मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
शिक्षा
  • गृहपृष्ठ
  • मेडिकल कलेज चलाउने तयारीमा गण्डकी सरकार, सकियो अध्ययन
मेडिकल कलेज चलाउने तयारीमा गण्डकी सरकार, सकियो अध्ययन
जनतापाटी
जनतापाटी शनिबार, माघ ८, २०७८ मा प्रकाशित
viber sharing button
मेडिकल कलेज चलाउने तयारीमा गण्डकी सरकार, सकियो अध्ययन

पोखरा । गण्डकी प्रदेश सरकारले मेडिकल कलेज सञ्चालन गर्ने भएको छ ।  २ वर्षअघि आफ्नै विश्वविद्यालय स्थापना गरेकाे गण्डकीले तीन वटा विषयमा स्नातक पढाई थालिसकेकाेमा मेडिकल कलेज सञ्चालनकाे तयारी गरिरहेकाे हाे ।

रजिष्ट्रार डा. कैलाश तिमिल्सिनाले भने, ‘अहिले आम मानिसहरुको स्वास्थ्यमा खर्च बढेर गएको छ । सरकारले प्रत्यक्ष प्रदान गर्न सक्ने सार्वजनिक सेवाहरु मध्ये स्वास्थ्य प्रमुख हो,’ उनले भने, ‘व्यक्तिगत खर्चमा कटौती गर्न सरकारी स्वास्थ्य प्रणाली मजबुत बनाउदै लैजानुपर्ने हुन्छ । गण्डकी विश्वविद्यालयले अब तत्कालै शिक्षण अस्पताल सञ्चालन गर्नुपर्छ ।’

यसअघि तनहुँको बेलचौतारामा मेडिकल कलेज चलाउने प्रश्ताव गरिएकोमा ठाउँ फेरेर पोखराकै सरुवा रोग अस्पतालमा खोल्दा सहज हुने अध्ययन समितिले जनाएको छ ।

प्रस्तावित ठाउँमा ५ सय २९ रोपनी जमिन छ । सबै जग्गा अस्पतालको नाममा ल्याउन जग्गा प्राप्ती प्रक्रिया अघि बढिसकेको सरकारले जनाएको छ । कम्तिमा १ सय रोपनी जग्गा अस्पतालको नाममा आए समस्या नहुने तिमिल्सिनाले बताए ।

तर, प्रदेशको आम्दानी कम भएकोले आर्थिक व्यवस्थापनका लागि संघ सरकारसँग समन्वय गर्नुपर्ने सुझाव दिइएको छ । यसबाहेक विदेशी अनुदान ल्याउने वातावरण बनाउन नीतिगत पहल आवश्यक हुने प्रस्ताव । हाल प्रदेश सरकार मातहत ११ वटा जिल्लामा १२ वटा अस्पताल छन् । ती अस्पताललाई चाहिने जनशक्ति आफ्नै शिक्षण अस्पतालबाट पूर्ति गर्न सकिने उनले सुनाए ।

समितिले सरुवा रोग अस्पताललाई ५ सय शैयाको अस्पताल बनाएर मेडिकल कलेजको रुपमा सञ्चालनकाे सुझाव दिएको छ ।

प्रारम्भिक अध्ययनका क्रममा तत्काल ३ सय ५० वेड क्षमताको जनरल अस्पताल बनाउने र भविष्यमा ५० बेडको मुटु, ५० बेडको मृगौला, ५० बेडको क्यान्सर रोग र ५० बेडको संक्रामक तथा सरुवा रोग उपचार केन्द्र बनाउन सकिने प्रस्ताव गरिएकाे छ । बाँकी ३ सय बेडमा विरामी उपचार गरेर आधुनिक प्रादेशिक अस्पताल बनाउन जरुरी रहेको अध्ययन समितिले जनाएको छ । यो अस्पताल निर्माण गर्न ६ अर्ब २ करोड खर्च लाग्ने अनुमान गरिएकाे छ । अस्पताल सञ्चालनपछि वर्षेनि ५० करोडभन्दा बढी आम्दानी गर्न सकिने प्रक्षेपण छ ।

viber sharing button
जनतापाटीबाट थप
उद्योग सञ्चालन गर्न ५० वर्ष जग्गा भाडामा दिने
उद्योग सञ्चालन गर्न ५० वर्ष जग्गा भाडामा दिने ३ मिनेट पहिले
कृषि विकास मन्त्रालयको बजेट ५५ अर्ब ९७ करोड रूपैयाँ
कृषि विकास मन्त्रालयको बजेट ५५ अर्ब ९७ करोड रूपैयाँ ६ मिनेट पहिले
कृषकका लागि पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने
कृषकका लागि पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने ८ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
विद्यालयलाई सर्वजित मेमोरियल ट्रष्टको सहयोग 
काठमाडौँ विश्वविद्यालयका एकहजार ७१२ विद्यार्थी दीक्षित हुँदै
गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सङ्घर्ष
मुगुमा पुगेन पाठ्यपुस्तकः १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा
सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने
प्रधानमन्त्रीको गृहजिल्लामा मेडिकल कलेज सञ्चालन गरिने
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP