मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, May 23, 2022 |सोमबार, जेठ ९, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • देउवाकाे विद्यार्थीकालका राजनीति समकक्षी शर्मा पहिलो पटक बने सांसद
देउवाकाे विद्यार्थीकालका राजनीति समकक्षी शर्मा पहिलो पटक बने सांसद
जनतापाटी
जनतापाटी बुधबार, माघ १२, २०७८ मा प्रकाशित
viber sharing button
देउवाकाे विद्यार्थीकालका राजनीति समकक्षी शर्मा पहिलो पटक बने सांसद

दाङ । प्रधानमन्त्री शेरबहादुर देउवाका विद्यार्थीकालका राजनीति समकक्षी पहिलो पटक सांसद बनेका छन् । देउवाका समकक्षी बाँकेका युवराज शर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि पहिलो पटक सांसद बनेका हुन् । नेपाल विद्यार्थी संघमा देउवा केन्द्रीय अध्यक्ष हुँदा शर्मा केन्द्रीय उपाध्यक्ष थिए । 

राजनीति सहयात्री देउवा ५ पटकसम्म देशका प्रधानमन्त्री भइसक्दा पनि शर्मा भने पहिलो पटक सांसद बनेका छन् । राष्ट्रिय सभा सदस्यमा लुम्बिनीबाट उनी निर्वाचित भएका हुन् । २०२७ सालमा भारतको बनारशबाट प्रतिनिधि भएर नेपाल विद्यार्थी संघको काठमाडौं महाधिवेशनमा उनी सहभागी भएका थिए । २०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदा यिनै शर्मा उपाध्यक्ष भएर काम गरेका थिए । 

उनी बाँके कांग्रेसको सभापति बाहेक अरु ठूलो पदमा अहिलेसम्म पुगेका थिएनन् । ओझेलमा रहेका शर्मालाई यस पटक देउवाले राष्ट्रिय सभामा उम्मेदवार बनाएका हुन् ।  कांग्रेस बाँकेका पूर्वसभापति समेत रहेका ७१ वर्षीय शर्मालाई कुनै बेला पार्टी सदस्यता नरहने गरि कांग्रेसले कारबाही गरेको थियो । त्यसपछि सुशील कोइरालासँगको राजनीतिक टकरावले शर्मा राजनीतिमा उदाउन सकेका थिएनन् । 

२०४५ देखि २०४९ सालसम्म उनी कांग्रेस बाँकेको सभापति थिए । पार्टीमा योगदान धेरै भए पनि विगतदेखी हरेक अवसरबाट उनी बञ्चित हुँदै आएको उनका सहकर्मी बताउँछन् । पञ्चायत विरोधी गतिविधी गरेका कारण उनी २०२४ सालमा पहिलो पटक जेल समेत परेका थिए । २०२४ सालपछि पटक–पटक गरेर आफू ३/४ वर्षजति जेल बसेको उनी बताउँछन् । 

देउवाका साथी, सुशीलसँग वारपार 
पार्टीको राजनीतिमा रहँदा उनको नेता सुशिल कोइरालासँग सुरुमा राम्रै सम्बन्ध थियो । २०४८ सालपछि भने कोइरालासँग वैचारिक द्वन्द्व सुरु भयो । कोइराला राजनीतिमा अगाडी बढ्दै गए । तर, शर्माले पार्टीको जिल्ला सभापति बाहेक अरु कुनैपनि पद पाएनन् । कोइराला र शर्माबीच द्वन्द्व बढ्दै जाँदा उनले राजनीतिक अवसर नपाएको बताइने गरिएको छ । कोइरालाले शर्माको ठाउँमा अन्य नेतालाई अगाडी सारेर सांसद बनाए । शर्मालाई पार्टीले एक पटक पनि सांसदको टिकट दिएन । पार्टीले टिकट नदिएपछि उनी २०५१ सालमा क्षेत्र नम्बर १ र २ बाट स्वतन्त्र उम्मेदवार समेत बनेका थिए । 

शर्माले बाँकेको क्षेत्र नम्बर ३ बाट पार्टीको राजनीति गर्दै आएका छन् । उनी कांग्रेसको १४ औं महाधिवेशनमा बाँकेको क्षेत्र नम्बर ३ बाट खसआर्य कोटामा महाधिवेशन प्रतिनिधी सर्वसम्मत निर्वाचित भएका थिए ।‘राष्ट्रिय सभामा निर्वाचित भएपछि शर्माले संवैधानिक र पार्टीको दायित्व पूरा गर्ने बताएका छन् ।

viber sharing button
जनतापाटीबाट थप
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ?
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ? ३१ मिनेट पहिले
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी ४१ मिनेट पहिले
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी ४९ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ?
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी
भीम रावलको वडामा गोलाप्रथामा हारे एमाले उम्मेदवार
हालसम्म ७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक, ३५ को गणना जारी
जो वडाध्यक्षबाट प्रमुख-उपप्रमुख बने
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP