मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, May 23, 2022 |सोमबार, जेठ ९, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
पत्रपत्रिका
  • गृहपृष्ठ
  • बतास समूहसँग गरिएको सम्झौता रद्द गरिँदै
बतास समूहसँग गरिएको सम्झौता रद्द गरिँदै
जनतापाटी
जनतापाटी मंगलबार, माघ ११, २०७८ मा प्रकाशित
viber sharing button
बतास समूहसँग गरिएको सम्झौता रद्द गरिँदै

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्सँग स्वीकृति समेत नलिई ‘नेपाल–भारत मैत्री धर्मशाला’ सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता मंगलबार खारेज हुने भएको छ।

मंगलबार बस्ने पशुपति क्षेत्र विकास कोषको बैठकले बताससँगको सम्झौता खारेजी गर्ने स्रोतले जनाएको छ। पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीलाई सर्वसुलभ रूपमा खान र बस्न सहज होस् भनेर भारत सरकारको ४० करोड रूपैयाँ लगानीमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा ‘होटल आनन्द’ सञ्चालन गर्न बतास समूहसँग भएको सम्झौता रद्द हुन लागेको हो।

बतास समूहसँग भएको सम्झौताबारे छानबिन गर्न बनेको समितिले समेत सम्झौता रद्द गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको थियो। प्रतिवेदनको सोही सुझावको आधारमा सम्झौता रद्द हुन लगेको जनाइएको छ। प्रतिवेदनमा सांस्कृतिक सम्पदासहितका ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निर्माण गरेर व्यापारिक छलाङ मार्दै आएको जनाउँदै सम्झौता रद्द गर्न सुझाइएको थियो।

उक्त समितिले सम्झौता गैरकानुनी भएको जनाउँदै ठेक्का सम्झौतामै मिलेमतो भएको समेत दाबी गरेको थियो। नारायणहिटीमा जस्तै धर्मशाला सम्झौतामा समेत बताससँग मात्रै मिल्ने मापदण्ड बनाएर ठेक्का दिएको पाइएको प्रतिवेदनले देखाएको थियो। बोलपत्र प्रस्ताव गर्दा अन्य कम्पनीलाई फेल गराउन दान, दातव्य, सामाजिक कार्यमा तीन करोड रूपैयाँ खर्च गरेको हुनुपर्ने सर्त उल्लेख गरिएकाले सम्झौतामा मिलेमतो भएको हुन सक्ने छानबिन समितिले ठहर गरेको थियो।

सम्झौताको मापदण्ड नै बतासलाई दिने गरी कायम गरेपछि मिलेमतो भएको हुनसक्ने प्रविदेशनले देखाइसकेकाले सम्झौता रद्द भएपछि थप छानबिन अगाडि बढ्नेसमेत स्रोतले जनाएको छ। बतास समूसहसँग सम्झौता गर्दा र मापदण्ड तय गर्दा पदीय दायित्व निर्वाह नगर्ने, कोषलाई हानि–नोक्सानी पुर्‍याउने र अनधिकृत सम्झौता कानुनसम्मत भनेर सञ्चार माध्यममा प्रवाह गर्नेलाई कारबाही गर्न प्रतिवदेनले सिफारिस गरे पनि हालसम्म कुनै कारबाही अघि बढेको छैन। यो समाचार आजको नागरिक दैनिकमा छ । 

viber sharing button
जनतापाटीबाट थप
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ?
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ? ५७ मिनेट पहिले
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी १ घण्टा पहिले
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी १ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
नयाँ दललाई फापेको स्थानीय निर्वाचन
जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने
नौ जना उम्मेदवारको मृत्यु
मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो
त्रिभुवन विश्वविद्यालयमा पनि हाेला सातामा दुई दिन बिदा ?
दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP