मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, May 28, 2022 |शनिबार, जेठ १४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
अपराध
  • गृहपृष्ठ
  • महोत्तरी लागूऔषधको दलदलमा, सरोकारवाला निकाय मौन
महोत्तरी लागूऔषधको दलदलमा, सरोकारवाला निकाय मौन
जनतापाटी
जनतापाटी शनिबार, माघ ८, २०७८ मा प्रकाशित
viber sharing button
महोत्तरी लागूऔषधको दलदलमा, सरोकारवाला निकाय मौन

महोत्तरी । गत हप्ता सम्सी-बर्दिबास सडक खण्डमा प्रहरीले नियमित चेकजाँच गर्दा प्रतिबन्धित लागूऔषध (नाइट्रोभेट-१० ३० ट्याब्लेट)सहित बर्दिबास-१२ का एक जना पक्राउ परे ।

त्यस्को केही दिन नबित्दै प्रतिबन्धित लागूऔषध (गाँजा) बेचबिखन आरोपमा प्रहरीले गौशालाबाट चार जना पक्राउ गर्‍यो । पक्राउ पर्नेमा एकैघरका नातिदेखि छोरासम्म छन् । घरमा गाँजा बनाइ ठूलो मात्रामा बेच्दा-बेच्दै उनीहरू पक्राउ परेका हुन् ।

उनीहरू त प्रतिनिधि उदाहरण मात्र हुन् । पछिल्लो ६ महिना यता मात्र लागूऔषध ओसारपसारको आरोपमा ६६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धेरैजसो १८ देखि २५  वर्ष उमेर समूहका छन् ।  १८ देखि २५ वर्षका यो श्रावणदेखि माघसम्मको अवधिमा ३५ जना पक्राउ परे ।  

पक्राउ पर्नेमा धेरैजसो युवा उमेर समूहका छन् । २५ वर्षदेखि ३५ वर्षका यो ६ महिनाको अवधिमा २० जना पुगेका छन् । कतिपयलाई धरौटीमा छाडिएको छ भने कतिपयलाई पुर्पक्षका लागि थुनामा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

लागूऔषध ओसारपसारमा बालबालिकालाई समेत प्रयोग गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्यांक छ । पछिल्लो ६ महिनामा तीन जना बालबालिका प्रहरीले सम्सी सडक खण्डमा समात्यो । तीनै  जनालाई प्रारम्भिक अनुसन्धान सकेर प्रहरीले अभिभावकको जिम्मा लगाएको छ ।

लागूऔषध ओसारपसारमा संलग्नलाई कारबाहीको प्रक्रिया अगाडि बढाएता पनि अभिभावकहरूबाट छुटाउन चर्को दबाब आउने गरेको प्रहरीको भनाइ छ । ६६ वटा लागूऔषधका घटनामध्ये अहिले जिल्लामा ५१ वटा मुद्दा दर्ता भएका छन् ।

प्रहरीको अनुसार लागूऔषध सम्बन्धी घटना मध्य १३ जनालाई पूर्पक्षका लागी थुना पठाइएको छ । १९ जनालाई धरौटीमा छाडिएको छ भने ९ जना अझै फरार छन् । बाँकी २६ जनालाई लागूऔषध सम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार प्रतिबन्धित लागूऔषधसहित पक्राउ पर्नेमा सबैभन्दा बढीले नाइट्रोभेट-३० बोकेको अवस्थामा फेला परेका छन् । यो ६ महिनाको अवधिमा नाइट्रोभेट-१० लेखिएको मात्र ७ हजार ६३ ट्याब्लेट नियन्त्रणमा लिइएको छ । त्यसैगरी रेक्सोफ १०० एमएलको १ बोतल, चेलेरोफेरामाइन साइरुप लेखिएको १०० एमएल १६ बोतल, एक्सिपियन साइरुप-२३५ बोतल, स्पास्मो प्रोक्सिभन-८० पिस, डिआइक्स डिसी ३० बोतल, फेनेरगानी इन्जेक्सन १८१ एम्पुल, नोफिन इन्जेक्सन-१८६, उज्डेब इन्जेक्सन ७१ पिस, डिआइजेपान इन्जेक्सन ६३ एम्पुल, १७४ किलो ७ सय ग्राम नियन्त्रणमा लिइएको प्रहरीको तथ्यांक छ ।

प्रहरीले चेकजाँचमा कडाइ गरेता पनि सम्बन्धित निकायको बेवास्ताले विशेषगरी महोत्तरीको सम्सी नाका लागूऔषध ओसारपसार गर्ने मुख्य अड्डा बनेको छ । जिल्लाका अन्य नाकाबाट  कहिलेकाहीँ नियन्त्रण लिएता पनि सबैभन्दा धेरै समस्या सम्सी नाकामा नै भएको प्रहरीको भनाइ छ ।

भारतको विहार प्रदेशसँग सिमाना जोडिएको सम्सी नाका लागूऔषध ओसारपसार गर्ने डरलाग्दो द्वार मात्र बनेको छैन प्रयोगकर्ताको लागिसमेत सस्मी हुँदै भारत पुगेर लागूऔषधकर्ताको लागि सबैभन्दा ठूलो समस्या बनिरहेको देखिएको छ ।

समय-समयमा प्रहरी तथा अभियन्ताले यसतर्फ ध्यानाकर्षण गराएता पनि सरोकारवाला निकाय मौन बन्नुले झन् समस्या बनिरहेको जानकारहरू बत्ताउँछन् ।

नाकामा स्थानीय सरकारले विशेष योजना नबनाएसम्म लागूऔषधको समस्या झाङ्गिरहने जनप्रतिनिधि फाल्गुन स्कुलिङ मगर बताउँछन् । 

लागूऔषधमा सरोकारवाला निकायले ध्यान दिन नसक्दा महोत्तरीमा ठूलो समस्या बनिरहेको छ । आत्महत्या, चोरी डकैती, हिंसात्मक घटनाको मुख्य कारकसमेत लागूऔषध बनिरहेको विज्ञहरू बताउँछन् ।

viber sharing button
जनतापाटीबाट थप
जापानीज स्वाद बोकेको देक्काइदो ओनसेन
जापानीज स्वाद बोकेको देक्काइदो ओनसेन ९ मिनेट पहिले
९ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता
९ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता १९ मिनेट पहिले
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत ५२ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
९ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत
चक्कु रोपिएर विद्यार्थीको मृत्यु, दुई दिनसम्म घटना गुपचुप
सरकारी जग्गा बेच्न ५ करोड २० लाख बैना लिने २ जना पक्राउ
व्यापारीलाई धम्क्याएर ७ करोड माग गर्ने सात जना पक्राउ
रञ्जन कोइराला पक्राउ
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP