मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • मधेश प्रदेशको राजधानी पुग्ने संघीय र प्रदेश सांसदलाई सहुलियत !
मधेश प्रदेशको राजधानी पुग्ने संघीय र प्रदेश सांसदलाई सहुलियत !
जनतापाटी
जनतापाटी सोमबार, माघ ३, २०७८ मा प्रकाशित
viber sharing button
मधेश प्रदेशको राजधानी पुग्ने संघीय र प्रदेश सांसदलाई सहुलियत !

जनकपुरधाम । प्रदेश २ ले अन्तत: आफ्नो नाम मधेश र स्थायी राजधानी जनकपुरधाम पाएको छ ।  प्रदेश सभामा नाम र राजधानीको विषयमा सोमबार भएको निर्वाचनमा प्रदेशको नाम र राजधानी दुई तिहाई भन्दा बढी बहुमतले पारित भएको छ ।

प्रदेश सभामा सभामुखसहित १०४ जना सांसद भए पनि मतदान प्रक्रियामा ९९ जना सांसदले मात्रै भाग लिएका थिए । प्रदेशको नामा ‘मधेश’ प्रदेशको विषयमा भएको मतदानमा खसेका ९९ मत मध्ये ८० मत पक्षमा परेको छ । त्यसैगरि, प्रदेशको स्थायी राजधानी जनकपुरधामको विषयमा भएको मतदानमा खसेको ९९ मत मध्ये ७८ मत पक्षमा परेको छ । 

प्रदेशको नाम मधेशको पक्षमा दुई तिहाई भन्दा बढी मत परेपछि प्रदेशको नामाकारणको विषयमा कांग्रेसले प्रस्ताव गरेको मिथिला मधेश, नेकपा एकिकृत समाजवादी नेकपा एस र नेकपा एमालेले गरेको जानकी प्रदेश र कांग्रेसका सांसद राजेशवर प्रसाद साहले गरेको मध्य मधेश प्रस्ताव खारेज भएको सभामुख सरोज कुमार रायले बताएका थिए । प्रदेश नामाकरणको लागि आवश्यक दुई तिहाई अर्थात ७० मत चाहिएको ठाउँमा थप १० मत खसेपछि सभामुख रायले संविधानको धारा २९५ को उपधारार २ बमोजिम प्रदेशको नाम मधेश प्रदेश घोषणा गरेका थिए । 

त्यसैगरि, जनकपुरधाम स्थायी राजधानीको पक्षमा दुई तिहाई मत परेपछि राजधानीको विषयमा थप रहेका दुई वटा प्रस्ताव विरगंज महानगरपालिका र विरगंज महानगरपालिकासहित पोखरियादेखि वाराको निजगढ सम्मको प्रस्ताव सभामुख रायले खारेजको घोषणा गरेका थिए । 

प्रदेश २ को नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम पारित भएको छ । हाल प्रदेशमा १०४ जना सांसद रहेकोमा उपस्थित ९९ जना प्रदेश सभा सदस्य मध्ये ८० जनाले नाम मधेशको पक्षमा र ७८ जनाले राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका छन् । स्थायी राजधानी तोक्न ७० मत चाहिएकोमा थप ८ मत परेपछि सभामुख रायले संविधानको २८८ धाराको उपधारा २ बमोजिम स्थायी राजधानिको घोषणा गरेका गरेका थिए । 

प्रदेशको स्थायी राजधानीमा राजनीतिक दलहरुको संयुक्त प्रस्ताव भए पनि राजधानी भन्दा प्रदेश नामाकरणमा थप २ मत परेको छ । जबकी प्रदेशको नामाकरणमा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), र माओवादी केन्द्रको संयुक्त प्रस्ताव मधेश भएपनि कांग्रेस, नेकपा एस र एमालेको प्रस्ताव भन्ने अलग अलग रहेको थियो ।

नाम र राजधानीका लागि ७० मतको आवश्यकता थियो । तीन दलको संयुक्त प्रस्ताव मधेश प्रदेशको पक्षमा मतदान गरिएको थियो ।

सत्तारूढ दल जनता समाजवादी पार्टी, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव मधेश प्रदेशमा मतदान गरिएको थियो । 

यसैबीच, प्रदेशको नाम र राजधानी तोक्ने ऐतिहासिक दिनमा पनि विभिन्न पार्टीका ५ जना सासद प्रदेश सभामा अनुपस्थित रहेका थिए ।  नेकपा एकिकृत समाजवादी पार्टीका सासद गोविन्द न्यौपाने, कांग्रेसका सांसद शोभा लामा, नेकपा एमालेकी सांसद अनिता यादव र जसपाकी सांसद डा. रिना यादव प्रदेशको नाम र राजधानी तोकिरहँदा अनुपस्थित रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । 

प्रदेशको स्थायी राजधानीमा दलहरुको प्रस्ताव संयुक्त रहेकोले त्यो मतदान प्रक्रियाबाट पनि पारित हुने सम्भवना प्रवल नै थियो । तर नामाकरणमा दलहरु सबै आफ्ना आफ्ना अडानमा रहेका कारण सोमबार पारित हुने सम्भावना कम देखिएको थियो । तर नामभन्दा राजधानीको प्रस्तावमा पहिलो मतदान हुँदा मधेश केन्द्रित दल जसपा, लोसपाका सासदहरुले त्यस दलका सांसदहरुलाई आफ्नो पक्षमा रिझाउन सफल भएका थिए । 

प्रदेशको नाम र राजधानीमा पार्टीको ह्वीप पनि नलाग्ने भएकोले पनि कांग्रेस, नेकपा एकिकृति समाजवादी, एमालेका सांसदहरु पनि अन्तिम समयमा मधेशको नाममा मतदान गरेको श्रोतको भनाइ छ । यसैबीच, प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकिएपछि स्थानीय व्यवसायिहरु उत्साहित भएका छन् । 

जनकपुर उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गर्दै जनकपुरलाई स्थायी राजधानीको रुपमो घोषणा गरिएपछि जुन सुकै प्रदेशका प्रदेश सांसद, प्रतिनिधी सभा सासद तथा राष्ट्रिसभाका सदस्यलाई जनकपुरको होटलको बास र गाँसमा छुट दिने घोषणा गरेको छ । 

सांसदहरुलाई होटल बसाईमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुट दिने निर्णय भएको संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । संघको निर्णयमा होटेल एशोसिएसन नेपाल प्रदेश २, होटेल व्यवसायी तथा पर्यटन संघ धनुषाले पनि समर्थन जनाएको छ । 

viber sharing button
जनतापाटीबाट थप
प्रदेश कार्यालयबाटै लाइसेन्स, १ खर्ब ६१ अर्ब ५६ करोड विनियोजन
प्रदेश कार्यालयबाटै लाइसेन्स, १ खर्ब ६१ अर्ब ५६ करोड विनियोजन ४ मिनेट पहिले
हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट
हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट ६ मिनेट पहिले
लमजुङमा ट्रिपर दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु
लमजुङमा ट्रिपर दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु ८ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
माओवादीबाट ५ हजार ४५ जना जनप्रतिनिधि निर्वाचित
मन्त्रिपरिषदबाट बजेट स्वीकृत
थोत्रा हवाइजहाजहरुलाई बिसर्जन गराउन सरकारसमक्ष मेयर राईको अनुरोध
एमालेबाट ११ हजार ८८३ जनप्रतिनिधि निर्वाचित 
कांग्रेसबाट १३ हजार ७४८ जनप्रतिनिधि निर्वाचित 
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस [तस्बिरहरु]
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP