मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, May 23, 2022 |सोमबार, जेठ ९, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • खानी विभागका महानिर्देशक घिमिरेसहित १८ जनाविरुद्ध सवा अर्ब भ्रष्टाचारको मुद्दा
खानी विभागका महानिर्देशक घिमिरेसहित १८ जनाविरुद्ध सवा अर्ब भ्रष्टाचारको मुद्दा
जनतापाटी
जनतापाटी बुधबार, माघ १२, २०७८ मा प्रकाशित
viber sharing button
खानी विभागका महानिर्देशक घिमिरेसहित १८ जनाविरुद्ध सवा अर्ब भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक (तत्कालिन उपमहानिर्देशक) रामप्रसाद घिमिरेसहित १८ जना र नौ कम्पनीविरुद्ध सवा अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

घिमिरेकै नेतृत्वमा गठित तीन सदस्यीय समिति (पहिलो) ले विभिन्न नौ सिमेन्ट उद्योगले अनुमतिपत्रमा तोकिएको परिमाणभन्दा बढी चुनढुंगा निकालेको भन्दै ३१ असार ०७६ मा पेश गरेको प्रतिवेदनमा एक अर्ब २६ करोड १९ लाख ४८ हजार क्षतिपूर्ति (राजस्व) उठाउनु पर्ने सिफारिस गरेको थियो । तर, १५ जेठ ०७७ मा सु.मा.ई. जयराज घिमिरेको संयोजकत्वमा गठित समितिको प्रतिवेदनअनुसार जम्मा १८ लाख मात्रै जरीवाना लिई राज्यलाई अरर्बौ राजस्व घाटा लगाइ भ्रष्टाचार गरको अख्तियारको दावी छ ।

अख्तियारबाट अनुसन्धान हुँदा खानी तथा भूगर्भ विभागका महानिर्देशक घिमिरेले आफ्नै नेतृत्वमा गठित समितिले दिएको प्रतिवेदनअनुसार लिनुपर्ने क्षतिपूर्ति (राजस्व) नभराई जयराज घिमिरे नेतृत्वमा बदनियतपूर्वक दोश्रो समिति गठन गरी नेपाल सरकारलाई राजस्व हानीनोक्सानी हुने र निजी उद्योग, कम्पनीलाई फाइदा पुग्ने गरी समिति गठन गरेको देखिएको छ । गलत प्रतिवेदनले सिफारिस गरे बमोजिम माइनिङ्ग स्किममा आर्थिक वर्ष ०७४/०७५ र २०७५/०७६ को लागि तोकिएको वार्षिक स्वीकृत क्षमताभन्दा बढी (अधिक) चुनढुङ्गा उत्खनन् र उत्पादन गर्ने सर्वोत्तम सिमेन्ट लिमिटेड, सिद्धार्थ मिनरल्स प्रा.लि., मारुती सिमेन्टस् लिमिटेड, अन्नपूर्ण क्वेरिज प्रा.लि., उदयपुर मिनरल्स टेक प्रा.लि., युनाइटेड सिमेन्ट प्रा.लि., सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, कन्चन क्वेरिज प्रा.लि. र डोलोमाइट चुनढुंगा उद्योग प्रा.लि. समेतका नौ कम्पनीबाट वार्षिक एक–एक लाख रूपैंया जरीबाना लिने गरी निर्णय भएको थियो । क्षतिपूर्ति (राजस्व) उठाउने कर्तव्यबाट विमुख भई सामान्य जरीबाना मात्र लिई नेपाल सरकारलाई एक अर्ब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ रुपैयाँ हानीनोक्सानी पुराएको अख्तियारको दावी छ ।

सोही अनुसार निजलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबी गरिएको छ । 

viber sharing button
जनतापाटीबाट थप
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ?
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ? १६ मिनेट पहिले
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी २६ मिनेट पहिले
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी ३४ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
तीनवटा वायुको असर, दिउँसो हावाहुरीसहित वर्षाको सम्भावना
महागढीमाईमा विजय जुलुस निकाल्ने क्रममा झडप, प्रहरीसहित १४ जना घाइते
चट्याङ लागेर एक जनाको मृत्यु, तीन गम्भीर घाइते
बलात्कारीलाई कारबाही माग गर्दै खोटाङमा प्रदर्शन 
पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी
सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP