मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • यस्तो छ बराहपोखरीको सामाजिक सुरक्षाभत्ता अनियमितता प्रतिवेदन 
यस्तो छ बराहपोखरीको सामाजिक सुरक्षाभत्ता अनियमितता प्रतिवेदन 
जनतापाटी
जनतापाटी शनिबार, माघ १, २०७८ मा प्रकाशित
viber sharing button
यस्तो छ बराहपोखरीको सामाजिक सुरक्षाभत्ता अनियमितता प्रतिवेदन 

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकामा भएको सामाजिक सुरक्षाभत्ता अनियमिततासम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गरिएको छ । पहिल्यै मृत्यु भइसकेका, हुँदै नभएका, बसाइँ सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको भन्दै उजुरी परेपछि २०७६ कात्तिक पहिलो साता बसेको गाउँ कार्यपालिकाको बैठकले उपाध्यक्ष गोमादेवी मगरको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । 

गाउँपालिकाका ६ वटै वडाको सामाजिक सुरक्षाभत्ता दुरुपयोगका विषयमा अध्ययन गरेर ३५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छानबिन समितिले व्यापक अनियमितता देखिएको प्रतिवेदन १७ मंसिर २०७६ मा गाउँपालिका समक्ष बुझाएको थियो ।

हालसम्म गुपचुप राखिएको सो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने चौतर्फी दवाव सिर्जना भएपछि गाउँपालिकाले १०औँ गाउँसभामा सामाजिक सुरक्षाभत्ता अनियमितता सम्वन्धी छानविन प्रतिबेदन सार्वजनिक गरेको हो । उपाध्यक्ष मगरले बाचन गरेर सुनाएको प्रतिवेदनमा कुन वडामा, कति बजेट चुहावट भए भन्ने तथ्यांक भने खुलाइएको छैन । सामाजिक सुरक्षाभत्तामा भएको अनियमितता छानविनकालागि अख्तियारले कागजात मगाएपछि गाउँपालिकाले २७ फागुन २०७६ मा सो सम्वन्धी कागजात बुझाएको थियो ।

मृत्यु दर्ता, बसाई सराई लगायत सम्वन्धी तथ्यांकको काम चुस्तदुरुस्त नराखी बराहपोखरी गाउँपालिका–१ बराहपोखरीले ३३ जनाको नाममा निरन्तर सामाजिक सुरक्षा भत्ता निकासा गरिरहेको भन्दै छानबीनका लागि १ कात्तिक २०७६ मा गाउँपालिकामा उजुरी परेको थियो ।

५० जनाभन्दा बढिको हस्ताक्षर भएको उजुरीमा वडाका मृत्यु भइसकेका १९ वृद्धवृद्धा, मृत्यु भइसकेका ६ विधुवा र बसाई सरिसकेका ३ जनाको नाममा सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको उल्लेख छ । यस्तै, ४ जनाको नाममा दोहोरो सुविधा देखिएको र एक जना हुँदै नभएको अपांगको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको पाइएको स्थानीय बिदुर श्रेष्ठले बताए ।

बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको सामाजिक सुरक्षाभत्ता अनियमितता सम्वन्धी उजुरी परे पनि गाउँपालिकाले सबै वडाको छानविन गर्न आदेश दिएको थियो । 

viber sharing button
जनतापाटीबाट थप
काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गरिने
काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गरिने २ मिनेट पहिले
प्रदेश कार्यालयबाटै लाइसेन्स, १ खर्ब ६१ अर्ब ५६ करोड विनियोजन
प्रदेश कार्यालयबाटै लाइसेन्स, १ खर्ब ६१ अर्ब ५६ करोड विनियोजन ६ मिनेट पहिले
हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट
हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट ८ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गरिने
प्रदेश कार्यालयबाटै लाइसेन्स, १ खर्ब ६१ अर्ब ५६ करोड विनियोजन
हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट
फास्ट ट्रयाक ३ वर्षमा सक्ने, ३० अर्ब ७ करोड रकम विनियोजन
शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट
९८ प्रकारका औषधी नि:शुल्क उपलब्ध हुने
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP