मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • गृहमन्त्रीको सक्रियतामा २९ भन्दा बढी जिल्लाका बाढीपहिरो पीडितलाई राहत
गृहमन्त्रीको सक्रियतामा २९ भन्दा बढी जिल्लाका बाढीपहिरो पीडितलाई राहत
जनतापाटी
जनतापाटी बिहीबार, माघ १३, २०७८ मा प्रकाशित
viber sharing button
गृहमन्त्रीको सक्रियतामा २९ भन्दा बढी जिल्लाका बाढीपहिरो पीडितलाई राहत

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको सक्रियतामा देशका २९ भन्दा बढी जिल्लामा रहेका बाढीपहिरो र बेमौसमी बर्षा पीडितहरुलाई विभिन्न प्रकारका राहत सामाग्री उपलब्ध गरिएको छ । अन्तर्राष्ट्रिय मानवतावादी संस्था चुजी फाउण्डेशनको १७ लाख अमेरिकी डलर सहयोगमा राहत सामाग्री वितरण गरिएको हो । 

झापा, बारा, काभ्रे, कास्की, सुर्खेत, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, काठमाडौं, पर्वत, रौतहट, सोलुखुम्बु, धनकुटा, सुनसरी, इलाम, उदयपुर, ललितपुर, सल्यान, महोत्तरी, धादिङ, बर्दिया, कैलाली, नेपालगन्ज, धनुषा, सर्लाही, ताप्लेजुङ, मोरङ, रुपन्देही, चितवन लगायतका जिल्लामा राहत सामाग्री वितरण गरिएको हो । 

‘गृहमन्त्रीज्यूको पहलमा र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को समन्वयमा अहिले रुपन्देही जिल्लामा राहत वितरण कार्य भइरहेको छ,’ राहत वितरणमा संयोजकको भूमिका निर्वाह गरेका सञ्जीव बस्यालले भने, ‘अब थोरै स्थानमा मात्र वितरण बाँकी छ, अन्य स्थानमा सकियो ।’ 

बस्यालका अनुसार रुपन्देहीमा बेमौसमी वर्षाबाट पीडित बनेका एक हजार ४५६ परिवारलाई राहत सामाग्री उपलब्ध गराउने लक्ष्य राखिएको छ, जसमध्ये एक हजार ३०० भन्दा बढी परिवारलाई राहत प्रदान गरिसकिएको छ । 

रुपन्देहीको अब देवदह नगरपालिकामा मात्र राहत सामाग्री वितरण गर्न बाँकी रहेको उनले जनाए । नगरपालिकाका मेयरलाई कोरोना संक्रमण भएपछि राहत वितरण कार्य स्थगन गरिएको थियो । केही दिन भित्रै उक्त नगरपालिकामा पनि राहत सामाग्री उपलब्ध गरिने बस्यालले जनाए । ‘रेडक्रस, स्थानीय तहले सूचिकृत गरेका पीडितहरुलाई राहत सामाग्री उपलब्ध गरिएको हो,’ बस्यालले भने । 

एउटा परिवारलाई २५ केजी चामल, १० केजी आँटा, एक किलो दाल, एक किलो चना, एक किलो चिनी, एक किलो नुनु, साबुन, दुई तीनवटा ब्लैङ्केट लगायतका सामाग्री उपलब्ध गरिएको छ । 

गृहमन्त्री खाँणले गत कात्तिक महिनाको पहिलो सातामा शीतलहर र यस वर्षको बेमौसमी वर्षाका कारण पीडित किसानहरुलाई तत्काल राहत उपलब्ध गराउन मन्त्रालय अन्तर्गतको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखालाई निर्देशन दिएका थिए । 

चुजी फाउण्डेशनले सहयोग उपलब्ध गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राहत सामाग्री वितरणमा सहजकर्ताको भूमिका खोलेको हो । हालसम्म २९ भन्दा बढी जिल्लाका पीडितलाई राहत सामाग्री उपलब्ध गरिसकिएको छ । बाँकी राहत वितरणको काम पाँच दिन भित्र गर्ने लक्ष्य राखिएको छ । 

viber sharing button
जनतापाटीबाट थप
तारा एयरले भन्यो- जहाज अहिलेसम्म सम्पर्कमा छैन, खोजी कार्य जारी छ
तारा एयरले भन्यो- जहाज अहिलेसम्म सम्पर्कमा छैन, खोजी कार्य जारी छ २ मिनेट पहिले
९८ प्रकारका औषधी नि:शुल्क उपलब्ध हुने
९८ प्रकारका औषधी नि:शुल्क उपलब्ध हुने ५ मिनेट पहिले
खेल पूर्वाधारका लागि ८७ करोड बजेट विनियोजन
खेल पूर्वाधारका लागि ८७ करोड बजेट विनियोजन ७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
९८ प्रकारका औषधी नि:शुल्क उपलब्ध हुने
अब ६८ वर्षकै उमेरमा वृद्धभत्ता
स्वास्थ्य बिमा कार्यक्रमको लागि ७ अर्ब ५० करोड बजेट
घरजग्गा कारोबारमा कडाई, लाइसेन्स प्राप्त व्यक्तिले मात्र कारोबार गर्न पाउने
वन तथा वातावरण मन्त्रालयलाई १३ अर्ब बजेट
सुत्केरी महिलालाई पाँच हजार पोषण भत्ता दिइने
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP