काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएकोमा बिहीबार तोलामा १ हजार रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९३ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यसैगरी, आज चाँदीको भाउ पनि बढेको छ । बिहीबार चाँदीको मूल्यमा प्रतितोला ३० रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।