मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • प्रहरी नियमावली संशोधनले उत्प्रेरणा मिलेको छ -प्रहरी प्रवक्ता
प्रहरी नियमावली संशोधनले उत्प्रेरणा मिलेको छ -प्रहरी प्रवक्ता
रासस
रासस बुधबार, माघ ५, २०७८ मा प्रकाशित
viber sharing button
प्रहरी नियमावली संशोधनले उत्प्रेरणा मिलेको छ -प्रहरी प्रवक्ता

काठमाडौँ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थपिएको बताएका छन् । 

प्रहरी प्रधान कार्यालयमा मङ्गलबार आयोजित पत्रकार भेटघाट एवं अन्तक्रिया कार्यक्रममा उनले पछिल्लोपटक प्रहरी नियमावली संशोधन गरी थप गरिएका तीन पदले २० वर्षदेखि एउटै पदमा बसेर काम गर्ने प्रहरी कर्मचारीलाई थप उर्जा मिलेको बताएका हुन् । “यसले प्रहरी कर्मचारीमा वृत्तिविकासको अवसर समानरूपमा पाउनुका साथै एउटै पदमा लामो समय बस्नुपर्ने अवस्थालाई अन्त्य गरेको छ”, केसीले भने । पद थप गर्दा प्रहरी कर्मचारीको सेवा सुविधामा भिन्नता ल्याउनुका साथै प्रहरीको मनोवल उच्च बनाएको उनको भनाइ थियो । 

प्रहरीमा सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ प्रहरी निरीक्षकको पद थप गरिएको हो । पाँच वर्ष काम गरेका प्रहरी जवानलाई सहायक हवल्दार, प्रहरी हवल्दारलाई वरिष्ठ प्रहरी हवल्दार र प्रहरी नायब निरीक्षकलाई वरिष्ठ प्रहरी नायब निरीक्षकमा पदोन्नति गर्ने गरी उक्त नियमावली संशोधन गरिएको हो । कार्यालय सहयोगीमा भने पाँच तह रहने गरी प्रहरी नियमावलीमा थप गरिएको प्रवक्ता केसीले बताए ।

तीन तह थप गरेर प्रहरी नियमावली संशोधन गरेसँगै हाल रहेको जनशक्तिमा अब प्रहरी सहायक हवल्दारमा ३३ प्रतिशत, वरिष्ठ प्रहरी हवल्दारमा २५ प्रतिशत र वरिष्ठ प्रहरी नायब निरीक्षकमा ३३ प्रतिशत बढुवा हुने भएको छ । हाल नेपाल प्रहरीमा प्रहरी जवानमा ४७ हजार ५३, प्रहरी हवल्दारमा १४ हजार ९८९ र प्रहरी नायब निरीक्षकमा चार हजार २९६ जनशक्ति कार्यरत छन् ।

प्रहरीमा यसअघि १२ वर्षसम्म एउटै पदमा बसेर अवकाशमा जाने प्रहरी नायब उपरीक्षकसम्मका प्रहरी कर्मचारीलाई अवकाश हुनुभन्दा एक महिना अगाडि नै स्वतः बढुवा दिने व्यवस्था गरिएको थियो । अब भने आठ वर्षसम्म एउटै पदमा बसेर अवकाश जाने प्रहरीलाई स्वतः एक तह बढुवा दिने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाले प्रहरी कर्मचारीमा आत्मवल र हौसला मिलेको प्रवक्ता केसीले बताए ।

viber sharing button
राससबाट थप
कर्णालीले विज्ञापन होइन, काम गर्छ -मुख्यमन्त्री शाही
कर्णालीले विज्ञापन होइन, काम गर्छ -मुख्यमन्त्री शाही १ घण्टा पहिले
साझेदारी वनद्वारा साढे तीन लाख बिरुवा उत्पादन
साझेदारी वनद्वारा साढे तीन लाख बिरुवा उत्पादन शुक्रबार, असार १७, २०७९
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
नेपाल प्रहरीद्धारा थप ४ सय ७४ असईको माग
सशस्त्रका ५६ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस, काे-काे परे ? [सूचीसहित]
प्रधानसेनापतिद्वारा अमेरिकाको नेसनल डिफेन्स युनिभर्सिटीको अवलोकन 
प्रधानसेनापति शर्मा अमेरिकामा 
मनसुनजन्य विपद्को सामना गर्न सशस्त्र प्रहरी बलको यस्तो छ तयारी 
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP