मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • ५४ करोडमा बन्याे बुटवल उपमहानगरकाे प्रशासनिक भवन
५४ करोडमा बन्याे बुटवल उपमहानगरकाे प्रशासनिक भवन
जनतापाटी
जनतापाटी बुधबार, माघ ५, २०७८ मा प्रकाशित
viber sharing button
५४ करोडमा बन्याे बुटवल उपमहानगरकाे प्रशासनिक भवन

बुटवल । बुटवल उपमहानगरपालिकाले अत्याधुनिक कार्यालय भवन निर्माण गरेकाे छ । करिब तीन बिघा क्षेत्रफलमा निर्माण गरिएको भवनमा प्रमुख प्रशासनिकसहित अन्य ६ वटा ब्लक रहने व्यवस्था गरिएको छ । पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माणको काम सम्पन्न भएको हो ।

चार तलाको अत्याधुनिक उक्त भवनको अनुमानित निर्माण लागत ५४ करोड ७८ लाख ४५ हजार ३८१ रहेको छ । निर्माण कम्पनी विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार ५७२ रुपैयाँमा २०७८ असारमा सक्ने गरी ६ असार २०७७ मा ठेक्का सम्झौता गरेका थिए । तर कोभिडका कारण निर्माण कार्य केही समय ढिलो गरी सम्पन्न भएको हो ।

भवनमा अन्डरग्राउन्ड मोटरसाइकल तथा कार पार्किङ, बाहिरी पार्किङ तथा दुई अलग-अलग स्थानमा लिफ्ट र दुईवटा सिँढीको प्रवन्ध रहेको छ भने मूलगेटलाई जितगढी किल्लाको झल्को दिने गरी निर्माण गरिएको छ । पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएकाे र सेवाग्राहीको सहजतालाई मध्यनजर गरी नयाँ भवन निर्माण गरिएको उपमहानगरले जनाएकाे छ ।

उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आफ्नो कार्यकालको अन्तिम समयमा नयाँ आधुनिक भवनको निर्माण गरेको बताए । उनले महानगरीय अवधारणाका साथ बुटवलले नयाँ भवन निर्माण गरेको उनले दाबी गरे । नयाँ भवनको एमाले उपाध्यक्ष विष्णु पौडेलले बुधबार भर्चुअल्ली उद्घाटन गरे । उनले विकासका आयोजनामा राजनीति हुन थालेको भन्दै सत्ता गठबन्धनलाई त्यसो नगर्न चेतावनी दिए । विकास आयोजना रोक्दा कसैलाई फाइदा नगर्ने भएकाले विकासमा राजनीतिक स्वार्थभन्दा माथि उठ्न उनले आग्रह गरे । 

“विकास आयोजना अगाडि बढे त्यसले सबैलाई फाईदा हुन्छ, यस्ता विषयमा राजनीति नगर्न र जनताको हितलाई सर्वोपरी ठान्न म आग्रह गर्दछु”, उनले भने । रुपन्देहीले अहिले राष्ट्रिय गौरवको आयोजना तिनाउ-दानव कोरिडोरको काम अगाडि बढाउने क्रममा आन्दोलन भइरहेको भन्दै आन्दोलन राजनीतिक स्वार्थबाट प्रेरित रहेको पौडेलले बताए । 

पूर्वमन्त्री तथा प्रदेश सांसद लीला गिरीले बुटवल आर्थिक विकासको केन्द्र बनेको र पछिल्लो समय बुटवल उपमहानगरका नमुना योजनाले पहिचान थपिएको बताए । उनले अब दीर्घकालीन विकासका योजनालाई उपमहानगरले व्यवस्थित रुपमा अगाडि बढाउनुपर्ने बताए ।

पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले अब रुपन्देहीलाई आर्थिक विकासको केन्द्रका रूपमा अगाडि बढाउनुपर्ने बताए । अहिलेको सरकारले यसअघिको सरकारले सञ्चालन गरेका विशेष योजनाको बजेट काट्ने, योजनाबाटै हटाउनेजस्तो गलत राजनीतिक संस्कारको अभ्यास गरेको उनको आरोप लगाए । 

viber sharing button
जनतापाटीबाट थप
औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड विनियोजन
औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड विनियोजन ३ मिनेट पहिले
१० करोडभन्दा बढी विद्युत् खपत गर्नेलाई १५ प्रतिशतसम्म महसुल छुट
१० करोडभन्दा बढी विद्युत् खपत गर्नेलाई १५ प्रतिशतसम्म महसुल छुट ६ मिनेट पहिले
उद्योग सञ्चालन गर्न ५० वर्ष जग्गा भाडामा दिने
उद्योग सञ्चालन गर्न ५० वर्ष जग्गा भाडामा दिने ८ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड विनियोजन
१० करोडभन्दा बढी विद्युत् खपत गर्नेलाई १५ प्रतिशतसम्म महसुल छुट
उद्योग सञ्चालन गर्न ५० वर्ष जग्गा भाडामा दिने
कृषि विकास मन्त्रालयको बजेट ५५ अर्ब ९७ करोड रूपैयाँ
कृषकका लागि पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने
किसान हित कोष सञ्चालन गर्न एक अर्ब रुपैयाँ
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP