मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, May 28, 2022 |शनिबार, जेठ १४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • प्रदेश १ मा भागबन्डा मिलाउन ७ बाट १२ मन्त्रालय पुर्‍याइँदै
प्रदेश १ मा भागबन्डा मिलाउन ७ बाट १२ मन्त्रालय पुर्‍याइँदै
जनतापाटी
जनतापाटी आइतबार, माघ ९, २०७८ मा प्रकाशित
viber sharing button
प्रदेश १ मा भागबन्डा मिलाउन ७ बाट १२ मन्त्रालय पुर्‍याइँदै

काठमाडौं । पाँच दलीय गठबन्धनले नेतृत्व गरेको प्रदेश १ मा भागबन्डा मिलाउनका लागि मन्त्रालयको संख्या १२  पुर्‍याईने भएको छ । नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईले नेतृत्व गरेको प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतलाई मन्त्रालय भागबन्डा मिलाउन ५ वटा मन्त्रालय थप गरिन लागेको हो ।

‘यसअघिको ७ वटा मन्त्रालयमा ५ वटा मन्त्रालय थप गरेर प्रदेश १ मा १२ मन्त्रालय  पुर्‍याउने गरी गृहकार्य भएको छ,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘मुख्यमन्त्रीले यसअघि नै ११ पु-याउने जनाईसके पनि आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबो नेतृत्वको कार्यदलले १२ वटा मन्त्रालय बनाउन सिफारिस गरेको छ ।’ मन्त्री आङवो नेतृत्वको कार्यदलले १२ मन्त्रालय बनाउन सिफारिश गरे पनि प्रतिवेदन भने अझै सार्वजनिक गरिएको छैन ।

‘मन्त्रालय बाँडफाँड कार्यदलले प्रतिवेदन बुझाइसकेको छ, राष्ट्रियसभा निर्वाचन लगत्तै मुख्यमन्त्रीले उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक राखेर मन्त्रालयको संख्या र मन्त्रालय बाँडफाँट सम्बन्धी औपचारिक निर्णय गरिनेछ,’ मन्त्री आङबोले सञ्चारकर्मीसँग भनेका छन । उनका अनुसार मन्त्रालयको संख्या बढने भएकाले स्वतः मन्त्रालय टुक्राउने र त्यसका नयाँ नामाकरणका बारेमा पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रमा अनौपचारिक छलफल भने भईसकेको छ । 

मन्त्रीपरिषद् विस्तार हुन नसक्दा मुख्यमन्त्री राईले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय आफैसँग राखिरहेका छन् भने अन्य ५ जनालाई मन्त्रालयको जिम्मेवारी तोकेका छन् । जसअनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा इन्द्र आङ्गवो, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा केदार कार्की, भौतिक पुर्वाधार विकास मन्त्रालयमा हिमाल कार्की, सामाजिक विकास मन्त्रालयमा जयराम यादव तथा सोही मन्त्रालयको राज्यमन्त्रीमा बिष्णु तुम्वाहाम्फेलाई मात्रै जिम्मेवारी तोकिदिएका छन् ।  

गत १६ कात्तिकमा प्रदेश १ को मुख्यमन्त्रीमामा प्रदेश प्रमुख सोमनाथ अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । तर, झन्डै तीन महिना बितिसक्दा पनि मन्त्रीपरिषदलाई पूर्णता दिन नसकिरहेका राईले ५ दलीय गठबन्धनभित्र भागबन्डा मिलाउन मन्त्रालयलाई टुक्राएर १२ पुर्‍याउन लागेका हुन् । 

उता, केही दिन अघि बसेको ५ दलीय गठबन्धन आवद्ध उच्च स्तरीय राजनीतिक संयन्त्र बैठक पछि संयोजक राजीव कोइरालाले राष्ट्रियसभा निर्वाचन पछि प्रदेश १ को मन्त्रीपरिषद् विस्तार र प्रदेश नामाकरणका बारेमा निर्णय लिने बारेमा छलफल चलिरहेको जनाएका छन । उनका अनुसार १२ माघमा हुने राष्ट्रियसभा निर्वाचन लगत्तै प्रदेश १ मा मन्त्रीपरिषद् बिस्तार हुनेछ ।  

viber sharing button
जनतापाटीबाट थप
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत २४ मिनेट पहिले
सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध २८ मिनेट पहिले
स्थानीय तह निर्वाचनः ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित
स्थानीय तह निर्वाचनः ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित ३२ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
स्थानीय तह निर्वाचनः ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित
संसदमै सभामुखलाई ताला-चाबी बुझाएपछि...
विष्णु रिमाल भन्छन्– एमालेलाई ३४ प्रतिशत जनमत, कांग्रेसलाई २९ र माओवादीलाई ११ प्रतिशत
कैलालीमा दुई महिला उपप्रमुख घटे
नागरिकताको समस्या तत्काल समाधान गरौँ -उपेन्द्र यादव
सरकारको नीति कार्यक्रम 'चौबाटोको बटुवा' र 'कुहिरोको काग' -गोकर्ण विष्ट
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP