मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
शिक्षा
  • गृहपृष्ठ
  • खाेटाङका दर्जनौं विद्यालयको भवन निर्माणको काम वर्षौंदेखि किन अलपत्र ? 
खाेटाङका दर्जनौं विद्यालयको भवन निर्माणको काम वर्षौंदेखि किन अलपत्र ? 
जनतापाटी
जनतापाटी शनिबार, माघ ८, २०७८ मा प्रकाशित
viber sharing button
खाेटाङका दर्जनौं विद्यालयको भवन निर्माणको काम वर्षौंदेखि किन अलपत्र ? 

खोटाङ । खोटाङका दर्जनौं विद्यालयका भवन निर्माणको काम वर्षौंदेखि अलपत्र परेको छ । आर्थिक वर्ष २०६९/०७० देखि आर्थिक वर्ष २०७२/०७३ को बीचमा तत्कालीन जिल्ला शिक्षा कार्यालयमार्फत विनियोजित बजेटबाट निर्माण सुरु गरिएको विद्यालयको भवन अलपत्र परेको हो ।

अनियमितता, विद्यालय व्यवस्थापन समिति  र विद्यालयभित्रको आन्तरिक द्वन्द्व, अख्तियारमा परेको उजुरी लगायतका कारण चार कोठ, ६ कोठे र आठ कोठे भवन निर्माणको काम अलपत्र परेको शिक्षा विकास तथा समन्वय ईकाई खोटाङले जनाएको छ । 

दुई वर्षमा पूरा गर्नेगरी आर्थिक वर्ष २०७१/०७२ मा विनियोजित २४ लाखमा निर्माण सुरु गरिएको लक्ष्मी मावि बडहरेको चार कोठे भवन अलपत्र छ । फाउण्डेसन उठाएर टाई बिमसम्मको काम गरिए तर स्टीमेटविपरीत काम भएपछि सो भवनको काम हालसम्म अलपत्र छ । भवन निर्माणका लागि ल्याइएका सिमेन्ट, इटा, बालुवा लगायतका निर्माण सामग्री असरल्ल अवस्थामा रहेको शिक्षा विकास तथा समन्वय ईकाई खोटाङका प्रमुख सेमन्त गौतमले बताए । 

आर्थिक वर्ष ७०/७१ मा विनियोजित २४ लाखमा निर्माण सुरु गरिएको जनता मावि बतासेको चार कोठे भवनको काम हालसम्म अलपत्र छ । भवन निर्माणका लागि सबै भुक्तानी लगिसकेको भए पनि भवनको पहिलो तला ढलान गरेर दोस्राे तला निर्माणकै क्रममा अलपत्र बन्न पुगेको हो । सोही भवनको काम अलपत्र पारेका कारण तत्कालीन प्रअले अवकाश पाएको वर्षाैँ वित्दा समेत पेन्सन लिने बाटो खुलाउन सकेका छैनन् । जनता माविको भवन निर्माणमा भएको ढिलासुस्ती र अनियमितताविरुद्ध अख्तियारमा उजुरी परेको छ । 

आर्थिक वर्ष ७२/७३ मा विनियोजित २४ लाखमा निर्माण सुरु गरिएको याङसोला मावि छोरम्बुको पहिलो तला ढलान नहुँदै भवन निर्माणको काम अलपत्र परेको छ । हाल सो भवनको बाँकी काम पूरा गर्न विद्यालयले अग्रसरता देखाएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख गौतमले बताए । 

आर्थिक वर्ष ६९/७० मा विनियोजित २४ लाखमा दुर्छिम मावि दुर्छिमको चार कोठे भवन निर्माण गरियो । तर, अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि सो भवनको फिनिसिङदेखि फरफराकको काम हालसम्म अड्किएको छ । फिनिसिङ नहुँदै अलपत्र परेको सो भवन प्रयोगमा भने ल्याइसकिएको छ ।

आर्थिक वर्ष  ७१/७२ मा विनियोजित २४ लाखमा च्यास्मीटार माविको चार कोठे भवन ठड्याइयो तर फिनिसिङको काम नहुँदै अख्तियारमा उजुरी परेपछि सो भवनको फरफारक अघि बढ्न नसकेको शिक्षा विकास तथा समन्वय ईकाईले जनाएको छ । यद्यपी, सो भवन प्रयोगमा आइसकेको छ । 

आर्थिक वर्ष ७२/७३ मा विनियोजित ६० लाखमा निर्माण सुरु गरिएको गंगोद्धय मावि दुबेकोलको आठ कोठे भवन निर्माणको काम अन्तिम चरणमा पुगेर अलपत्र परेको छ । विद्यालय भवनको संरचना तयार भएपनि फिनिसिङको काम बाँकी रहेको गौतमले बताए ।

आर्थिक वर्ष  ७२/७३ मा विनियोजित ६० लाखमा निर्माण सुरु गरिएको सप्तकन्य मावि चिप्रिङको आठ कोठे भवन फिनिसिङ नहुँदै अलपत्र छ । हाल सो भवनको बाँकी काम पुरा गर्न विद्यालय परिवार तातेको जनाइएको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा विनियोजित ६० लाखमा कालिका माबि बाकाचोलको आठ कोठे भवन निर्माण गरिए तर अख्तियारमा उजुरी परेकाले सो भवन छानविनकै क्रममा रहेको छ । 

आर्थिक वर्ष २०७२/०७३ मा विनियोजित ४८ लाखमा भगवती मावि खोटाङबजारको छ कोठे भवन निर्माण गरियो तर अनियमितताको आशंकामा अख्तियारमा उजुरी परेको छ । अख्तियारले उजुरीको किनारा नलगाए पनि सो भवन भने सञ्चालनमा ल्याइसकिएको छ । १९ लाख ५० हजारमा सरस्वती मावि छितापोखरीको तीन कोठे भवन बनाइएको थियो तर अख्तियारमा उजुरी परेकाले फरफराककै काम हालसम्म अड्किएको जनाइएको छ ।

कतिपय विद्यालयको भवन निर्माणको काम पुरा भएपनि अख्तियारमा परेको उजुरीको किनारा लाग्न नसक्दा फरफराक रोकिएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख गौतमले बताए । अर्कातर्फ कतिपय विद्यालयको भवन निर्माणकै क्रममा स्थानीय सरकार कार्यान्वयनमा आए । तर, स्थानीय सरकारले त्योभन्दा अघि सुरु भएका योजनाको प्राविधिक मूल्यांकनमा अग्रसरता नदेखाउँदा पनि भवनको फरफारक हुन नसकेको विद्यालयले जनाएको छ ।

 

viber sharing button
जनतापाटीबाट थप
हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट
हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट १ मिनेट पहिले
लमजुङमा ट्रिपर दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु
लमजुङमा ट्रिपर दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु ३ मिनेट पहिले
फास्ट ट्रयाक ३ वर्षमा सक्ने, ३० अर्ब ७ करोड रकम विनियोजन
फास्ट ट्रयाक ३ वर्षमा सक्ने, ३० अर्ब ७ करोड रकम विनियोजन ५ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट
विद्यालयलाई सर्वजित मेमोरियल ट्रष्टको सहयोग 
काठमाडौँ विश्वविद्यालयका एकहजार ७१२ विद्यार्थी दीक्षित हुँदै
गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सङ्घर्ष
मुगुमा पुगेन पाठ्यपुस्तकः १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा
सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP