मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • कोभिडविरुद्धको खोपः सरकार र ओलीमध्ये कसले झुट बोले ?
कोभिडविरुद्धको खोपः सरकार र ओलीमध्ये कसले झुट बोले ?
जनतापाटी
जनतापाटी आइतबार, माघ ९, २०७८ मा प्रकाशित
viber sharing button
कोभिडविरुद्धको खोपः सरकार र ओलीमध्ये कसले झुट बोले ?

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले कोरोना रोकथाम र नियन्त्रणमा सरकार पूर्ण रूपमा असफल असफल भएको आरोप लगाएका छन् । आइतबार १५ बुँदे विज्ञप्तिमार्फत ओलीले शेरबहादुर देउवा सरकारमाथि हमला गरेका हुन् ।

ओलीले निकालेको विज्ञप्तिको १० नम्बर बुँदामा लेखिएको छ, ‘वर्तमान सरकारले पुस मसान्तभित्र दुई तिहाइ र चैत मसान्तभित्र सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा गरेकोमा हालसम्म यो संख्या ४० प्रतिशत मात्र पुगेको छ ।’

तर, स्वास्थ्य मन्त्रालयको दैनिक बुलेटिनमा ओलीले लगाएको आरोपभन्दा ठीक उल्टो छ । सरकारले ८१ प्रतिशत नागरिक कोभिडविरुद्धको पहिलो खोप लगाइसकेको र पूर्ण मात्रा खोप लगाउनेको संख्या ६४ दशमलव ६ प्रतिशत रहेको जनाएको छ । 

यस्तोमा सरकार र ओलीमध्ये एकले पक्कै सफेद झुट बोलेको प्रस्ट हुन्छ । वर्तमान सरकारले आगामी चैत मसान्तसम्म सबै नागरिकलाई पूर्ण मात्रा खोप लगाइसक्ने घोषणा गरेको छ । जसअनुसार एक मात्रा लगाउनेको संख्या एक करोड ६२ लाख ४२ हजार पुगेको छ । पूर्ण मात्रा खोप लगाउनेको संख्या एक करोड २८ लाख ७० हजार र अतिरिक्त (बुस्टर डोज) लगाउनेको संख्या एक लाख ४२ हजार पुगेको जनाएको छ ।

तीन दिनअघि प्रधानमन्त्री ‍देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दा ६३ प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाएको उल्लेख गरेका थिए । सरकारको पुस मसान्तसम्मको टार्गेट ७५ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाउने थियो ।

viber sharing button
जनतापाटीबाट थप
स्वास्थ्य बिमा कार्यक्रमको लागि ७ अर्ब ५० करोड बजेट
स्वास्थ्य बिमा कार्यक्रमको लागि ७ अर्ब ५० करोड बजेट ८ मिनेट पहिले
घरजग्गा कारोबारमा कडाई, लाइसेन्स प्राप्त व्यक्तिले मात्र कारोबार गर्न पाउने
घरजग्गा कारोबारमा कडाई, लाइसेन्स प्राप्त व्यक्तिले मात्र कारोबार गर्न पाउने १२ मिनेट पहिले
वन तथा वातावरण मन्त्रालयलाई १३ अर्ब बजेट
वन तथा वातावरण मन्त्रालयलाई १३ अर्ब बजेट १५ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
माओवादीबाट ५ हजार ४५ जना जनप्रतिनिधि निर्वाचित
मन्त्रिपरिषदबाट बजेट स्वीकृत
थोत्रा हवाइजहाजहरुलाई बिसर्जन गराउन सरकारसमक्ष मेयर राईको अनुरोध
एमालेबाट ११ हजार ८८३ जनप्रतिनिधि निर्वाचित 
कांग्रेसबाट १३ हजार ७४८ जनप्रतिनिधि निर्वाचित 
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस [तस्बिरहरु]
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP