मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, May 28, 2022 |शनिबार, जेठ १४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • जिल्ला अदालतबाट कपिलवस्तु प्रहरी सम्मानित, ६ महिनामै समात्यो ५७७ जना फरार प्रतिवादी
जिल्ला अदालतबाट कपिलवस्तु प्रहरी सम्मानित, ६ महिनामै समात्यो ५७७ जना फरार प्रतिवादी
जनतापाटी
जनतापाटी शनिबार, माघ ८, २०७८ मा प्रकाशित
viber sharing button
जिल्ला अदालतबाट कपिलवस्तु प्रहरी सम्मानित, ६ महिनामै समात्यो ५७७ जना फरार प्रतिवादी

कपिलवस्तु । जिल्ला अदालतले कपिलवस्तु प्रहरीलाई सम्मान गरेको छ । अदालतबाट सजाय पाएर वर्षौदेखि फरार प्रतिवादीलाई धमाधम पक्राउ गरेर फैसला कार्यान्वयनमा सघाएको भन्दै कपिलवस्तु जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई शुक्रबार सम्मान गरेको हो ।

जिल्ला न्यायाधीश तेजेन्द्र प्रसाद शर्मा सापकोटाले जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा कपिलवस्तु प्रहरीका तर्फबाट उपस्थित प्रहरी निरीक्षक रेशम पौडेललाई प्रमाणपत्र प्रदान गरे । कपिलवस्तु प्रहरी प्रमुख एसपी दानबहादुर कार्की र डीएसपी कोभिड संक्रमित भएर आइसोलेसनमा भएकाले इन्सपेक्टर पौडेल बैठकमा पुगेका थिए ।

प्रहरीलाई सम्मानित गर्दै जिल्ला न्यायाधीश सापकोटाले कपिलवस्तु प्रहरीले कुशल नेतृत्व पाएको र कानुन कार्यान्वयनमात्र नभई अनुसन्धानमा अब्बल काम गरेको बताए । ‘जिल्लामा तपाईंहरुले गज्जबको नेतृत्व पाउनुभएको छ । टिम र नेतृत्व गज्जबको छ । एसपी (कार्की) सापको यो नेतृत्वबाट तपाईहरुले क्षमता अभिवृद्धिमा लाभ लिने, सिक्ने कुरा पनि धेरै छन्,’ न्यायाधीश सापकोटाले भने ।  

६ महिनामा ५७७ जना पक्राउ

जिल्लामा एसपी दानबहादुर कार्की प्रहरी प्रमुख भएर आएपछि यो आर्थिक वर्षको ६ महिनामा जिल्ला अदालतको सजाय छलेर फरार ‍५७७ जना फरार प्रतिवादी पक्राउ परेका छन् । २०१ वर्ष ११ महिना १२ दिन कैद भुक्तान कार्यान्वयनमा आएको छ । ३२ लाख ४२ हजार ८३२ रुपैयाँ जरिवाना असुली भएको छ ।

फैसला कार्यान्वयमा उच्चस्तरको कार्सम्पादन गरेकोमा सो कार्यको उच्च कदर गर्दै जिल्ला अदालतले ५ माघमा प्रहरीलाई सम्मान गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार शुक्रबार जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा जिल्ला न्यायधीश सापकोटाले जिल्ला प्रहरी कार्यालयलाई धन्यवादसहित प्रशंसापत्र प्रदान गरे ।

viber sharing button
जनतापाटीबाट थप
जापानीज स्वाद बोकेको देक्काइदो ओनसेन
जापानीज स्वाद बोकेको देक्काइदो ओनसेन २० मिनेट पहिले
९ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता
९ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता ३० मिनेट पहिले
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत १ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
‘विजयविक्रम शाहको कैद भुक्तानी गर्न लगाएर भाइको हत्या गरियो’
वर्षौंपछि प्रहरीले बलात्कारसम्बन्धी मुद्दामा दसी प्रमाण अदालतलाई के बुझाउँछ ?
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याइने
५ डीआईजी एआईजीमा बढुवा सिफारिस
सशस्त्रका पौडेल एआइजीमा पदोन्नति
महोत्तरीमा २४७४ जना म्यादी प्रहरीलाई बिदाई
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP