मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • यस वर्ष काउलीको मुल्य राम्रो, किसान उत्साहित 
यस वर्ष काउलीको मुल्य राम्रो, किसान उत्साहित 
जनतापाटी
जनतापाटी शनिबार, पुस २४, २०७८ मा प्रकाशित
viber sharing button
यस वर्ष काउलीको मुल्य राम्रो, किसान उत्साहित 

झापा । कमल–२ सिमलडाँगीका किसान नवराज पौडेल तीन वर्षयता तरकारी खेती गर्दै आएका छन् । वैदेशिक रोजगारीबाट फर्किएका उनी अहिले कृषि पेशामै रमाएका छन् । तीन वर्षदेखि तराकारी खेती गरे पनि यसपटक भने उनी निकै उत्साहित छन् । किनकि दुःख गरेर लगाएको तरकारीले राम्रो बजार मुल्य पाएको छ ।

अघिल्ला वर्षको तुलतामा यसपटक कोपी (काउली)ले राम्रो मुल्य पाएको उनी बताउँछन् । गत वर्ष २५–३० रुपैयाँ केजी रहेको फूलकोपी यसपटक ५० रुपैयाँसम्म बिक्री भएको उनको भनाइ छ । गत वर्ष १५ रुपैयाँसम्ममा बिक्री भएको बन्दाकोपी यसपटक ३० देखि ३५ रुपैयाँसम्ममा बिक्री भइरहेको छ । ‘१३ कठ्ठामा तरकारी लगाएको छु । अहिले त राम्रो भइरहेको छ । कोपीको मुल्य गत वर्षको तुलनामा यसपटक राम्रो छ । बजारमा यस्तो मुल्य भयो भने न हामीले पनि राहत पाउँथ्यौँ,’ उनी भन्छन्, ‘खेती गर्न पनि जाँगर चल्ने थियो नी ।’

उनी बिहानै उठ्छन् । तरकारीहरू टिपेर बजार पुयाउँछन् । आफ्नो अर्गानिक उत्पादनबारे सबैलाई जानकारी दिँदै बजारमा पुर्याएर आफैँ बिक्री गर्छन । ‘खेतमा उत्पादन भएको धानले घरमा राम्ररी पुग्छ । सब्जीमा एक वर्षमा ५० हजार खर्च गर्छु । दुई लाख ५० हजार जति बच्छ,’  उनी भन्छन्, ‘खेती गरेर पनि जीवन राम्ररी चलाउन सकिन्छ । परिवार खुसीले पाल्न सकिन्छ । विदेश जान पर्दैन । तर, मिहिनेतचाहीँ पर्छ ।’ 

नवराज मात्र हैन सिमलडाँगीका अधिकांश किसान तरकारी खेतीमा छन् । यसपटक अधिकांशले कोपी लगाएका छन् । यसपटक कोपीको उत्पादन र मुल्य राम्रो छ । ‘यसपटक त कोपीको मुल्य राम्रो छ । पहिला १० रुपैयाँसम्म बेचेको कोपी यसपटक भने ५० रुपैयाँसम्म आएको छ,’ कमल–२ सिमलडाँगीकी कृषक चन्द्रकला माझी भन्छिन्, ‘एउटा कोपीमा दुई केजीभन्दा धेरै हुन्छ । एउटा कोपीका लागि हामीले पाँच रुपैयाँसम्म खर्च गरेका हुन्छौँ ।’ कृषकले कोपी फूलमात्रै हैन पात पनि बिक्री गर्ने गरेका छन् । पशुपालक किसानले घरमै आएर केजीको २० रुपैयाँसम्ममा लैजााने गरेको माझीले सुनाइन । ‘एउटा कोपीमा दुई केजीसम्म पात हुन्छ । पातबाट ४० रुपैयाँ आउँछ,’ उनी भन्छिन्, ‘बजार भाउ सधैँ यस्तै भए त धेरै राम्रो हुने थियो ।’

सिमलडाँगीका किसनको मुख्य पेशा नै कृषि हो । तर, स्थानीय तहले खासै चासो नदिएको उनीहरूको आरोप छ । स्थानीय तहले तरकारीका लागि बीउ दिए पनि कामै नलाग्ने कृषक पौडेल बताउँछन् । ‘कहिलेकाहीँ विषादीमा सहयोग गर्छ । नभए त हामीले खासै सहयोग पाउँदैनौँ । स्थानीय तहले बीउ दिन्छ । तर, उसले दिने बीउमा हामी सन्तुष्ट छैनौँ,’ पौडेले भन्छन्, ‘बीउ त हामीलाई प्रयोग गर्न मात्र दिएको जस्तो लाग्छ । राम्रो छ भनेर गाउँपालिकाले दिन्छ । तर, त्यो बीउ पछि कामै लाग्दैन । हाम्रो मिहिनेत मात्र जान्छ । यस्तो बीउ त नदिँदै ठीक हुन्छ ।’

बेमौसमी वर्षाले धेरै ठाउँमा क्षति पु-यायो । जसको असर तरकारी बालीमा पनि पर्यो । तर, क्षति पु-याएर बाँकी रहेको तरकारीले भने राम्रो बजार पाएको कृषि ज्ञान केन्द्र झापाको भनाइ छ । कोपीसँगै अन्य बालीको पनि बजार मुल्य राम्रो रहेको कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले जानकारी दिए । ‘तरकारी बालीमा बेमौसमी वर्षाले धेरै क्षति गर्यो । त्यसका कारण मुल्य बढेको छ,’ उनले भने, ‘कोपी पनि कतिपयले रोपेका थिए । वर्षाले बिगार्याे । कतिपयले रोप्नै पाएनन् । यसवर्ष त्यही कारण कोपीको पनि मुल्य राम्रो छ ।’

viber sharing button
जनतापाटीबाट थप
उद्योग मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट
उद्योग मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट २ मिनेट पहिले
आगामी आवको बजेट : उद्योग प्रवद्र्धन गरिने
आगामी आवको बजेट : उद्योग प्रवद्र्धन गरिने ४ मिनेट पहिले
प्रदेशमा जडीबुडी उद्योग सञ्चालन गर्ने
प्रदेशमा जडीबुडी उद्योग सञ्चालन गर्ने ७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
उद्योग मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट
आगामी आवको बजेट : उद्योग प्रवद्र्धन गरिने
प्रदेशमा जडीबुडी उद्योग सञ्चालन गर्ने
अलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइप लाइन निर्माण गरिने
औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड विनियोजन
१० करोडभन्दा बढी विद्युत् खपत गर्नेलाई १५ प्रतिशतसम्म महसुल छुट
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP