मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • चितवन महोत्सव दुई दिन चल्ने, अरू महोत्सव नहुने
चितवन महोत्सव दुई दिन चल्ने, अरू महोत्सव नहुने
जनतापाटी
जनतापाटी सोमबार, पुस २६, २०७८ मा प्रकाशित
viber sharing button
चितवन महोत्सव दुई दिन चल्ने, अरू महोत्सव नहुने

चितवन । कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको संक्रमण बढ्दै गएकोपछि चितवनमा मेला महोत्सव सञ्चालनमा कडाइ गरिएको छ । 

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको नेतृत्वमा सोमबार भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डिसिसिएमसी) र सर्वदलीय सर्वपक्षीय बैठकले जारी चितवन महोत्सव दुई दिन चल्न दिने र अरू महोत्सव रोक्ने निर्णय गरेको छ ।

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा चितवन महोत्सव आइतबारदेखि नारायणी नदी किनारमा सुरु भएको हो । चितवन महोत्सव सुरु भइसकेकाले थप दुई दिन चल्न दिने र अरू महोत्सव सुरु गर्न नदिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए ।

‘चितवन महोत्सवलाई भोलि र पर्सीसम्म चल्न दिने र अरू महोत्सव सबै बन्द गर्ने निर्णय भयो’, उनले भने, ‘गृह मन्त्रालयले कडाइ गर्न सक्ने भन्ने शब्द रहेछ, त्यस हिसाबले भोलि र पर्सी चल्न दिऊँ न त भन्ने कुरा भयो ।’ गृह मन्त्रालयले सोमबार सार्वजनिक स्थानमा २५ जनाभन्दा बढीको संख्यामा भेला हुन नदिने निर्णय गरिसकेको छ ।   

सरकारले १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेसँगै जिल्लामा सञ्चालित र सञ्चालनको तयारीमा रहेका महोत्सवको विषयमा निर्णय गर्न सोमबार डिसिसिएमसीको बैठक बसेको हो । चितवनमा दुई ठूला महोत्सव एकै पटक हुँदैछ । 

१३औं संस्करणको चितवन महोत्सव आइतबारदेखि सुरु भएको हो । उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेका हुन् ।

उद्योग वाणिज्य संघ रत्ननगरले मंगलबारदेखि ११औं संस्करणको रत्ननगर महोत्सव आयोजना गर्ने तयारी थियो । टिकौली चौरमा महोत्सवको सम्पूर्ण तयारी पुरा गरिसकिएको छ । पूर्वी चितवनकै खैरहनीमा पनि खिचरा महोत्सव गर्ने तयारी थियो । 

कोरोना महामारीले लामो समयसम्म प्रभावित बनेको यहाँको व्यापार व्यवसाय र पर्यटन गतिविधिलाई चलायमान बनाउन भन्दै महोत्सव आयोजना गरिएका थिए । तेस्रो लहरको कोरोनाको जोखिम बढेपछि भिडभाड हुने गतिविधि बन्द गर्न कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले आइतबार सरकारलाई सिफारिस गरेको हो । शिक्षा मन्त्रालयले पनि १५ माघ सम्म विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । 

viber sharing button
जनतापाटीबाट थप
कोरोना प्रभावित होटेलको इजाजत र नविकरणमा छुट
कोरोना प्रभावित होटेलको इजाजत र नविकरणमा छुट २ मिनेट पहिले
साथीलाई बचाउन खोज्दा विष्णुले पनि ज्यान गुमाए
साथीलाई बचाउन खोज्दा विष्णुले पनि ज्यान गुमाए ४ मिनेट पहिले
२०४९ सालअघि साझा संस्थाबाट लिएको ऋण मिनाहा
२०४९ सालअघि साझा संस्थाबाट लिएको ऋण मिनाहा ७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
कोरोना प्रभावित होटेलको इजाजत र नविकरणमा छुट
२०४९ सालअघि साझा संस्थाबाट लिएको ऋण मिनाहा
आगामी वर्ष थप १० लाख पर्यटक ल्याउने सरकारको घोषणा
निजगढमा विमानस्थल बनाउन आयोजना विकास कार्यक्रम अघि बढाइने
उद्योग मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट
आगामी आवको बजेट : उद्योग प्रवद्र्धन गरिने
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP