मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, May 28, 2022 |शनिबार, जेठ १४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • भक्तपुरका मल तथा बीउविजन पसलमा मनोमानीः आफैंले मूल्य राखी बिक्री
भक्तपुरका मल तथा बीउविजन पसलमा मनोमानीः आफैंले मूल्य राखी बिक्री
जनतापाटी
जनतापाटी बुधबार, पुस २८, २०७८ मा प्रकाशित
viber sharing button
भक्तपुरका मल तथा बीउविजन पसलमा मनोमानीः आफैंले मूल्य राखी बिक्री

भक्तपुर । कृषि मल तथा बीउविजन बिक्रीमा कृषि सहकारी तथा व्यवसायीले मनोमानी मूल्य लिएको पाइएको छ । 

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वले आज मल तथा बीउविजन पसलमा गरेको अनुगमनका क्रममा व्यवसायीले मनोमानी मूल्य लिएर बिक्री गरिरहेको पाइएको हो । 

समितिले स्थानीय भुवनेश्वर कृषि सहकारी संस्था, सिद्धि कृषि सहकारी संस्था, न्हुन्छेभक्त कुटुवाजू, पासा कृषि सामग्री तथा बीउविजन भण्डार, ह्युमिक गोल्ड मल, छुमा गणेश कृषि सेवालगायतमा अनुगमन गरी पसलमा मूल्य सूची राखेर नगरपालिकाले निर्धारण गरेकोभन्दा बढी मूल्य नलिन र तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दिएको संयोजक गोराले जानकारी दिए ।

अनुगमनमा ह्युमिक गोल्ड मल पसलमा मिसावट गरेको मल बिक्री गरेको पाइएको छ । उक्त पसलमा मिसावट १३ किलो मल, म्याद नाघेका कृषि बीउ एवं औषधि निम, एग्रिनिम, आक्ट, अल्गा, विन चि विन, डिफेन्स, एग्रोमिक्स, चुगंस्टोप, कार्बन, अग्रीसिन, डेभिस्टिन, स्टिको गम, सैजोक्स,  नेमोकोल, ऊर्जा मल, मुरियम तानलगायत दर्जनौँ पाकेट जफत गरी नष्ट गरेको बजार निरीक्षक रामकृष्ण प्रजापतिले बताए । 

नगरपालिकाले अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा चार वटा मल तथा बीउविजन पसलमा अनुगमन गरेको थियो । मल खुद्रा बिक्री गर्दा महँगो गरी बढी मूल्य लिएको र म्याद नाघेको बीउविजन र विषादी बिक्री वितरण गरेको गुनासो आएकाले बजार अनुगमन गरेको उनको भनाइ छ । म्याद नाघेको विषादी कम्पनीले फिर्ता नलिने र नष्ट गर्न पनि समस्या भएकाले सरकारले म्याद नाघेको विषादी नष्ट गर्न पहल गर्नुपर्ने गुनासो मल तथा बीउविजन पसलेको छ । 

समितिले माजसु कृषि सहकारी संस्था, छुमा गणेश एग्रो सेन्टर, प्रगति एग्रो बीउ भण्डार, जय महाकाली बीउविजन भण्डारलगायत अनुगमन गर्दा मल बिक्री गर्दा बिल नदिने,  नवीकरण नगरेको, नगरपालिकाले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्य लिएर बिक्री गरेको, म्याद नाघेका मल, बीउविजन र विषादी बिक्री गरेको पाइएको जनाएको छ । 

अनुगमनमा, म्याद नाघेको बीउविजन, मल र विषादी ग्रास, धानको बीउ डि वाइ १८, धनीयाँ, चमसुरको बीउ, मार्फा रायोको बीउ, फर्सीको बीउ,  एसिमेटाप विषादी, जेमिन, साइबोल्ट, कोनिका, उथान एम ४५, जि तुफान, रोकोलगायत जफत गरी नष्ट गरिएको पनि संयोजक गोराले जानकारी दिए।

viber sharing button
जनतापाटीबाट थप
जापानीज स्वाद बोकेको देक्काइदो ओनसेन
जापानीज स्वाद बोकेको देक्काइदो ओनसेन १४ मिनेट पहिले
९ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता
९ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता २४ मिनेट पहिले
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत ५७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
जापानीज स्वाद बोकेको देक्काइदो ओनसेन
पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप
घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने मध्यनेपालका वडाध्यक्षको प्रतिबद्धता
कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि, दुई बर्षपछि ९ हजार नेपाली जाने तयारीमा
मर्स्याङ्दीमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २३ सय युवाले पाए रोजगारी
आवश्यकताको आधारमा परियोजना बैँक बनाएर आयोजना छनौट गरिने
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP