मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, May 28, 2022 |शनिबार, जेठ १४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • नृत्यले आत्मसम्मान र आत्मविश्वास बढाउँछ - सुवास बुढाथोकी
नृत्यले आत्मसम्मान र आत्मविश्वास बढाउँछ - सुवास बुढाथोकी
जनतापाटी
जनतापाटी बिहीबार, माघ ६, २०७८ मा प्रकाशित
viber sharing button
नृत्यले आत्मसम्मान र आत्मविश्वास बढाउँछ - सुवास बुढाथोकी

३८ वर्षसम्मको नृत्य अनुभव बोकेका भक्तपुर चाँगुनारायणमा जन्मिएका सुवास बुढाथोकी फेरि नृत्य निर्देशनमा फर्किएका छन् । केही समय अगाडि यस क्षेत्रबाट सन्यास नै लिए पनि कामको नृत्यको मोहले फेरि निर्देशनमा फर्किएको बताए । 

चलचित्रका गीत मात्र होइन उनी आफ्नै हिमालय कला मन्दिरमा समेत नृत्य सिकाइरहेका छन् । उनले एक दर्जनभन्दा बढी चलचित्रमा नृत्य सिकाइसकेका छन् । नृत्य निर्देशनमा राम्रो दखल भएकै कारण उनले शिव श्रेष्ठदेखि अन्य थुप्रै कलाकारसँग काम गरिसकेका छन् । 

भारतमा प्रवेश बान्तवासँग नृत्य सिकेर नेपाल फर्किएर आएपछि उनको संघर्ष र उपलब्धीबारे कुराकानी गरिएको छ । सोही अन्तर्वार्ता :

नृत्य क्षेत्रमा कसरी छिर्नु भयो ? 

मलाई सानैदेखि नाच्न रहर थियो । स्कुलमा सानोतिनो कार्यक्रम हुँदा पनि नाच्न रमाएर गइहाल्थेँ । यस्तै क्रम चल्दै गर्दा एक दिन २०४३/४४ सालतिर भक्तपुरमा नवदुर्गा कला मन्दिर खोलेको थियो । मैले त्यहीँबाट नृत्य सिक्न सुरु गरेँ । यसरी नृत्यबारे जानकारी लिइरहँदा प्रवेश वान्तवासँग भटे र उहाँको साथसँगै म नृत्यमा अघि बढेँ ।

सन्यास लिएर बस्नु भएको थियो । तर, अहिले फेरि नृत्य क्षेत्रमा तपाइँको किन पुनरागमन ?

होइन मैले छोडेको छैन । मैले यतिमात्र हो पक फिल्मको कोरियोग्राफीबाट चाहिँ विश्राम लिएको हुँ । त्यतिबेला माओवादी द्वन्द्वकाल थियो । फिल्म हल सबै बन्द थिए । त्यसैले म पछि हटेको हुँ । तर, नृत्य सिकाउने कामबाट भने मैले कहिल्यै पनि पछि हटेको छैन । 

अहिले के-केमा काम गर्दै हुनुहुन्छ ?

अहिले म आफ्नै नृत्य विद्यालय हिमालय कला मन्दिरमा भाइबहिनीहरूलाई नृत्य सिकाइरहेको छु । अस्ती भर्खरै मात्र पनि चारवटा जति म्युजिक भिडियो गरियो । जुनबाट मैले सर्वोत्कृष्ट कोरियोग्राफरको अवार्ड पनि पाएँ । अहिले म आफ्नो व्यवसाय पनि सम्हाल्दै छु । 

भिडियो कोरियोग्राफी गर्ने मौका आइरहेको छ ?

अफर त आइरहेकै हुन्छ । तर, मेरो आफ्नै नृत्य विद्यालय भएको कारण पनि म समय दिन खासै सकेको छैन । तै पनि मैले भ्याएसम्म गरिरहेकै छु । 

आफ्नो कला मन्दिरमा बाहेक के–केमा काम गर्नुभइरहेको छ ?

अहिले कला मन्दिरबाहेक म्युजिक भिडियो, डान्स वर्कसपहरू लिन बोलाइरहेका हुन्छन् । कतै डान्स सिक्न पनि बोलाइरहेका छन् । तर, अहिले म आफैँ पनि एउटा चलचित्र निर्माण गर्ने सोचमा छु,  हेरौँ के हुन्छ । तर, सकेसम्म चलचित्र बनाउने कोसिसमा छु । सानेतिनो व्यवसायमा पनि अल्झिएको छु । त्यसैले थोरै ढिला भइरहेको छ चलचित्र निर्माणको काममा ।

साना भाइबहिनीलाई नचाउनु र ठूला स्टारहरूलाई नचाउनुमा कस्तो भिन्नता पाउनु भयो ? 

हेर्नुहोस्, नृत्य भनेको एउटा कला हो । मैले नचाउन त नाम चलेका कलाकार विराज भट्ट, निखिल उप्रेती, सज्जा मैनालीजस्तै थुप्रै कलाकारलार्य नचाएँ । तर, साना भाइबहिनीलाई नचाउनुमा छुट्टै आनन्द आउँछ । प्रायः फिल्म क्षेत्रको सबैजसो कलाकारसँग मैले काम गरिसकेको छु ।बच्चासँग नाच्दा आफैँ बच्चा भएजस्तो लाग्ने, छुट्टै मज्जा आउने रहेछ । बच्चाबाट पनि धेरै कुरा सिक्ने मौका पनि पाइन्छ । यो नृत्य एउटा कला हो, जति सिके पनि पुग्दैन ।

तपाइँ यस क्षेत्रमा कतिको सन्तुष्ट हुनुहुन्छ ?

म यस क्षेत्रमा पूर्ण रुपमा सन्तुष्ट छु । किनकि यो मेरो कर्म क्षेत्र हो । मलाई यस क्षेत्रमा लागेर कुनै गुनासो नै छैन । जति नाचिन्छ, उति नै धेरै बाँचिन्छ । म यस क्षेत्रबाट सम्पूर्ण रुपमा खुसि छु । 

यस क्षेत्रबाट आम्दानीको स्थिति के छ ?

यस क्षेत्रबाट आम्दानी हुँदैन भनेर म भन्दिनँ । यसमा आफूले जति गर्न सक्यो उति नै धेरै कमाइ गर्न सकिन्छ । सर्वप्रथम यस क्षेत्रमा लाग्दा काममा इमान्दारिता र पेसाप्रति लगनशिल हुनुपर्छ । गफ जानेर हुँदैन, यस क्षेत्रमा त कतिले त गफै मात्र पनि लगाएर खाएका छन् । तर, आफ्नो पेसाप्रति लगनशील भएर काम गरे नहुने केही छैन । 

कतिवटा चलचित्रमा नृत्य निर्देशन गरिसक्नु भयो ?

मैले डेढ दर्जनभन्दा धेरै चलचित्रमा नृत्य निर्देशन गरिसकेँ । मैले नेपालीमा मात्र होइन अन्य भाषाको गीतमा पनि नृत्य निर्देशन गरिसकेको छु । तर, मलाई अहिले चलचित्रमा भन्दा पनि नयाँ मान्छेहरूलार्ई सिकाउन मनपर्छ । मैले सिकाएका भाइबहिनीहरू सफल भएका छन् । त्यसैले मलाई आनन्द लाग्छ । 

लकडाउनपछि मनोरञ्जनको क्षेत्र कुन अवस्थामा  छ ?

अहिले चलचित्रको क्षेत्र खासै राम्रो देख्दिनँ म । कोरोना महामारीका कारण विभिन्न ठाउँका  हलहरू बन्द हुने तथा आफ्नै ज्यानको पनि सुरक्षा नहुने भएकाले अस्तव्यस्त छ । तर, मेरो डान्स क्लासलाई भने खासै प्रभाव परेको छैन । मैले विभिन्न किसिमका स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा सञ्चालन गरिरहेको छु ।

नृत्यका भावी पुस्तालाई के भन्न चाहनुहुन्छ ?

सर्वप्रथम, त यस क्षेत्रमा आउने हो भने मिहेनत, इमान्दारिता र पूर्ण रुपमा सिकेर लाग्नुहोला । यस्तो चिज आफूसँग राख्नुहोस् जुन चिज सधैँ काम लागिरहोस् । यो चिज तपाईँको हतियार बनोस् । आफ्ना गुरुहरू तथा जनाकारहरूप्रति सम्मान तथा आफूभन्दा सानालाई माया देखाउनुहोस् । आफूले जानेको कुरा सिकाउन कहिल्यै पनि पछि नहट्नुहोस् । 

नृत्यले स्वास्थ्यमा पुर्‍याउने फाइदा के के हो ? 

नाच तौल घटाउने सबैभन्दा प्रभावकारी तरिका हो । जुन क्यालोरी घटाउन, मांसपेसीहरू मजबुत पार्न, शरीरलाई टोन गर्न सहयोग गर्दछ । नृत्यहरूले भावनाहरूको सकारात्मक शुल्क दिन्छ, मुड उच्च पार्छ, आत्मसम्मान र आत्मविश्वास बढाउँदछ । नृत्य गर्दै, तपाईं अनुशासन प्रशिक्षण र प्रेरणा कायम राख्न सक्षम हुनुहुनेछ । यो केवल नियमित गतिविधिहरू मात्र होइन, रमाइलो पनि हो ।

viber sharing button
जनतापाटीबाट थप
जापानीज स्वाद बोकेको देक्काइदो ओनसेन
जापानीज स्वाद बोकेको देक्काइदो ओनसेन ३१ मिनेट पहिले
९ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता
९ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता ४१ मिनेट पहिले
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत १ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छः सुवास नेम्वाङ
एमालेभन्दा गठबन्धनले दोब्बर बढी जित्ने देखियो -डा. प्रकाशशरण महत
घोराहीमा व्यवस्थित बस्ती विकासका लागि काम गर्छु- नरुलाल चौधरी
गोदावरीका सबै भित्री सडक कालोपत्रे र किसानलाई परिचयपत्रको व्यवस्था गर्छु- गम्भीर राना
गठबन्धनले सूर्यविनायकमा कुनै असर गर्दैनः वासुदेव थापा 
माडीवासीको शिर निहुरिने काम गर्दिनँ - ताराकाजी महतो
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP