मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
फोटो फिचर
  • गृहपृष्ठ
  • कोशी कोरिडोर निर्माणले उजाड टिएमजे [१० तस्बिर]
कोशी कोरिडोर निर्माणले उजाड टिएमजे [१० तस्बिर]
जनतापाटी
जनतापाटी शनिबार, पुस २४, २०७८ मा प्रकाशित
viber sharing button
कोशी कोरिडोर निर्माणले उजाड टिएमजे [१० तस्बिर]

धनुकटा । प्रदेश १ मा राष्ट्रिय गौरवको कोशी कोरिडोर विद्युत प्रशारण लाइन विस्तार भइरहेको छ। निर्माणाधीन कोशी कोरिडोर २२० केभीए विद्युत प्रशारण लाइन विस्तारका क्रममा २५ हजारभन्दा बढी रुख काँटिने भएको छ। गुराँसको राजधानीका रुपमा परिचित तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले (टिएमजे) को मध्यभागबाट विद्युत प्रसारण लाइन विस्तार हुने भएपछि यसले नकारात्मक प्रभाव पार्ने भन्दै विकल्पको खोज्न स्थानीयले माग गरेका छन् । टिएमजेको वन क्षेत्रमा ठूलो संख्यामा रुख काँटिदा पर्यटन र पर्यावरणमा नकारात्मक असर पर्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन्।

गुराँस र हरियो वनका कारण फस्टाएको यहाँको पर्यटन व्यवसाय रुख कटानपछि खस्किने आशंका स्थानीयको छ। विद्युत विस्तार गर्दा वन क्षेत्र जोगाएर लैजान सकिने अवस्था हुँदाहुँदै पनि आयोजना कार्यालयले घना वन क्षेत्र नै फडानी गरेर विद्युत विस्तार सुरु गरेको छ।

पूर्वी पहाडी जिल्लाको हालसम्म कै ठुलो आयोजना मानिएको कोशी करिडोर २२० केभिए विद्युत प्रशारण लाइन विस्तार धमाधम भर्इरहेको छ। आयोजनाले धनकुटा र तेह्रथुममा पोल गाड्ने तथा तार जोड्ने काम गरिरहेको छ। विद्युत लाइन विस्तार गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको मध्यभागबाट हुने भएकाले यहाँका हजारौं रुख काँटिदा यस क्षेत्रकोे जैविक विविधता नष्ट भएर पर्यटकीय आकर्षण खस्कने लालीगुराँस नगरपालिका–१ वसन्तपुरका मिङ्मा शेर्पाले बताए। गुराँस नै हेर्न देशविदेशका पर्यटक आउने गरेका र वन फडानीले पर्यटक आउन कमी हुने उनको आशंका छ। उनले अन्यत्र ठाउँ हुँदाहुँदै जंगल बीभबाट फडानी गरेर लगेका कारणले पर्यटक कम आउन थालिसकेको बताए।

आयोजना संचालनका लागि ०७३ सालमा प्रारम्भिक वातावरणीय परीक्षण गरिएको थियो । आयोजनाले पहिलो पटक सर्भे गर्दा तीनजुरेको डाँडैडाँडा लाइन विस्तार गर्ने भनेको सहमति दिएको धर्मदेवी नगरपालिका–१ संखुवासभाका तीनजुरे हात्तीसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बरबहादुर वुढाथोकीले बताए। 

दोस्रो पटक सर्भे गरेर जहाँ घना जंगल छ त्यहाँबाट लान लागेको बुढाथोकीले बताए । उनले दोस्रो पटक गरेको सर्भेमा आयोजनाले कसैको सहमति नलिएको बताए । ‘जंगल मासिएपछि मुलुक कै महत्वपूर्ण पर्यटकीय स्थल गुम्ने, जीवजन्तु माँसिने, पानीका मुहान सुक्ने प्रवल सम्भावना देखियो।’ बुढाथोकीले भने, ‘जसले गर्दा पछि गएर जलवायु र जैविक विविधतालाई कोशी कोरिडोरले ठूलो असर पुर्याउने रहेछ भन्ने देखियो ।’ पहिले सामुदायिक वनहरूले तीनजुरेको बाटो भनेर अर्कै सर्भेमा सहमति गरेको बुढाथोकीले पटक पटक दोहोर्याए ।

गुराँससहितको रुख कटानले नमूना शहर वसन्तपुर बजारमा खानेपानीको संकट हुने लालिगुँरास नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताए । उनले वनजंगल जोगाएर लाने गरी विकल्प खोज्न अनुरोध गरिएको जानकारी दिए । 

वसन्तपुरको टुटे हुँदै ताप्लेजुङको ढुंगेसाँघुसम्मको ३४ किलोमिटर लामो प्रसारण लाइन विस्तार गर्दा तेह्रथुमका ६ वटा सामुदायिक वन क्षेत्रका रुख कटान हुनेछन् । घनाजंगल काटेर खाली हुँदा वन्यजन्तुको बासस्थानमा समेत असर पर्ने देखिएको छ। सवडिभिजन वन कार्यालय वसन्तपुरका सहायक वन अधिकृत सोमेश्वरकुमार दासले राष्ट्रिय गौरवको आयोजना भएकाले यसको वातावरणी प्रभाव मुल्यांकन गरिएको जानकारी दिए । उनले तीनजुरेका गुराँससहितका रुखहरू मन्त्रीपरिषदको निर्णयबाट कटान गरिएको बताए । आयोजनाले कटान गरिएको एक रुख बराबर २५ बिरुवा वृक्षारोपण गरेर पाँच वर्षभित्र प्रभावित क्षेत्रमा हुर्काउने सहमति भएको दासले बताए । कटान गरिएको सुरुमा वातावरणमा, पर्यावरण असर पर्ने जस्तो देखिए पनि पछि नयाँ बिरुवा हुर्किएपछि त्यस्तो नहुने उनले जनाए । विद्युत जनजीवनसँग जोडिएको हिसाबले पनि यसलाई प्राथमिकतामा राखिएको दासको भनाइ छ। 

ताप्लेजुङको तमोर र मेवा खोलामा उत्पादन भएको र हुने चरणमा रहेको एक हजार मेगावाट क्षमताको कोशी करिडोर तेह्रथुमको वसन्तपुर सव–स्टेशन हुँदै सुनसरीको इनरुवामा रहेको केन्द्रीय विद्युत प्रसारण लाइनमा जोड्ने गरी काम भइरहेको छ । प्रशारण आयोजनाले वन क्षेत्रका हुर्किएका र हुर्किने चरणमा रहेका करिब २५ हजार रुख कटान गर्दा हरियो वन उजाड हुने देखिएको छ। 

viber sharing button
जनतापाटीबाट थप
कृषकका लागि पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने
कृषकका लागि पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने २ मिनेट पहिले
किसान हित कोष सञ्चालन गर्न एक अर्ब रुपैयाँ
किसान हित कोष सञ्चालन गर्न एक अर्ब रुपैयाँ ५ मिनेट पहिले
५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम गरिने
५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम गरिने ७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस [तस्बिरहरु]
दिनप्रतिदिन कष्टकर बन्दै काठमाडौं उपत्यकाकाे यात्रा [हेराैँ तस्वीरहरु]
बालेन साहको सद्‌भाव र्‍याली, घरघरबाट हात हल्लाएर दिए बधाई [फोटोफिचर]
मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन [फोटोफिचर]
हेटौंडामा गठबन्धनको विजय र्‍याली [तस्वीरहरु]
बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा प्रदर्शन [फोटोफिचर]
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP