काठमाडौँ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आज ५औं बार्षिकोत्सब मनाएको छ। २०१७ देखि हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्तीले दैनिक लाखौँ मानिसहरुको जीवन सहज गर्दै आएको छ।
युवाहरु माझ बढी प्रचलित ‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । युवाहरुले नै भरिएको मार्केटिंग टिम भएको खल्तीको जानकारी प्रवाह गर्ने माध्यम पनि साधारणतय हुने मार्केटिंग भन्दा भिन्न छ।
यसै अवसरमा खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्का भन्छन्- “आगामी दिनहरूमा हरेक उमेर समुहलाई ुखल्तीु प्रयोग गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ खल्तीलाई अझै सरल र उपयोगी बनाउने हिसाबले थप सेवा सुविधाहरू लिएर आउने हाम्रो लक्ष्य छ। प्रत्यक्ष(अप्रत्यक्ष रुपमा खल्तीसँग यो यात्रामा आवद्द हुनुभएका सबैलाई खल्ती टिमको तर्फबाट हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु।”
साथै आजको दिन सम्मको सुनौलो यात्रा सम्झिदै खल्तीका संस्थापक तथा डाइरेक्टर अमित अग्रवालले भने- “हामी हरेक प्रयोगकर्ताको समस्या र आवश्यक्ता सुनी सो अनुसारको को सहज सुविधा ल्याउन प्रयत्नरत छौँ। यसको लागि विभिन्न सेवा, सुविधा तथा आकर्षक अफरहरु समय अनुसार विस्तार गर्दै डिजिटल नेपालको सपना सार्थक गर्न लागिपरेका छौँ। र हरेक दिन, हिजो भन्दा आज र आज भन्दा भोलि अझ राम्रो हुँदै जानेछौं।“
त्यस्तै, अर्का संस्थापक तथा डाइरेक्टर मनिष मोदी भन्छन्- “डिजिटल नेपालको सपना र सबै नेपालीमाझ पुग्ने भिजनका साथ सुरु गरेको खल्तीलाई आजको दिन यो स्थानमा पुर्याउन सदैव साथ दिने मेरो टिम, परिवार, साथीहरू, प्रयोगकर्ताहरू, एजेन्टहरू, बैंकहरू, व्यापारीहरू,आवेदकहरू तथा शुभचिन्तकहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आगामी दिनहरूमा पनि यहि साथ, सहयोग र उत्साहजनक सहभागिता र साथको आशा खल्ती टिमले राखेका छौं।”
अर्का संस्थापक तथा डाइरेक्टर अरविन्द साहले भने- 'खल्तीले नेपालको डिजिटल इकोसिस्टममा एउटा क्यटालिस्टको रुपमा सुरुवाती तरंग ल्याउन सकेकोमा सम्पूर्ण खल्ती टिम र प्रत्यक्ष-अप्रत्यक्ष संलग्न महानुभावहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै छैटो वर्ष भित्र कमसेकम ५० लाख नेपालीहरुको साझा र विश्वश्नीय सेवा प्रदायकको रुपमा स्थापित गराउने लक्ष्यमा साथ र सहयोगको अपेक्षा राखेकोछु ।'
संस्थापक तथा डाइरेक्टर ध्रुब अधिकारी भन्छन्- “आधा दशक देखि निरन्तर सरल, सुलभ र सुरक्षित भुक्तानीको सहि प्रत्याभुति प्रदान गर्न अनवरत लागिरहेको खल्तीलाई अबको दिनमा अझै पृथकीकरण गर्दै लैजाने दायित्व बढेको छ । त्यसैले प्रारम्भिक भुक्तानी प्रदायकको सतहबाट माथि उठेर भोलिको बजारलाई नै निर्देशित गर्ने गरि काम गर्ने जिम्मेवारीवोध गर्दै कार्य अगाडि बढाउने प्रयासमा हामी अझै उत्प्रेरित रहने छौ भन्ने कुरामा हाम्रो प्रतिवद्दता रहनेछ । प्रविधिको आक्रामक सुधार र स्त्तरोन्नतिलाई पनि हामीले हाम्रो आगामी कार्यदिशामा राखिसकेका छौ । खल्ती भुक्तानी प्रदायक मात्र नभएर जिवनशैली नै बन्नेछ । ”
हाल २३० संख्यामा रहेको खल्तीले आफ्नो सफलताको सम्पूर्ण श्रेय आफ्ना प्रयोगकर्ताहरूमाझ समर्पित गर्दै ५औं बार्षिकोत्सब को अवसरमा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘रिफर एण्ड अर्न’ को धमाकेदार अफर पनि ल्याएको छ।