मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
विश्व
  • गृहपृष्ठ
  • जापानमा ५–११ वर्षका बालबालिकालाई पनि फाइजर खोप लगाइने
जापानमा ५–११ वर्षका बालबालिकालाई पनि फाइजर खोप लगाइने
जनतापाटी
जनतापाटी शुक्रबार, माघ ७, २०७८ मा प्रकाशित
viber sharing button
जापानमा ५–११ वर्षका बालबालिकालाई पनि फाइजर खोप लगाइने

एजेन्सी । जापानमा कोरोनाभाइरस विरुद्धको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि फाइजर खोप लगाउने निर्णय शुक्रबार गरेको हो ।

कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र बालबालिकामा जोखिम धेरै देखिएपछि सरकारले यस्तो निर्णय गरेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो विवरणअनुसार ५ देखि ११ वर्षसम्मका बालबालिका जापानमा ८० लाख रहेका छन् भने उनीहरूलाई आगामी मार्चदेखि खोप लगाउन थालिनेछ ।

अमेरिकी र जर्मनी कम्पनीले सहकार्य गरेर विकास गरेको यस खोप तुलनात्मक रुपमा अरुभन्दा विश्वसनीय र प्रभावकारी रहेको जापानका सरकारी अधिकारीहरूको बुझाई छ । जापानमा १२ भन्दा बढी उमेरका नागरिकलाई भने यसअघि नै खोप उपलब्ध गराइसकेको छ । विभित्र कारणले खोप लगाउन छुटेकाहरूलाई पनि जापान सरकारले खोप लगाउन उत्प्रेरित गर्ने गरेको छ ।

कोरोनाभाइरसका नयाँ नयाँ भेरियन्ट आइरहेकाले त्यसबाट जोगाउनका लागि खोप नै सबैभन्दा भरपर्दो र उपयुक्त उपाय भएकाले खोप लगाउने निर्णयमा पुगिएको जापानका मन्त्री नोरिको होरिउचीले जानकारी दिए ।

कतिपयले भने बालबालिकालाई खोप लगाउने निर्णय अवैज्ञानिक र घातक हुने, प्रतिकूल प्रभाव पर्ने भन्दै विमति पनि जनाएका छन् । विरोध हुँदै गर्दा पनि सरकारले सरोकारवाला तथा विज्ञहरूको रायका आधारमा बालबालिकालाई खोप लगाउने निर्णयमा पुगेको मन्त्री होरिउचीको भनाई छ ।

अन्य देशहरूमा गरिएको परीक्षणका क्रममा फाइजर खोप बालबालिकाका लागि ९०.७ प्रतिशत प्रभावकारी देखिएको पनि उनले बताए ।

viber sharing button
जनतापाटीबाट थप
६५५ स्थानीय तहमा अस्पताल निर्माणका लागि १० अर्ब
६५५ स्थानीय तहमा अस्पताल निर्माणका लागि १० अर्ब ६ मिनेट पहिले
सरकारले चीनसँग जोड्ने सडकलाई दियो प्राथमिकता
सरकारले चीनसँग जोड्ने सडकलाई दियो प्राथमिकता १० मिनेट पहिले
रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन
रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन १३ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या
बन्दुकको पहुँच भएका किशोर/किशोरीमा आत्महत्या प्रयासको जोखिम उच्च
दुई वर्षपछि विदेशी पर्यटकका लागि जापान खुला
बेलायतको सुपरयाटमा आगलागी
जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न पुटिनमाथि फ्रान्स र जर्मनीको दबाब
युक्रेनविरुद्धको युद्धमा आणविक हतियार प्रयोग हुन्नः बेलायतका लागि रुसी राजदूत
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP