मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, June 26, 2022 |आइतबार, असार १२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • महोत्तरीमा हरेक दुई दिनमा एक महिलाले गर्छिन् आत्महत्या
महोत्तरीमा हरेक दुई दिनमा एक महिलाले गर्छिन् आत्महत्या
जनतापाटी
जनतापाटी सोमबार, पुस २६, २०७८ मा प्रकाशित
viber sharing button
महोत्तरीमा हरेक दुई दिनमा एक महिलाले गर्छिन् आत्महत्या

महोत्तरी । मंसिरको पहिलो साता महोत्तरीको एकडारा गाउँपालिका–६ की चन्चलाकुमारी यादव सलले पासो लगाइरहेको अवस्थामा मृत अवस्थामा भेटिइन् । २३ वर्षीया चन्चलाको मृत्युमा आत्महत्या हो  कि आत्महत्या दुरुत्साहन भन्ने बिषयमा कुनै पहिचान हुन सकेन । प्रहरीले पोष्टमार्टमपछि आत्महत्या नै भएको ठहर गर्दै मृतक चन्चलाको नामलाई आत्महत्या गर्नेको सूचीमा समावेश गर्‍यो । 

त्यसको दुई दिन नबित्दै अर्थात ९ मंसिरमा मनरासिस्वा नगरपालिका–२ कि लक्ष्मीकुमारी चौरासिया पनि घरभित्रै मृत अवस्थामा भेटिइन् । १७ वर्षीया लक्ष्मीकुमारी  घरको धुरी बलोमा सलले पासो लगाएको अवस्थामा मृत भेटिएकी थिइन् । चौरासियाको मृत्युलाई पनि आत्महत्याकै सूचीमा नाम सूचिकृत गरियो । 

तुरुन्तै दुई दिनपछि जलेश्वर खैरागाउँकी १७ वर्षीया अमृताकुमारी साह पनि मृत अवस्थामा भेटिइन् । पंखामा सलले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी अमृताको  पोष्टमार्टमपछि आत्महत्या नै भएको ठहर गरियो ।

उनीहरूको जस्तै आत्महत्याको सूचीमा राखिएका एक महिनाको अवधिमा १८ जना पुगेका छन्, जसमध्ये सात जना पुरुष र ११ जना महिला छन् । धेरैजसो अधबैंसे महिला छन् । महोत्तरीमा विगतका तथ्यांकलाई समेत केलाउँदा महिलाहरू नै किन आत्महत्या रोजिरहेका छन् भन्ने चिन्ताको विषय बनेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार हरेक दुई दिनमा एक महिलाले आत्महत्या गरिरहेको छन् । धेरैजसो गरिबीको कारणले मृत्युवरण गरिरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

तर, आत्महत्यापछि घटनाको गहिराइसम्म पुग्न प्रहरीले अनुसन्धान गरिरहेको बताए पनि अहिलेसम्म आत्महत्यामा दुरुत्साहनको आरोपमा कोही पक्राउ परेका छैनन् । 
यसले झन् महिला हिंसाका घटनाहरूमा वृद्धि भइरहेको मानवअधिकार समबन्धी मुद्दामा खबवदारी गर्ने संस्था इन्सेकको ठहर छ ।

इन्सेक नेपालका प्रदेश प्रतिनिधि अजय साह गरिबी र जिवीकोपार्जनका लागी समस्या बन्दा कतिपयले आत्महत्याको बाटो रोजेतापनी धेरैलाइ आत्महत्या गर्न बाध्य पारिने गरेको बताउछन ।

विवाहित महिलाहरूको हकमा भने काहीँ न काहीँ आत्महत्या दुरुत्साहन नै जोडिएको जानकारहरू बताउँछन । दाइजो र छोरी जन्मेकै आधारमा कतिपय महिलाको मृत्युको कारण बनेको छ । 

तर, आत्महत्या गरिएका हरेकलाई प्रहरीले थप अनुसन्धान गर्ने बताए पनि अहिलेसम्म कुनै घटनाको सत्यतथ्य बाहिर आउन सकेका छैनन् । समाजसास्त्रीहरूको अनुसार  आत्महत्या बहिष्करणको नै परिणाम हो ।

दाइजो, सामाजिक कुरीति तथा अन्धविश्वास, बेरोजगार, गरिबीको कारणले पनि आत्महत्या गर्नेको संख्या बढेको हो । मृत्युुबरण गरिरहेका हुन्छन । समाजसास्त्रीय दृष्टिकोणमा पुरुषभन्दा महिला बढी भावुक र संवेदनशील स्वभावका कारण आत्महत्याको छिटो निर्णय लिन पुग्छन् । 

मंसिरदेखि पुससम्मको तथ्यांक हेर्ने हो भने १८ वटा आत्महत्याका घटनामा  सात जना पुरुषले समेत आत्महत्या गरेका छन । तर, महिलाको तुलनामा यो संख्या न्यून हो । 

गत शनिवार एकैरात  तीन जनाले आत्महत्या गरे । जसमध्ये दुई जना पुरुष छन् । पिपरा गाउँपालिकाका रामसुन्दर यादव र गौशाला नगरपालिकाका विजय यादवले गाम्छाको पासो लगाई घरभित्रै आत्महत्या गरेको प्रहरीको रिपोर्ट छ । सोही राति बर्दिबास नगरपालिका–६ कि २६ वर्षीया सरस्वती शर्माले पनि विष सेवन गरी आत्महत्या गरिन् । मृत्युको घरायसी कारण भएको निष्कर्ष निकाल्दै प्रहरी थप अनुसन्धानमा जुटेको छ ।

एक महिनाको अवधिमा सवैभन्दा बढी बर्दिबास नगरपालिकामा आत्महत्या भएका छन् । बर्दिबास नगरपालिकाका विभिन्न ठाउँमा गरि ६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

viber sharing button
जनतापाटीबाट थप
अर्जुन-मलाइकाको विवाहविरुद्ध यी पाँच अनुहार
अर्जुन-मलाइकाको विवाहविरुद्ध यी पाँच अनुहार ९ मिनेट पहिले
निजगढ विमानस्थल निर्माणमा विशेष प्रस्ताव पास गर्न स्थानीय तहका प्रमुखहरूसँगआग्रह
निजगढ विमानस्थल निर्माणमा विशेष प्रस्ताव पास गर्न स्थानीय तहका प्रमुखहरूसँगआग्रह २१ मिनेट पहिले
डेढ करोड अनियमितता गरेको आरोपमा फतुवा विजयपुरका प्रमुखविरुद्ध मुद्दा
डेढ करोड अनियमितता गरेको आरोपमा फतुवा विजयपुरका प्रमुखविरुद्ध मुद्दा ३४ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ठगीजन्य कार्यबाट बच्न सिआइवीको अनुरोध
 नेपाल प्रहरीका १७ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस
सशस्त्र प्रहरीका ३७ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस [सूचीसहित]
आइजीपी विवाद हेर्दाहेर्दैमा, असार १३ गते सुनुवाइ
पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राख्न आईजिपी सिंहको निर्देशन 
प्रधानसेनापति शर्मा लेवनान प्रस्थान, अमेरिकाकाे पनि भ्रमण गर्ने
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP