मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • गठबन्धनलाई ओलीको प्रश्नः कुन नैतिकताका आधारमा ‘अर्ली इलेक्सन’का कुरा गरेकाे ?
गठबन्धनलाई ओलीको प्रश्नः कुन नैतिकताका आधारमा ‘अर्ली इलेक्सन’का कुरा गरेकाे ?
जनतापाटी
जनतापाटी आइतबार, माघ ९, २०७८ मा प्रकाशित
viber sharing button
गठबन्धनलाई ओलीको प्रश्नः कुन नैतिकताका आधारमा ‘अर्ली इलेक्सन’का कुरा गरेकाे ?

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न नपाइने बताएका छन् । आइतबार १५ बुँदे वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न लागिपरेका गठबन्धनका नेताहरूले प्रतिनिधिसभाको निर्वाचन २०७९ बैशाखमा गर्ने ‘कार्ड’ फ्याँकेकाे बताएका हुन् । 

‘स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न लागिपरेका गठबन्धनका नेताहरूले प्रतिनिधिसभाको निर्वाचन २०७९ बैशाखमा गर्ने ‘कार्ड’ फ्याँकेका छन् । यो प्रस्ताव कुनै असल मनशायले होइन, स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने र मुलुकमा राजनीतिक अन्यौल सिर्जना गर्ने गलत नियतका साथ अगाडि सारिएको हो भन्नेमा नेकपा (एमाले) स्पष्ट छ । हाम्रो पार्टी गत बर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको हो र आज पनि हामी यो मान्यतामा अडिग छौं । हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौं । साथै, हाम्रो स्पष्ट अडान छ– यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन ।’ उनले भनेका छन्, ‘गत वर्ष हामीले ताजा जनादेशको माग गर्दा हामीमाथि अनेकौं प्रहार गरिए । जनताको बीचमा जानुलाई ‘प्रतिगमन’ र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई ‘अग्रगमन‘ भन्ने भाष्य निर्माण गरियो । प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष नै हुनुपर्छ भन्ने तर्क गर्दै यसको पुनस्र्थापनालाई ‘संविधानको जीत’का रुपमा व्याख्या गर्ने नेताहरु आज कुन नैतिकता, कुन तर्क र कुन आधारमा ’अर्ली इलेक्सन‘ को कुरा गर्दैछन् ? यसो गर्नुअघि उनीहरुले गत वर्ष सडक आन्दोलनका नाममा प्रदर्शन गरेको अराजकताका लागि जनतासँग क्षमायाचना गर्नु पर्दैन ?’

त्यस्तै, उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिनामा नै मुलुकलाई गहिरो संकटतर्फ धकेलेको आरोप पनि लगाएको छ । ‘सर्वोच्च अदालतको परमादेशबाट गठित गठबन्धन सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो सङ्कटतिर धकेलिँदै गएको छ,’ १५ बुँदे वक्तब्यमा भनिएको छ, ‘शक्ति पृथकीकरण र राज्यका अङ्गहरुबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, हाम्रो बाह्य सम्बन्ध र शान्ति–सुरक्षाको अवस्थालगायत प्रमुख पक्षहरु गम्भीर रुपले समस्याग्रस्त बनेका छन् ।’
 

ओलीकाे वक्तव्य-

viber sharing button
जनतापाटीबाट थप
सरकारले चीनसँग जोड्ने सडकलाई दियो प्राथमिकता
सरकारले चीनसँग जोड्ने सडकलाई दियो प्राथमिकता ४ मिनेट पहिले
रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन
रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन ७ मिनेट पहिले
जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन
जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन १० मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
माओवादीबाट ५ हजार ४५ जना जनप्रतिनिधि निर्वाचित
मन्त्रिपरिषदबाट बजेट स्वीकृत
थोत्रा हवाइजहाजहरुलाई बिसर्जन गराउन सरकारसमक्ष मेयर राईको अनुरोध
एमालेबाट ११ हजार ८८३ जनप्रतिनिधि निर्वाचित 
कांग्रेसबाट १३ हजार ७४८ जनप्रतिनिधि निर्वाचित 
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस [तस्बिरहरु]
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP