काठमाडौँ । नेपाल प्रहरीका २६ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको सरुवा भएकाे छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयका जनपद प्रहरी समूहतर्फका २६ एसएसपीहरूको विभिन्न ठाउँमा सरुवा गरेकाे हो ।
एसएसपीको सरुवा भएसँगै महानगरीय अपराध महाशाखादेखि केन्द्रीय प्रहरी प्रवक्तासम्म हेरफेर भएका छन्। अपराध महाशाखामा एसएसपी बसन्त कुँवरलाई सरुवा गरिएको छ। उनी यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता थिए । अपराध अनुसन्धान विभागका एसएसपी उमेश राज जोशीको भने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ सरुवा गरिएको छ।
त्यस्तै भीमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा र पूजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।
हेर्नुहाेस् एसएसपी सरुवाको सूचीः-