मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • कोरोनाका कारण महोत्सव र उत्सव प्रभावित
कोरोनाका कारण महोत्सव र उत्सव प्रभावित
जनतापाटी
जनतापाटी शनिबार, माघ १, २०७८ मा प्रकाशित
viber sharing button
कोरोनाका कारण महोत्सव र उत्सव प्रभावित

लमजुङ । लमजुङमा माघमा हुने भनिएको मेला महोत्सव कोरोना संक्रमणका कारण प्रभावित भएका छन् । माघको पहिलो हप्ता सोनाम ल्होछारमा हुने उत्सव र माघ अन्तिम साता हुने सातौँ लमजुङ महोत्सव प्रभावित भएको हो । 

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि संघ सरकारसँगै गण्डकी प्रदेश सरकारले पनि मेला महोत्सव, भेला र भिडभाड बढि हुने कार्यक्रम नगर्न आग्रह गरेपछि लमजुङमा माघको पहिलो साता र अन्तिम साता हुने भनिएका दुईवटा मेलामहोत्सव प्रभावित हुने भएका हुन् ।  

अघिल्लो हप्तामात्रै लमजुङ उद्योग वाणिज्य संघले लमजुङको बेँसीसहरमा २१ माघदेखि १ फागुनसम्म सातौँ लमजुङ महोत्सव गर्ने निर्णय गरेको थियो । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालका अनुसार छोटो समयमा महोत्सव गर्ने निर्णय गरी तयारी सुरु गरेपनि कोरोना संक्रमण तेस्राे  लहरको जोखिम बढेपछि महोत्सव स्थगित गर्नुपरेको बताए । 

सरकारले नै मेला महोत्सव नगर्न निर्देशन दिएपछि महोत्सवको गर्नुको औचित्य नहुने भन्दै यसबारेमा औपचारिक निर्णय गर्न बाँकी रहेको अध्यक्ष सिलवालले बताए । संघका पदाधिकारी सहित अन्य सरोकारवालासँग छलफल गरी महोत्सव कहिले गर्ने भन्ने विषयमा निर्णय गरिने अध्यक्ष सिलवालको भनाइ छ ।

नेपाल तामाङ साँस्कृतिक घेदुङ जिल्ला समन्वय समिति लमजुङले पनि तामाङ समुदायको नयाँ वर्ष २८५८औँ सोनाम ल्होछारको अवसरमा लमजुङमा गर्न लागिएको साँस्कृतिक उत्सव आयोजक समितिले अघिल्लो सातामात्रै सदरमुकाम बेसीशहरमा पत्रकार सम्मेलन गरी ८ माघमा साँस्कृतिक उत्सवको बारेमा जानकारी गराएको थियो ।

तर, पछिल्लो समय मुलुकको परिस्थिति परिवर्तन भएसँगै बृहत साँस्कृतिक कार्यक्रम प्रभावित हुने भएको हो । केही वर्षबाट तामाङ समुदायले साँस्कृतिक पर्व ल्होसारको अवसरमा मेला महोत्सव गर्न थाले पनि गत वर्ष पनि कोरोनाकै कारण कुनै औपचारिक कार्यक्रम हुन सकेको थिएन । यसवर्ष पनि मेला महोत्सव नहुने भएपछि तामाङ समुदायले परम्परागत रुपमा पारिवारभित्रै ल्होसार मनाउने नेपाल तामाङ साँस्कृतिक घेदुङ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष विकास तामाङले बताए । 

डिसिसिएमसी संयोजक एवं लमजुङका प्रमुख जिल्ला अधिकारी शुसील वैद्यले संघीय सरकार र प्रदेश सरकारले संक्रमणकालीन अवस्थामा मेला महोत्सव नगर्न भनिएकाे बताए । 

viber sharing button
जनतापाटीबाट थप
हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट
हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट २ मिनेट पहिले
लमजुङमा ट्रिपर दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु
लमजुङमा ट्रिपर दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु ४ मिनेट पहिले
फास्ट ट्रयाक ३ वर्षमा सक्ने, ३० अर्ब ७ करोड रकम विनियोजन
फास्ट ट्रयाक ३ वर्षमा सक्ने, ३० अर्ब ७ करोड रकम विनियोजन ६ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट
फास्ट ट्रयाक ३ वर्षमा सक्ने, ३० अर्ब ७ करोड रकम विनियोजन
शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट
९८ प्रकारका औषधी नि:शुल्क उपलब्ध हुने
अब ६८ वर्षकै उमेरमा वृद्धभत्ता
स्वास्थ्य बिमा कार्यक्रमको लागि ७ अर्ब ५० करोड बजेट
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP