मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • नेप्सेमा झिनो सुधार
नेप्सेमा झिनो सुधार
जनतापाटी
जनतापाटी बिहीबार, माघ १३, २०७८ मा प्रकाशित
viber sharing button
नेप्सेमा झिनो सुधार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.३३ अङ्कले उकालो लागेर दुई हजार ७७९.९८ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३८ अङ्कले बढेर ५१८.७२ मा पुगेको छ ।

नेप्सेमा झिनो सुधार भए पनि कारोबार रकम भने ओरालो लागेको छ । कूल २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर रु तीन अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ मूल्यमा खरिद बिक्री भए । शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब २८ अर्ब ६३ करोड ४२ लाख २० हजारको हाराहारीमा पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ४.३३, व्यापार ६.९९, होटल तथा पर्यटन २१.५५, विकास बैंक २१.१, जीवन बीमा १.३२, सामूहिक लगानी कोष ०.०९ अङ्कले ओरालो लागेको छ ।

यस्तै जलविद्युत् ५.५२, वित्त १४.६५, निर्जीवन बीमा १३३.८३, उत्पादन २८.७२, अन्य १७.९२, लघुवित्त ५.३१ र लगानी ०.४७ अङ्कले उकालो लागेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २० करोड दुई लाख ६९७ बराबरको कारोबार भयो । 

यस्तै नेपाल दूरसञ्चार कम्पनी रु ११ करोड ४७ लाख २३ हजार ७३०, अपि पावर कम्पनी रु ११ करोड १७ लाख ८१ हजार ९४८, शिखर इन्स्योरेन्स रु १० करोड ९९ लाख ३४ हजार २७१ र आइएमई जनरल इन्स्योरेन्स रु नौ करोड २५ लाख ९४ हजार ७३५ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रङोपावरका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा सकारात्मक सर्किट लाग्यो । यस्तै सिइडिबी हाइड्रोपावर ८.७२, अजोड इन्स्योरेन्स ७.२८ र एनआरएन इन्फास्टकचरका लगानीकर्ताले ७.१६ प्रतिशतले कमाए ।

त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंक ४.१४, युनाइटेड इदी मर्दी हाइड्रोपावर ३.९०, नबिल इक्विटी फण्ड २.९६, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो २.७६ र एनएमबी माइक्रोफाइनान्सका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाए । 

viber sharing button
जनतापाटीबाट थप
९८ प्रकारका औषधी नि:शुल्क उपलब्ध हुने
९८ प्रकारका औषधी नि:शुल्क उपलब्ध हुने २ मिनेट पहिले
खेल पूर्वाधारका लागि ८७ करोड बजेट विनियोजन
खेल पूर्वाधारका लागि ८७ करोड बजेट विनियोजन ४ मिनेट पहिले
अब ६८ वर्षकै उमेरमा वृद्धभत्ता
अब ६८ वर्षकै उमेरमा वृद्धभत्ता ८ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
९८ प्रकारका औषधी नि:शुल्क उपलब्ध हुने
अब ६८ वर्षकै उमेरमा वृद्धभत्ता
स्वास्थ्य बिमा कार्यक्रमको लागि ७ अर्ब ५० करोड बजेट
घरजग्गा कारोबारमा कडाई, लाइसेन्स प्राप्त व्यक्तिले मात्र कारोबार गर्न पाउने
वन तथा वातावरण मन्त्रालयलाई १३ अर्ब बजेट
सुत्केरी महिलालाई पाँच हजार पोषण भत्ता दिइने
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP