मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, May 28, 2022 |शनिबार, जेठ १४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमा स्थानीयबासीको अवरोध
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमा स्थानीयबासीको अवरोध
जनतापाटी
जनतापाटी बिहीबार, माघ ६, २०७८ मा प्रकाशित
viber sharing button
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमा स्थानीयबासीको अवरोध

बाँके । बाँकेको कोहलपुर र सुर्खेतको भेरीगंगा क्षेत्रका स्थानीयबासीले मुआब्जाको विषयलाई लिएर कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्यमा अवरोध पुर्‍याएका छन्। स्थानीयबासीले उचित मुआब्जाको ग्यारेन्टी नभएसम्म जग्गा प्रयोग गर्न नदिने चेतावनी दिएपछि आयोजनाको निर्माण कार्य प्रभावित हुन पुगेको हो।

आयोजनाले सुर्खेतको भेरीगंगा नगरपालिका-१० का नौ घरधुरीको मात्र जग्गा अधिग्रहण गर्ने तयारी गरेपछि स्थानीयबासीले आपत्ति जनाएका छन्।  आयोजनाले खम्बा निर्माण हुने जग्गाधनीलाई मात्रै मुआब्जा उपलब्ध गराउने भनेपछि त्यहाँका १२० घरधुरीले विरोधमा उत्रिएका हुन्।

विरोधका कारण उक्त क्षेत्रमा प्रशारण लाइन अन्तर्गत टावरको जग खन्ने कार्य सुरू हुन सकेको छैन। स्थानीयबासीले उचित मुआब्जा निर्धारण नभएसम्म आयोजना अघि बढ्न नदिने भन्दै पूर्ण ढकालको संयोजकत्वमा संघर्ष समिति गठन गरेका छन्।

विद्युत् तार पर्ने जग्गाधनीलाई पनि क्षतिपूर्ति दिनुपर्ने, ऐलानी जग्गालाई पनि मुआब्जा दिनुपर्ने, सरकारी दररेट नभई चलनचल्तीको मूल्य दिनुपर्ने माग अघि सारेका छन्।

कोहलपुर नगरपालिका–१ र ४ मा पनि स्थानीयवासीले अवरोध जारी राखेका छन्। आयोजनाका प्रमुख रविकुमार चौधरीले दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले विवाद समाधानको पहल गरिरहेको जानकारी दिए।

‘प्रमुख जिल्ला अधिकारी र स्थानीयबासी जनप्रतिनिधिले आयोजनामा देखिएका अवरोध हटाउन पहल गरिरहनुभएको छ’, उनले भने, ‘मुआब्जा निर्धारण उपसमिति बनेर अध्ययनको काम गरिरहेको छ, सरकारी दररेट अनुसार मूल्यांकन भएर अधिग्रहण हुन्छ, ऐलानी जग्गालाई क्षतिपूर्ति दिने विषय मन्त्रिपरिषद्कै निर्णयमा भरपर्छ।’

आयोजना प्रमुख चौधरीले विवाद नभएका स्थानमा प्रसारण लाइनको काम अघि बढिरहेको बताए। जङ्गल क्षेत्र र विवाद सिर्जना भएको ठाउँमा टावर निर्माण रोकिएको उनको भनाइ छ।

सरकारले आयोजनाका लागि रुख कटानसम्बन्धी प्रस्ताव अझ स्वीकृत गरेको छैन। जसले गर्दा जंगल क्षेत्रमा निर्माण कार्य प्रभावित हुनपुगेको छ। आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रमा गरी १३ हजार ११९ रुख कटान गर्नुपर्नेछ।

५२ किमी दूरी रहेको यस प्रशारण लाइनमा डबल सर्किटका १६१ वटा टावर निर्माण गर्नुपर्नेछ। करिब ७० करोड लागतमा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले प्रशारण लाइन निर्माणको काम गर्दैछ। विसं २०७७ असारमा ठेक्का सम्झौता भए पनि कम्पनीले भदौ तेस्रो सातादेखि निर्माण कार्य थालेको हो। रुख कटान स्वीकृतिमा ढिलाइ, स्थानीयबासीको अवरोधलगायतका कारण आयोजना तोकिएको समयमा सम्पन्न हुनेमा आशंका व्यक्त गर्न थालिएको छ। 

हाल वातावरणीय व्यवस्थापन योजना स्वीकृतिका लागि ऊर्जा मन्त्रालयले वनतथावातावरण मन्त्रालयमा पठाइएको छ। आयोजनाका अनुसार प्रशारण लाइनको अधिकांश क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसका मध्यवर्ती क्षेत्र पर्दछन्। प्रसारण लाइनको ७०.५४५ भागवन क्षेत्र, १५.१३५ खेतीयोग्य, २.२६५ बाँझो जमिन तथा ११.०६५ अन्य भागले ओगटेको छ। 

प्रसारण लाइनका लागि जग्गाको क्षेत्रफल २२५ वर्गमिटर क्षेत्रफल तोकिएको छ। आयोजनाबाट बाँकेका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका तथा सुर्खेतका भेरीगङ्गा, लेकवेँशी तथा वीरेन्द्रनगर नगरपालिका प्रभावित हुनेछन्।

आयोजना बाँकेको कोहलपुर सब–स्टेशनबाट प्रारम्भ भई वीरेन्द्रनगरस्थित सुर्खेत सब–स्टेशनमा पुगेर टुङ्गिनेछ।

viber sharing button
जनतापाटीबाट थप
दाहालको मृत्यु शंकास्पद भएको भन्दै दिक्तेलमा विरोध प्रदर्शन
दाहालको मृत्यु शंकास्पद भएको भन्दै दिक्तेलमा विरोध प्रदर्शन ६ मिनेट पहिले
गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट ८१८ कैदीलाई माफी मिनाहा
गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट ८१८ कैदीलाई माफी मिनाहा २४ मिनेट पहिले
राष्ट्रिय क्रिकेट टोलीको बिदाई
राष्ट्रिय क्रिकेट टोलीको बिदाई २८ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
जापानीज स्वाद बोकेको देक्काइदो ओनसेन
पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप
घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने मध्यनेपालका वडाध्यक्षको प्रतिबद्धता
कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि, दुई बर्षपछि ९ हजार नेपाली जाने तयारीमा
मर्स्याङ्दीमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २३ सय युवाले पाए रोजगारी
आवश्यकताको आधारमा परियोजना बैँक बनाएर आयोजना छनौट गरिने
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP