मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • फेरि बढ्यो रेल चढ्ने रहर
फेरि बढ्यो रेल चढ्ने रहर
रासस
रासस आइतबार, पुस २५, २०७८ मा प्रकाशित
viber sharing button
फेरि बढ्यो रेल चढ्ने रहर

महोत्तरी ।  फेरि रेल चल्ने चर्चा चल्यो । शनिबार नेपाल रेल्वे कम्पनीका पदाधिकारी र भारतीय रेल्वे कम्पनी कोङ्कणका प्राविधिकले बर्दिबास–जयनगर रेल्वे बिस्तार परियोजनाको जयनगर–कुर्था खण्डमा रेल चलाएर लिक परीक्षण गरेपछि रेल चल्ने चर्चा फेरि चुलिएको हो । 

“अब रेल चल्ने नै हो, सबै अवस्था ठिकठाक रहेको प्राविधिकको ठहर छ, एक महिनापछि (आउने फ्रेब्रुअरी–१० तारिखदेखि) कुर्था–जयनगर खण्डमा रेल सेवा सञ्चालन हुन्छ” नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाको पछिल्लो यो भनाइमा सर्वसाधारण भने त्यति आश्वस्थ देखिदैनन् । 

“कुर्था–जयनगर खण्डको लिक तयार भएको तीन वर्ष भयो, भारतबाट रेल ल्याएर इनर्वामा थन्क्याइएको पनि एक वर्ष नाघ्यो, चल्छ भन्ने त सुन्दै आइएको हो, अब चलेपछि चलेछ भन्ने बुझौंला”, महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का बासिन्दा सामाजिक कार्यकर्ता चन्देश्वर मण्डलले भने । शनिबार इनर्वा स्टेशनबाट रेल चलाएर ल्याएका भारतीय प्राविधिक (चालक) बिएन राय र पिटर साहबले परीक्षणबाट सबै अवस्था ठिक रहेको बताएपछि महाप्रबन्धक झाले फेब्रुअरी १० देखि सेवा सञ्चालन गरिने बताएका हुन् । 

“सेवा सञ्चालनमा अब खासै अड्चन छैन, दक्षप्राविधिक भारतबाट झिकाइएका छन्”, महाप्रबन्धक झाले भने । यद्यपि यसअघि पनि सेवा सञ्चालनका तिथिमिति तोकेरै मन्त्री र रेल्वे कम्पनीका पदाधिकारीका प्रतिबद्धता सुनेका यस भेगका सर्वसाधारणमा पछिल्लो रेल चल्ने चर्चाले खुशी समेटेको देखिदैन । जबजब रेल चाँडै चल्ने कुरा चर्चामा आउँछ, महोत्तरीकै भङ्गाहा नगरपालिका–९ हरिनमरीकी गुलावदेवी साहको मुर्झाएको मन फेरि बौरिन्छ । कुर्था नजिकको बस्तीकी सले पछिल्ला तीन वर्षयता ‘रेल अब चल्छ’ भन्ने सुन्दा/सुन्दा हल्ला भित्रै हराएको व्यङ्ग गरिन् ।

रेलको कुराले कैयन पटक आफ्नो रहर मूर्छित् हुने र बौरिने गरेको साहको भनाइ छ । “कि कहुँ, तेसुरे साल रेल चलके वात छल, मुदा ओहिना हल्लेमे सिमटागेल” (के भनौ, परार नै रेल चल्ने कुरा थियो, तर, कुरैमा मात्रै रह्यो) भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म २०७५ को हिउँदमै रेल चल्ने कुरा सुनेकी साहले बुढ्याँइले चाउरिएर मुजैमुजा परेको अनुहार अपत्यारिलो बनाउँदै भनिन्, “अखैन सेहो आब किछे दिनमें रेल चलके वात सुनैछी, चलत त बुझब जे रेल चल लागल ।” (अहिले पनि केही दिनभित्रै रेल चल्ने कुरा सुन्दैछु, तर अब चले बुझौला कि रेल चल्यो) । 

भारतीय सहयोगमा अझै निर्माणधीन रहेको बर्दिबास (महोत्तरी)–जनकपुरधाम –धनुषा)–जयनगर (भारत) सम्मको ६९ किलोमिटर दूरीको रेल सेवाको जयनगरदेखि कुर्था (धनुषा) सम्म ३४ किमी दूरीमा लिक तयार भएको तीन वर्ष भइसकेको छ । कुर्थादेखि भङ्गाहा–५ (महोत्तरी) को विजलपुरा स्टेसनसम्म पनि अब पुलपुलेसा र लिक तयार छ । लिक, पुलपुलेसा बन्दा रेल चल्ने विश्वास जागेपनि कहिले चल्ने भन्ने कुरामा चैं ठूलाबडाको भनाइ त्यति पत्यारिला नपाइएको महोत्तरीकै लोहारपट्टी–४ खुट्टा बस्तीकी ७५ वर्षीया राजकली चौधरीको भनाइ छ ।

राजकली चौधरीकै बुहारी पूजा अधिकारी र मञ्जु यादवले पनि रेल चढेर माइत जाने रहर कहिले पूरा होला भनेर पर्खी बसेको बताइन् । धनुषाको कुर्थामा निर्मित रेल्वे स्टेसन महोत्तरीको लोहारपट्टी नगरपालिका र पिपरा गाउँपालिकासँगै जोडिएको छ । राजकली चौधरीको घर त कुर्था स्टेसनबाट तीन किमीभन्दा पनि नजिक छ । लोहारपट्टी नगरपालिकाका खुट्टापिपराढी, महदैया, तपनपुर, मधेपुरा र बगडा कुर्थाबाट जोडिएका बस्ती हुन् ।

 त्यस्तै पिपरा गाउँपालिकाका रतौलीका बस्ती पनि कुर्थासँगै जोडिएका छन् । यसैले कुर्थासम्म रेल चल्ने कुरा चलेपछि यी बस्तीमा छुट्टै उमङ्ग थपिएको देखिन्छ । तर चर्चाअनुसार रेल नचलेपछि पलाएको उत्साह मर्ने गरेको यस भेगका बासिन्दा बताउँछन् । उमेरले ८० वर्ष टेक्दै गरेका भङ्गाहा–४ पलार बस्तीका चौठी बाँतरले  पनि रेल चल्ने कुरा चलेपछि बुढ्याइँले गाँजेको शरीर फुर्तिलो बन्ने बताए । विगतमा रेल सेवा नै यातायातको मुख्य साधन रहेको आफ्नो ठाउँमा फेरि रेल चलेर जयनगर बजार हेरेर फर्कने घिटघिटो नै बनेको बाँतरले बताए । 

विगतमा जयनगर–जनकपुर–विजलपुरा (भङहा, महोत्तरी)  रेल चल्दा विवाहपञ्चमी मेला (उत्सव) हेर्न जनकपुर गइएको भङ्गाहा–५ कटैया बस्तीकी ६० वर्षीया रामराजी यादवलाई सम्झना ताजै छ । “हमसभ सालोसाल मेला देख जाय छली, मुदा रेल बन्द भेला करिब २० साल भगेल, अईबीचमें एकोबेर जनकपुर नई गेली”, (हामी रेल चढेर विवाहपञ्चमी मेला हेर्न प्रत्येक वर्ष जनकपुर जाने गथ्र्यौ, तर रेल चल्न छाडेपछि भने पछिल्लो २० वर्ष (करिब) जनकपुर गइएको छैन) उनले भने । 

 अब रेल चलेपछि भने सपरिवार रेल चढेर जनकपुर जाने रामराजीको धोको छ । यसैबीच रेल्वे ट्र्याकका १४ हजार जति क्लिप र नट भर्खरै चोरी भएका छन् । चोरी भएका क्लिप र नट भारतीयपक्षले फेरि लगाइदिने जनाए पनि सुरक्षा चासोभने आम सर्वसाधारणले राख्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ । “रेल्वेको सम्पति केही सङ्ख्याका रेल्वे कर्मचारी र सुरक्षाकर्मीले मात्र संरक्षण गर्न सक्दैनन्, आम जनताको चासो हुनपर्छ”, उनको भनाइ छ । पहिले जयनगर, जनकपुर हुँदै विजलपुरासम्म चल्ने रेल २०५८ सालको बर्खे भेलले बिग्ही नदीको पुल भत्काएपछि सेवा बन्द भएको थियो । 

विसं १९९४ सालमा नेपालका वनका काठ बोगी (रेलका मालसामान राख्ने डब्बा) भारत लाने उद्देश्यले सुरु भएको यो रेल कालान्तरमा यात्रु सेवामा परिणत भएको थियो । महोत्तरीका लोहारपट्टी, पिपरा, बलवा र भङ्गाहासहितका स्थानीयतहका बस्तीमा रेलको कुराले तत्काल जनमानसमा प्रभाव पार्छ । रेल चले आवतजावतको सुविधाको कुरामात्र नभएर आफ्नो फसलले तत्काल बजार पाउने सर्वसाधारण किसानको आश छ । 

“रेल चले हामीकहाँ उत्पादित दूध र अन्य कृषि फसल जनकपुरदेखि जयनगरसम्मको बजारमा तत्कालै पुग्नेछ”, लोहारपट्टी नगरपालिका–४ का वडाध्यक्ष जीतेन्द्र चौधरीले भने, “यसले किसानको जीवनस्तरमा निश्चित सुधार ल्याउने छ ।” कुर्थाबाट ५/६ किलोमीटरको दूरीमा पर्ने भङ्गाहा नगरपालिकाको हरिणमरी, अजगेवा, भीमगढ, कटैया र टिकुलियासम्मका किसानले रेल चलेपछि आफ्नो बारीको तरकारी तुरुन्तै भारतीय बजारसम्म पुग्ने आश सगाँलेका छन् ।  

“रेल चलोक त जीवन बड आसान भजायत (रेल चलेपछि जीवन सजिलो बन्नेछ)”, भङ्गाहा नगरपालिका–९ हरिनमरीका ९० वर्षीय जितन यादवले भने, “मुदा बुझाइय जिनगी अही भरोसे लटकल रहत” (तर, लाग्दैछ जीवन यसै आशैआशमा भुण्डिदैछ ) । तीन वर्षयता प्रत्येक वर्ष रेल चल्ने कुरा बाहिरिने गरेपनि कुरामै सीमित भएपछि अब चलेपछि चलेछ भन्ने बुझिने यादवको भनाइ छ । “रेल विभागका हाकिमले दुई/तीन वर्ष अघिदेखि नै रेल चाँडै चल्छ भन्दै आएका छन्, तर त्यो कुरामै रह्यो”, भङ्गाहा–९ कै अजगेवा बस्तीका सत्यनारायण साहले भने, “कति सुन्नु त्यो उधारो कुरा...! रेल सञ्चालन भएपछि बुझौला, ए अब चलेछ ।” तर यी गुनासाबीच रेल चलेपछि आपूmहरुको दिन राम्रा आउने आशभने साहको मरेको छैन । 

भारतको जयनगरबाट जनकपुरहुँदै बर्दिवाससम्मको ६९ किलोमिटर दूरीमध्ये जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किमी दूरीमा आउने फेब्रुअरीमा रेल सञ्चालन भएपछि दोस्रो खण्ड (धनुषाको कुर्थादेखि महोत्तरीको भङ्गाहा–५ विजलपुरास्टेशनसम्म ) खण्डमा पनि चाँडै रेल सेवा चल्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ । कुर्थाबाट बिजलपुरासम्मका महोत्तरीमा पर्ने खुट्टापिपराढी, लोहारपट्टी, सिङ्ग्याही र बिजलपुराका स्टेसन भवन तयार भएका र लिक ओछ्याउने र पुलपुलेसा निर्माणको काम सम्पन्न भएको छ । अब अन्तिम चरणको व्यवस्थापन मिलाउनमात्र बाँकी रहेकाले थप १७ किमी (कुर्थाबाट बिजलपुरा) को सेवा पनि चाँडै सुरु हुने महाप्रबन्धक झाको भनाइ छ ।    

यता तेस्रोखण्ड भनिएको भङ्गाहादेखि बर्दिवाससम्मको १८ किलोमीटर दूरीभित्र भने बल्ल मुआब्जाको विषय टुङ्गिएको छ । गत भदौमा बर्दिबास (पुरानो बर्दिबास गाविस क्षेत्र) को मुआब्जाबारे निर्णय भएपछि अब तेस्रो खण्डको कामले पनि गति लिने कम्पनीको विश्वास छ । तेस्रो खण्डमा महोत्तरीका भङ्गाहा (हाल भङगाहा नपा–४) किसाननगर (हाल बर्दिबास–६ र ७) र धनुषाको बेङ्गाडावर (हाल मिथिला नपा–९ र १०) पर्छ । महोत्तरीतर्फका भङ्गाहा र किसाननगरमा गतवर्षमै जग्गा मुआब्जा निर्धारण गरिएर सोको दाबी गर्न जग्गाधनीलाई सूचना गरिएको हो ।

 अब मुआब्जाको कुरा टुङ्गिएको हुँदा निर्माण कार्य अघि बढाउन सम्वद्धपक्षलाई आग्रह गरिसकिएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए । नेपाल भारतबीच सन् २०१० मा भएको सम्झौताअनुरुप भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोगमा (सन् २०१० को इष्टिमेट) ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा सुरु गरिएको हो । यसअघि निर्माण कार्य थालिएको पाँच वर्षभित्रै रेल सेवा सञ्चालन हुने बताइए पनि यस काममा एकपछि अर्को अवरोध थपिँदै जाँदा रेल सेवा सञ्चालनको काम लम्बिदै गएको हो । 

viber sharing button
राससबाट थप
तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र
तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र सोमबार, जेठ ९, २०७९
मोरङमा निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना लागू
मोरङमा निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना लागू मंगलबार, वैशाख २७, २०७९
दाङको दुई उपमहानगरमा १५ महिला उम्मेदवार
दाङको दुई उपमहानगरमा १५ महिला उम्मेदवार बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
कोरोना प्रभावित होटेलको इजाजत र नविकरणमा छुट
२०४९ सालअघि साझा संस्थाबाट लिएको ऋण मिनाहा
आगामी वर्ष थप १० लाख पर्यटक ल्याउने सरकारको घोषणा
निजगढमा विमानस्थल बनाउन आयोजना विकास कार्यक्रम अघि बढाइने
उद्योग मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट
आगामी आवको बजेट : उद्योग प्रवद्र्धन गरिने
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP