मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, May 23, 2022 |सोमबार, जेठ ९, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • सरकारी गाडीमा तोडफोड गर्ने सिके राउतका ७ कार्यकर्ता पक्राउ 
सरकारी गाडीमा तोडफोड गर्ने सिके राउतका ७ कार्यकर्ता पक्राउ 
जनतापाटी
जनतापाटी बुधबार, माघ १२, २०७८ मा प्रकाशित
viber sharing button
सरकारी गाडीमा तोडफोड गर्ने सिके राउतका ७ कार्यकर्ता पक्राउ 

जनकपुरधाम । राष्ट्रिय सभा चुनाव बिथोल्ने तथा सरकारी गाडीमा तोडफोड गर्ने जनमत पार्टीका सात जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरमा भएको राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुन आउने प्रदेश सांसद तथा पालिका प्रमुखको गाडी तोडफोडमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूको नाम अहिलेसम्म खुलेको छैन । 

जनकपुरधामको पिडारी चोकमा जनमतका कार्यकर्ताले लाठी र ढुङ्गामुढा प्रहार गर्दा जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्य अशोक यादव सवार गाडी क्षतिग्रस्त बनेको छ । त्यसैगरि, सर्लाही हरिवनका मेयर गणेश प्रसाईं चढेको प्रदेश २–०३–०१ झ ००२० मा तोडफोड गरिएको छ । 

त्यसैगरि प्रदेश २-०१ झ ००८० र ना १ झ १६७४ नम्बरको गाडीसहित सात वटा गाडीमा उनीहरूले तोडफोड गरेर क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । 

जनमतका कार्यकर्ताले चिकित्सकमाथि समेत आक्रमण गरेका छन् । बर्दिबास जाँदै गर्दा पिडारी चोकमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतीश साहमाथि जनमतका कार्यकर्ताले आक्रमण गरेका थिए । उनको मुखमा ८ वटा टाका लागेको छ । पक्राउ परेकामाथि मुद्दा चलाउने तयारी भइरहेको रजौरले बताए ।

viber sharing button
जनतापाटीबाट थप
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ?
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ? १ घण्टा पहिले
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी १ घण्टा पहिले
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी १ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
तीनवटा वायुको असर, दिउँसो हावाहुरीसहित वर्षाको सम्भावना
महागढीमाईमा विजय जुलुस निकाल्ने क्रममा झडप, प्रहरीसहित १४ जना घाइते
चट्याङ लागेर एक जनाको मृत्यु, तीन गम्भीर घाइते
बलात्कारीलाई कारबाही माग गर्दै खोटाङमा प्रदर्शन 
पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी
सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP