मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • ‘प्रदेश २ को नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने’
‘प्रदेश २ को नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने’
जनतापाटी
जनतापाटी बुधबार, पुस २८, २०७८ मा प्रकाशित
viber sharing button
‘प्रदेश २ को नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने’

जनकपुर । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने बताएका छन्। प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका– ७ मा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री साहले माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रस्तुत हुने र माघ ३ गते मतदानद्वारा टुङ्गिने बताए । 

‘‘प्रदेशको नामकरण र राजधानीसम्बन्धी आएका प्रस्तावमाथि छलफल भइरहेको छ”, मन्त्री साहले भने,‘‘प्रदेशको राजधानी जनकपुर नै हुनुपर्नेमा वीरगञ्जका केही प्रदेश सांसद बाहेक सबै सांसद एकै ठाउँमा छन्, नामको सन्दर्भमा पनि छलफल भइरहेको छ ।” 

प्रदेशसभा समयावधि सकिन थोरै मात्र समय बाँकी रहेकाले सबै दलका प्रदेशसभा सदस्यलाई प्रदेशको नाम र राजधानी टुङ्गो लगाउनुपर्ने नैतिक दबाब रहेकाले जसरी पनि प्रदेशको नाम र राजधानीको विषय टुङ्गिने उनले विश्वास व्यक्त गरे । 

शीतलहरका बेला लत्ताकपडाको जोहो गर्न नसक्ने विपन्न, गरिब नागरिकलाई प्रदेश सरकारले राहतस्वरुप कम्बल वितरणको कार्यक्रम सुरु गरेको बताउदै सञ्चारमन्त्री साहले चिसो र शीतलहरबाट नागरिकको ज्यान जोगाउन सरकारले आवश्यक तयारी गरिरहेको समेत बताए । सो कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता परमेश्वर साहले जाडोबाट प्रभावित विपन्न नागरिकको जीवन रक्षा गर्नु राज्यको दायित्व भएकाले तीनै तहको सरकार तत्काल यसप्रति गम्भीर हुनुपर्ने बताए । 

जनकपुरधाम उपमहानगरपालिका–७ का वडाध्यक्ष जानकीराम साहको अध्यक्षतामा आयोजित कम्बल वितरण कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता मिश्र तथा स्थानीय पवन ठाकुरले प्रदेश सरकारले विपन्न नागरिकलाई कम्बल वितरण गरी सराहनीय कार्य गरेको बताए । 

सो अवसरमा सामाजिक विकासको क्षेत्रमा विशेष योगदान पु-याएको भन्दै स्थानीय जयकिसुन साह, हकिम राईन्, विश्वनाथ दास, लक्ष्मण पाण्डे, अनिता श्रीवास्तव, रामनाथ  पाठक, जगदीश साह लगायतलाई सञ्चारमन्त्री साहले दोसल्ला ओढाएर सम्मान गरे। कार्यक्रममा सञ्चारमन्त्री साहले जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाका ५०० गरिब, विपन्न परिवारलाई कम्बल वितरण गरे । 

viber sharing button
जनतापाटीबाट थप
प्रदेश कार्यालयबाटै लाइसेन्स, १ खर्ब ६१ अर्ब ५६ करोड विनियोजन
प्रदेश कार्यालयबाटै लाइसेन्स, १ खर्ब ६१ अर्ब ५६ करोड विनियोजन ३ मिनेट पहिले
हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट
हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट ५ मिनेट पहिले
लमजुङमा ट्रिपर दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु
लमजुङमा ट्रिपर दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु ७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
माओवादीबाट ५ हजार ४५ जना जनप्रतिनिधि निर्वाचित
मन्त्रिपरिषदबाट बजेट स्वीकृत
थोत्रा हवाइजहाजहरुलाई बिसर्जन गराउन सरकारसमक्ष मेयर राईको अनुरोध
एमालेबाट ११ हजार ८८३ जनप्रतिनिधि निर्वाचित 
कांग्रेसबाट १३ हजार ७४८ जनप्रतिनिधि निर्वाचित 
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस [तस्बिरहरु]
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP