उक्त आयोजना आव २०८०/०८१ भित्र निर्माण सम्पन्न हुनेछ ।

viber sharing button
जनतापाटीबाट थप
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ?
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ? १ घण्टा पहिले
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी १ घण्टा पहिले
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी १ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब खाना पकाउने ग्यासलाई १८०० रुपैयाँ
नवलपुर र तनहुँ जोड्ने कालीगण्डकी नदीको पुल निर्माण अलपत्र
बढ्यो सुनको मूल्य
डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने
स्थानीय सरकारको पहिलो निर्णयः स्वास्थ्य बीमामा छुटदेखि निःशुल्क बिजुलीसम्म
निर्वाचनमा फूलमाला बिक्री बढ्यो
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP