काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १८ हजार १०३ र एन्टिजेन विधिबाट ७ हजार ८०६ जनामा परिक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण देखिएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख २७ हजार ८८० र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १७ हजार ७५४ जना पुगेको छ।
यस्तै, आज थप ३ हजार ४० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख २७ हजार २७९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ८ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६६७ छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ रहेको छ ।