मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • नेप्सेमा उच्च अङ्कको वृद्धि, दुई कम्पनीको शेयरमा सर्किट
नेप्सेमा उच्च अङ्कको वृद्धि, दुई कम्पनीको शेयरमा सर्किट
जनतापाटी
जनतापाटी आइतबार, पुस २५, २०७८ मा प्रकाशित
viber sharing button
नेप्सेमा उच्च अङ्कको वृद्धि, दुई कम्पनीको शेयरमा सर्किट

काठमाडौँ । शेयर कारोबार हुने साताको पहिलो दिन आज कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७३.०५ अङ्कले बढेर दुई हजार ७६५.५१ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३.२१ अङ्कले बढेर ५१९.३७ मा पुगेको छ ।  नेप्सेको वृद्धिसँगै कारोबार रकमसमेत आज वृद्धि भएको छ । कूल २३९ कम्पनीको एक करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर रु सात अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ६ अर्ब ५३ करोड ११ लाख १० हजार बराबर पुगेको छ । 
    
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३५.०३, व्यापार १७१.२५, होटेल तथा पर्यटन ५.२३, विकास बैंक २५७.१, जलविद्युत् १४८.१८, वित्त ११५.६३, निर्जीवन बीमा ३७९.७७, उत्पादन १३६.९९, अन्य ६२.७९, लघुवित्त ७०.४५, जीवन बीमा २९५.११, सामूहिक लगानी कोष ०.२१ र लगानी ३.४७ अङ्कले उकालो लागेको छ । 
    
कारोबार भएकामध्ये आज अपी पावर कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु २९ करोड २२ हजार २७३ बराबरको कारोबार भयो । प्रभु बैंक रु २० करोड ८६ लाख ४२ हजार, माथिल्लो तामाकोसी रु २० करोड १५ लाख ७७ हजार ६१२, शिवम् सिमेन्ट रु १९ करोड ३९ लाख ८९ हजार र अरुण भ्याली हाइड्रोपावर रु १८ करोड ७५ लाख पाँच हजार ४२८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । 
    
नेप्सेका अनुसार नेपाल हाइड्रो डेभलपर्स र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै, युनियन हाइड्रोपावर ९.९८, मध्यभोटेकोसी ९.९७ र न्यादी हाइड्रोपावरका शेयरधनीले ९.४१ प्रतिशतले कमाए । त्यस्तै, नेपाल एसबिआई बैंकको ऋणपत्र १.४२, मिथिला लघुवित्त १.२७, सानिमा लार्ज क्याप फन्ड १.१६, एनआइबिएल प्रगति फन्ड १.०८ र नबिल डिवेञ्चरका लगानीकर्ताले ०.९८ प्रतिशतले गुमाए । 

viber sharing button
जनतापाटीबाट थप
काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गरिने
काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गरिने २ मिनेट पहिले
प्रदेश कार्यालयबाटै लाइसेन्स, १ खर्ब ६१ अर्ब ५६ करोड विनियोजन
प्रदेश कार्यालयबाटै लाइसेन्स, १ खर्ब ६१ अर्ब ५६ करोड विनियोजन ६ मिनेट पहिले
हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट
हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट ८ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गरिने
प्रदेश कार्यालयबाटै लाइसेन्स, १ खर्ब ६१ अर्ब ५६ करोड विनियोजन
हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट
फास्ट ट्रयाक ३ वर्षमा सक्ने, ३० अर्ब ७ करोड रकम विनियोजन
शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट
९८ प्रकारका औषधी नि:शुल्क उपलब्ध हुने
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP