मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, May 23, 2022 |सोमबार, जेठ ९, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • दैनिक १८ घण्टा विद्युत् भार कटौती
दैनिक १८ घण्टा विद्युत् भार कटौती
रासस
रासस मंगलबार, माघ ११, २०७८ मा प्रकाशित
viber sharing button
दैनिक १८ घण्टा विद्युत् भार कटौती

सिमकोट । हुम्लाको दुईवटा गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम साना जलविद्युत् आयोजनाले दैनिक १८ घण्टाभन्दा बढी विद्युत् भार कटौती गर्दै आएको छ । लामो समयसम्म विद्युत् भार कटौतीको मारमा पर्दै आएका यहाँका नागरिकलाई विद्युत् नियमित नहुँदा दैनिक जीवन यापनमा समस्या झेल्नुपरेको छ । 

पाँचसय किलोवाट क्षमताको उक्त आयोजनाले हिउँदका समयमा पानीको अभाव देखाउदैँ सिमकोटमा लामो सयमसम्म विद्युत् भार कटौती गर्दै आएको हो । दिनमा १८ भन्दा बढी विद्युत् भार कटौती हुन थालेपछि यहाँका स्थानीयवासीले विरोध पनि जनाउन थालेका छन् । उता उक्त आयोजनाले भने पानीको अभावका कारण माग अनुसार विद्युत् आपूर्ति गर्नसकेको जनाएको छ । 

उता उक्त आयोजनाले भने पानीको अभावका कारण माग अनुसार विद्युत् आपूर्ति गर्नसकेको जनाएको छ । 

विद्युत् कटौतीको मारमा उद्योग व्यसायी
जिल्ला सदरमुकाम सिमकोट र आसपासका गाउँपालिकामा ७० भन्दा बढी उद्योग व्यवसायीले नेपाल सरकारको इजाजतपत्र लिएर उद्योग सञ्चालन गर्दै आएका छन् ।

एक दशकभन्दा लामो समयदेखि अठार घण्टासम्मको विद्युत् भार कटौतीले जिल्लाका उद्योग व्यवसायी सङ्कटमा परेका छन् । हेल्दुम जलविद्युत् कार्यालयको कार्य तालिकाबिना विद्युत् भार कटौती गरेकोले आफूहरूको व्यवसायमा झान समस्या भएको गुनासो गर्दै आएका छन्। विद्युत् सेवा नियमित नहुँदा महशुल उठाउन नसकेपछि आयोजनाका कामदारलाई पछिल्लो समयको तलब दिनसमेत समस्या भएको सञ्चालक कृष्णबहादुर हमालले बताए । 

विद्युत् अभावमा कार्यालयका काममा समस्या
विद्युत् सेवा नियमित नहुँदा सदरमुकाममा रहेको सिमकोट गाउँपालिकासहित सरकारी तथा गैरसरकारी कार्यालयका कामकाजमा पनि असर परेको छ । समयमै विद्युत् सेवा उपलब्ध नहुँदा प्रशासनिकदेखि अन्य काम गर्न कठिन भएको र अति आवश्यक काममा पनि बाधा पुग्ने गरेको सरोकार व्यक्तिको गुनसो छ । 

इलोक्ट्रोनिक पसलकामा असर
सिमकोटमा रहेका इलोक्ट्रोनिक पसलमासमेत विद्युत् भार कटौतीको असर परेको छ । उनीहरूले विद्युत््बाट प्रिन्ट, फोटोकपी, इमेल फ्याकलगायत काम गर्न कठिन भएको सदरमुकामस्थित कालिञ्चोक इलोक्ट्रोनिक पसलका सञ्चालक सुनमति सिंहले बताउनुभयो । नियमित विद्युत् नहुँदा पसलमा सेवा लिन आउने सेवाग्राहीलाई समयमै सेवा दिन नसकेको उनको गुनासो थियोे । 

एसइई विद्यार्थीलाई अध्ययनमा बाधा 
एसइई तयारी गरिरहेका विद्यार्थीलेसमेत विद्युत्काे  विद्युत् भार कटौतीको मार खेपिरहनु परेको छ । अठार घण्टासम्म विद्युत् भार कटौती हुँदा राति अबेरसम्म पढ्न समस्या हुने गरेको विद्यार्थीको गुनसो छ । प्रायजसो दिनमा र राति १० बजेसम्म विद्युत् नहुँदा आफूहरूले यसको मार खेप्नुपरेको उनीहरूको भनाइ थियो । 

पढ्नका लागि उज्यालो चाँहिन्छ तर १० बजेपछि विद्युत् आउँदा निन्द्रा लागिसक्छ यसरी ढला गरी विद्युत् आउँदा पढाइमा समस्या भएको एसइई तयारी गरिहरहेका सुशील बोहराको गुनासो थियो । 

पानी कम भएकाले लोडसेडिङ बढ्याे
केन्द्रका दुई हजार १०० भन्दा बढी ग्राहक रहेको उक्त आयोजनामा पानीको स्रोत कम भएकै कारण २०६५ सालमा सञ्चालनमा आएदेखि नै आयोजनाले विद्युत् भार कटौती गर्नुपर्ने बाध्यता आइपरेको विद्युत् वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए । 
  
पाँच सय किलोवाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माण भएको उक्त आयोजनाको पावर हाउसमा दुईवटा उपकरण जडान गरिएका छन् तर दुवै उपकरणबाट विद्युत् उत्पादन भने हुनसकेको छैन । अहिलेसम्म अधिकतम ३२० किलोवाट मात्र विद्युत् उत्पादन भएको उनले जानकारी दिए । बत्ती बाल्नका लागि लक्षित यस आयोजनाबाट उद्योगका लागि विद्युत् आपूर्ति गर्न नसकिएको आयोजनाले जनाएको छ । 

viber sharing button
राससबाट थप
मोरङमा निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना लागू
मोरङमा निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना लागू मंगलबार, वैशाख २७, २०७९
दाङको दुई उपमहानगरमा १५ महिला उम्मेदवार
दाङको दुई उपमहानगरमा १५ महिला उम्मेदवार बिहीबार, वैशाख १५, २०७९
कर्णालीमा औलोः ३२ बिरामी, छ स्थान उच्च जोखिममा
कर्णालीमा औलोः ३२ बिरामी, छ स्थान उच्च जोखिममा मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब खाना पकाउने ग्यासलाई १८०० रुपैयाँ
नवलपुर र तनहुँ जोड्ने कालीगण्डकी नदीको पुल निर्माण अलपत्र
बढ्यो सुनको मूल्य
डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने
स्थानीय सरकारको पहिलो निर्णयः स्वास्थ्य बीमामा छुटदेखि निःशुल्क बिजुलीसम्म
निर्वाचनमा फूलमाला बिक्री बढ्यो
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP