मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, May 23, 2022 |सोमबार, जेठ ९, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • राष्ट्रिय टोलीमा स्थान बनाउने ९ नयाँ अनुहार को-को हुन् ?
राष्ट्रिय टोलीमा स्थान बनाउने ९ नयाँ अनुहार को-को हुन् ?
जनतापाटी
जनतापाटी बुधबार, माघ १२, २०७८ मा प्रकाशित
viber sharing button
राष्ट्रिय टोलीमा स्थान बनाउने ९ नयाँ अनुहार को-को हुन् ?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि दुई टोली घोषणा गरेको छ ।  प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १५ र १८ माघमा दशरथ रंगशालामा हुने दुई खेलका लागि दुई टिम बनाउँदै ३४ खेलाडीलाई नै अवसर दिएका हुन् । जहाँ उनले पहिलो पटक प्रारम्भिक अभ्यासमा स्थान पाएका नौ खेलाडीलाई नै स्थान दिएका छन् । 

नयाँ खेलाडीमाध्ये गोलरक्षकमा टिकेन्द्र थापा, शत्रुघन चौधरी, मिडफिल्डर सुदीप गुरुङ, आकाश बुढा मगर, नवीन गुरुङ, आशिष राई, सुशिल राई फरवार्डमा कृतिश रत्न छुन्जु र प्रशान्त अवस्थी रहेका छन् । यस्तै, प्रशिक्षक अब्दुल्लाहले जगजित श्रेष्ठ, विमल घर्ती मगर, दर्शक गुरुङ, सुभाष गुरुङ, एरिक विष्ट र देवेन्द्र तामाङलाई पुनरागमन गराएका छन् ।  

टिकेन्द्र थापा
गोलरक्षक टिकेन्द्र नेपाली फुटबलमा परिचित नाम हो । जावलाखेल युथ क्लबबाट व्यवसयिक फुटबल खेलिरहेका टिकेन्द्रले पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक अभ्यासमा मौका पाएका थिए । उनी पहिलो अवसरमै प्रशिक्षक अब्दुल्लाहको नजरमा पर्न सफल भएका हुन् । अघिल्ला दुई लिग समेत जावलाखेलबाट खेलेका टिकेन्द्रले पहिलो फ्रेन्चाइज नेपाल सुपर लिगमा भने धनगढी एफसीमा आवद्ध भए पनि अवसर पाएनन् । 

शत्रुघन चौधरी
विभागीय टोली नेपाल पुलिस क्लबका गोलरक्षक शत्रुघन चौधरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । जारी लिगमा उत्कृष्ट प्रदर्शन गर्दै प्रशिक्षक अब्दुल्लाहको नजरमा परेका शत्रुघन पुलिसका समेत पहिलो रोजाइका खेलाडी हुन् । उनले ०७५, ०७६ सालकाे लिगमा समेत पुलिसको गोलपोष्ट समाल्हेका छन् । पहिलो फ्रेन्चाईज सुपर लिगमा भने शत्रुघनले बुटवल लुम्बिनी एफसीबाट दोस्रो रोजाइमा रहेर खेले । 

सुदिप गुरुङ
सुदिप गुरुङ समेत राष्ट्रिय टोलीका लागि नयाँ अनुहार हुन् । नवप्रवेशी सातदोबाटोले शीर्ष डिभिजनको पहिलो अनुभव लिएजस्तै सुदीपले समेत पहिलो पटक जारी सहिद स्मारक लिगको अनुभव बटुलेका हुन् । मिडफिल्डर सुदीप बल होल्ड गर्न, लामाे सट प्रहार गर्न र विपक्षी रक्षापंक्तिमा दबाब बढाउन सिपालु छन् । ए डिभिजन लिग खेल्नुअघि सुदीपले सातदोबाटोबाट बी डिभिजन लिग खेलेका थिए । जारी लिगमा समेत उनको प्रदर्शन उच्च छ । 

आकाश बुढा मगर
आकाश एन्फा एकेडेमीका उत्पादक हुन् । सातदोबाटोलाई जारी लिगमा उत्कृष्ट प्रदर्शन दिएका आकाश पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । एन्फा एकेडेमीसँगै आकाशले नेपालको यू-१५, १६ , १८ र १९ टोलीमा समेत खेलेका छन् । पछिल्लो राष्ट्रिय टोलीमा स्थान बनाउने आकाश एन्फा एकेडेमीका एक्ला मिडफिल्डर हुन् । 

नवीन गुरुङ
न्यू रोड टिम एनआरटीका नवीन पनि पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । लेफ्ट ब्याक नवीनलाई प्रशिक्षक अब्दुल्लाहले पहिलो अवसरमै टोलीमा अवसर दिएका छन् । युवा नवीन लेफ्ट ब्याकबाट बल बढाएर क्रस गर्न माहिर छन् । 

आशिष राई
आशिष राईले च्यासल युथ क्लबबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले पहिलो अवसरमै टोलीमा स्थान बनाएका हुन् । प्रशिक्षक अब्दुल्लाहले अन्तिममा आशिषलाई प्रशिक्षणका लागि अवसर दिएका थिए । 

सुशिल राई
जारी लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुने सुशिल राई । सातदोबाटोका लागि खेलिरहेका सुशिललाई शीर्ष डिभिजनमा थ्रीस्टारबाट समेत खेलेको अनुभव रहेको छ । सुशिल पहिलो अवसरमै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका हुन् । 

कृतिश रत्न छुन्जु
जारी लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका कृतिश पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए र पहिलो अवसरमै टोलीमा स्थान बनाए । लिगमा न्युरोड टिम एनआरटीबाट अग्रपंक्तिमा खेलिरहेका कृतिशले मैदानमा भने कम अवसर पाएका छन् । कृतिश नेपाली फुटबलले पाएको नयाँ नाम समेत हो । 

प्रशान्त अवस्थी
जारी लिगको नवौं खेलमा कीर्तिमानी आठौं पटक सहिद स्मारक ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि सातदोबाटो युथका क्लबका प्रशान्त अवस्थी पहिलो पटक राष्ट्रिय टोलीमा कल भएका थिए । प्रशिक्षक अब्दुल्लाहको सुरुआती प्रशिक्षण लिष्टमा नपरेका प्रशान्त मनाङविरुद्ध मैदानमा छाएपछि अन्तिम समयमा बोलाइएका हुन् । अभ्यासमा समेत आफूलाई प्रमाणित गरेपछि प्रशान्त राष्ट्रिय टोलीमा पहिलो अवसरमै पर्न सफल भए । 

viber sharing button
जनतापाटीबाट थप
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ?
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ? १ घण्टा पहिले
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी १ घण्टा पहिले
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी १ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
पन्जाबले हैदरावादलाई हरायो
नाटकीय खेल जित्दै सिटीलाई प्रिमियर लिगको उपाधि
सिरी `ए´ को उपाधि एसी मिलानलाई
नेपाल र अफगानिस्तानबीचको खेल रद्द
रोहितले छाडे पर्सिजा, भन्छन्- असल मान्छे बनायो
प्रिमियर लिगको अन्तिम दिन आजः उपाधि, शीर्ष चारसँगै रेलिगेसन ब्याटल
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP