मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, May 28, 2022 |शनिबार, जेठ १४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • तालिममा सवा कराेड खर्च गरिएका १५१ कर्मचारी हटाएर फेरि नयाँ भर्ना
तालिममा सवा कराेड खर्च गरिएका १५१ कर्मचारी हटाएर फेरि नयाँ भर्ना
जनतापाटी
जनतापाटी बिहीबार, पुस २९, २०७८ मा प्रकाशित
viber sharing button
तालिममा सवा कराेड खर्च गरिएका १५१ कर्मचारी हटाएर फेरि नयाँ भर्ना

जनकपुरधाम । सञ्चालनकाे तयारीमा रहेकाे कुर्था-जयनगर रेल सेवाका लागि कर्मचारी भर्ना विषयमा विवादमा भएकाे छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनका लागि ५५ जना नयाँ कर्मचारीलाई गुपचुप नियुक्त गरेपछि विवाद सुरु भएको हो ।

महाप्रबन्धक झाले रेल संचालनका लागि २७ पुसमा ५५ जना नयाँ कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेपछि विगतमा रेलसम्बन्धी तालिम दिएकाहरुले विरोध गरेका हुन् । रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले रेल संचालनका लागि ज्यालादारीमा १५१ जना कर्मचारीलाई नियुक्त गरी दुई चरणमा तालिमसमेत दिएका थिए ।

गत वैशाखदेखि असारसम्म दुई चरणमा भएको तालिममा झण्डै नेपाल रेल्वेको १ करोड १५ लाख रुपैयाँ खर्च भएको थियो । ती कर्मचारीलाई भारतीय रेल कम्पनी कोर्कणले तालिम दिएको थियाे ।

सरकार परिवर्तनसँगै रेल्वे कम्पनीकाे महाप्रबन्धकमा झा नियुक्त भएपछि ती सबै कर्मचारीलाई हटाएका थिए । महाप्रबन्धक झाले रेल्वेमा झण्डै वैशाखदेखि असारसम्म काम गरेकालाई पैसा नै नदिई एक सूचना प्रकाशित गर्दै सबैलाई हटाएका थिए ।

विगतमा दैनिक ज्यालादारीमा भर्ना भएका कर्मचारीले त्यसको विरोध गर्दै नयाँ कर्मचारीलाई तालिम दिएको स्थलमै गएर बुधबार विरोध गरेका छन् ।

स्टेशन मास्टरमा नियुक्त भई झण्डै २५ दिनसम्म तालिम दिएका मनोज यादवले भने, ‘१५१ जना कर्मचारीलाई तालिम दिन सरकारको १ करोड १५ लाख रुपैयाँ खर्च भयो र आज फेरि नयाँ कर्मचारी भर्नामा लाखौँ खर्च गरिरहेको छ । हाम्रो नियुक्तिलाई अवैध भन्ने महाप्रबन्धक झाले अहिले कुन कानुन टेकेर नयाँ कर्मचारी भर्ना गरेको त्यसको स्पष्ट जवाफ हामीलाई चाहियो ।’ 

सहायक स्टेशन मास्टर पदमा कार्यरत रहेका मञ्जय कुमार गोइतले पूराना जनशक्तिलाई हटाएर नयाँलाई नियूक्त गरी तालिम सञ्चालन गर्नु महाप्रबन्धक झाको मनोमानी रहेको बताए । उनले पूराना कर्मचारीलाई समायोजन गरी उनीहरुको पनि व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । 

महाप्रबन्धक झाले नयाँ नियुक्त गरिएका कर्मचारीलाई भारतस्थित केआरसिएल कम्पनीका ट्रेनरमार्फत तालिम दिइरहेको बताए । उनले गेट म्यान, ग्याङ म्यान, ग्याङ म्यान इन्चार्ज, प्वाइन्ट म्यान, कि म्यान र स्टेशन मास्टरका लागि तालिम सञ्चालन भइरहेको बताए ।

नेपालको कानुन अनुसार नै नयाँ कर्मचारी नियुक्त गरेको भन्दै थप कुरा गर्न चाहेनन् । यसैबीच, नेपाल रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक भट्टराईले पुरानो कर्मचारीलाई हटाएर नयाँ कर्मचारी भर्ना गरिएकोमा महाप्रबन्धक झाको चर्को आलोचना गरेका छन् ।  आफूले भर्ना गरेका कर्मचारीलाई अवैधानिक भन्ने महाप्रबन्धक झा अहिले कुन ऐन कानुन टेकेर नयाँ कर्मचारी भर्ना गरेको स्पष्ट गर्नुपर्ने उनको भनाइ छ ।

viber sharing button
जनतापाटीबाट थप
९ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता
९ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता ७ मिनेट पहिले
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत ४० मिनेट पहिले
सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध ४४ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप
घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने मध्यनेपालका वडाध्यक्षको प्रतिबद्धता
कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि, दुई बर्षपछि ९ हजार नेपाली जाने तयारीमा
मर्स्याङ्दीमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २३ सय युवाले पाए रोजगारी
आवश्यकताको आधारमा परियोजना बैँक बनाएर आयोजना छनौट गरिने
यी हुन् नेपालले १० महिनामा सबैभन्दा बढी रकम खर्चेर आयात गरेको १० वस्तु
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP