मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • मुगुका आगलागी पीडितलाई सहयोग
मुगुका आगलागी पीडितलाई सहयोग
रासस
रासस आइतबार, पुस २५, २०७८ मा प्रकाशित
viber sharing button
मुगुका आगलागी पीडितलाई सहयोग

मुगु । मुगुका आगलागीपीडित परिवारलाई आठ लाखभन्दा बढीको सहयोग हस्तान्तरण गरिएको छ । मनकारी केही गैरसरकारी संस्था र व्यक्तिको सहयोगबाट प्राप्त खाद्यान्न तथा लत्ताकपडा लगायतका सामग्री आगलागीपीडितलाई शनिबार हस्तान्तरण गरिएको हो । 

गत कात्तिक २९ गते राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागीमा २१ घर जलेर खरानी भएका थिए भने ती घरमा व्यवसाय गर्दै र भाडामा बस्दै आएकाहरूको व्यापारी तथा घरायसी  सामान गरी ३५ करोड बढीको क्षति भएको थियो । 

आगलागीपीडित परिवारमध्ये हाल आठ परिवार प्रदेश सरकारले उपलब्ध गराएको पालमा र अन्य व्यक्ति बजारमा भाडामा बस्दै आएका छन् ।

सहयोग हस्तान्तरण गर्न पीडितपरिवार बसेको पालमै पुगेका ददिराम कुमाई, मनमान बुढा र रजनी भामले सङ्कलित सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा ८३ परिवारलाई प्रतिपरिवार ३० केजी चामल, कम्बल र म्याट वितरण गरिएको थियो ।

छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाले पीडित परिवारलाई जिन्सी र  खाद्यान्नभन्दा अब घर निर्माणमा सहयोग पुग्ने निर्माण सामग्री र नगद सहयोगमा दाता तथा सरकारले प्रदान गर्न आग्रह गरे । 

दावाछिरिङ लामाबाट रु २० हजार, दावाछिरिङ जिग्मे तोर्चे लामाबाट रु २० हजार, खारीगाउँका १३ घरबाट रु २७ हजार, मनमान बुढाबाट रु २० हजार बराबरको बत्ती सहयोग प्रदान गरेका थिए । रासस

viber sharing button
राससबाट थप
तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र
तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र सोमबार, जेठ ९, २०७९
मोरङमा निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना लागू
मोरङमा निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना लागू मंगलबार, वैशाख २७, २०७९
दाङको दुई उपमहानगरमा १५ महिला उम्मेदवार
दाङको दुई उपमहानगरमा १५ महिला उम्मेदवार बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन
स्वच्छ खानेपानीका लागि ३७ अर्ब ३५ करोड बजेट
पूर्ण दृष्टिविहीनलाई 'क' वर्गको परिचयपत्र दिइने
काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गरिने
प्रदेश कार्यालयबाटै लाइसेन्स, १ खर्ब ६१ अर्ब ५६ करोड विनियोजन
हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP