मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, May 28, 2022 |शनिबार, जेठ १४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
अपराध
  • गृहपृष्ठ
  • दार्चुलामा एक जना मृत फेला, हत्याको आशंका
दार्चुलामा एक जना मृत फेला, हत्याको आशंका
जनतापाटी
जनतापाटी मंगलबार, माघ ११, २०७८ मा प्रकाशित
viber sharing button
दार्चुलामा एक जना मृत फेला, हत्याको आशंका

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका-४ डोकटमा एक जना मृत फेला परेका छन् । स्थानीय ५३ वर्षीय आनसिंह विष्ट माघ ७ गते बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।  

डोकट गाउँमा एक जना मृत फेला परेको जानकारी आएपछि सुन्सेरा प्रहरी चौकीबाट घटनास्थलमा टोली खटिएको थियो । साथै जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेर घटना स्थलको अध्ययन गरी टोली फर्किएको डीएसपी भट्टले बताए ।  

शव दार्चुला सदरमुकाम खलंगामा रहेको जिल्ला अस्पताल दार्चुलामा ल्याएर पोस्टमार्टम गरी आफन्तले दाहसंस्कार गरिसकेका छन् । घटना शंकास्पद रहेको भन्दै मृतकका आफन्तले छानबिनका लागि प्रहरीमा उजुरी दिएका छन् । 

घटनाबारे जानकारी दिँदै दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले भने, ‘मृतकले ६ गते राती स्थानीय एउटा पसलमा मदिरा खाएको बुझिएको छ । बाहिरबाट हेर्दा आखिभौँमा चोट लागेको छ । हत्या भए नभएको बारे पोस्टमार्टम रिपोट आएपछि थाहा हुन्छ ।'

घटनाको छानबिनका लागि प्रहरीले  स्थानीयहरूसँग सोधपुछ गरिरहेको छ । शव एक जना स्थानीयको घर नजिकै फेला परेको बताइएको छ । 

ब्यास गाउँपालिकामा स्थानीय मदिरा खुला रूपमा बिक्री वितरण हुने गरेकाले पछिल्लो समय झैँ झगडा तथा हिंसाजन्य घटनाहरू बढ्दै गइरहेका छन् ।

viber sharing button
जनतापाटीबाट थप
नगरवासीको विद्युत् महसुल पालिकाले व्यहोर्ने
नगरवासीको विद्युत् महसुल पालिकाले व्यहोर्ने ४ मिनेट पहिले
दाहालको मृत्यु शंकास्पद भएको भन्दै दिक्तेलमा विरोध प्रदर्शन
दाहालको मृत्यु शंकास्पद भएको भन्दै दिक्तेलमा विरोध प्रदर्शन ९ मिनेट पहिले
गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट ८१८ कैदीलाई माफी मिनाहा
गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट ८१८ कैदीलाई माफी मिनाहा २७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
९ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत
चक्कु रोपिएर विद्यार्थीको मृत्यु, दुई दिनसम्म घटना गुपचुप
सरकारी जग्गा बेच्न ५ करोड २० लाख बैना लिने २ जना पक्राउ
व्यापारीलाई धम्क्याएर ७ करोड माग गर्ने सात जना पक्राउ
रञ्जन कोइराला पक्राउ
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP